सिजादर्पण २१ जेठ सुर्खेत । कर्णाली प्रदेशमा बुधबार १६ जना कोरोना भाइरस ९कोभिड–१९० का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१६ जनामध्ये दैलेखका ७ जना, सल्यानका २ र कालिकोटका ७ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए । कालिकोटका ७ संक्रमितमध्ये महाबै गाउँपालिकाका –४ का ४ महिना २८ दिनको शिशुमा पोजेटिभ देखिएको महाशाखा प्रमुख डा। तिवारीले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । जसमध्ये दैलेखमा १०५, सुर्खेतमा ६१, सल्यानमा ५५, जुम्लामा १९, कालिकोटमा २५, मुगुमा एक, बाजुरामा एक, अछामका १० र बझाङका १ जना रहेका छन् । कोरोनाकै कारण दैलेखमा एक जनाको मृत्यु भइसकेको छ ।
यता काठमाडौं मेडिकल कलेजका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल अनिश्चितकालिन बन्द गरिएको छ । अस्पतालले एक सुचना जारी गर्दै अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक लगायत सबै सेवाहरु बन्द गरेको हो ।
अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर मुकुन्द राज जोशीले अस्पतालमै कोरोना संक्रमित भेटिएपछि अस्पताल निर्मालीकरण गर्नका लागि केहि दिन अस्पतालको सबै सेवा बन्द गरिएको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको नियमित लाइभ अपडेटमा काठमाडौं मेडिकल कलेजमा ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौं मेडिकल कलेजका २४ देखि ३२ वर्षका ३ महिला र २८ वर्षका एकजना पुरुष संक्रमित भएको र सबैजना स्वास्थ्यकर्मी भएको जानकारी दिएका थिए ।
तर अस्पतालमा मेडिकल डाइरेक्टर प्राडा जोशीले भने अस्पतालमा रहेका दुईजना स्वास्थ्यकर्मी र दुईजना बिरामी भएको बताए । अस्पतालमा आएका बिरामीको स्वाब संकलन गरेर पठाएकोमा रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । प्राडा जोशीका अनुसार संक्रमति ४ जना मध्ये एकजना अस्पतालमा कार्यरत डाक्टर र एकजना नर्स हुन् ।
यस्तै दुईजना बिरामीमध्ये एकजना चाँगुनारायण नगरपालिकाबाट स्वास्थ्य जाँचका लागि आएका बिरामी र एकजना सुत्केरी गराउन आएकी महिला हुन् । उनी रौतहट स्थायी घर भएकी महिला हुन् । प्राडा जोशीका अनुसार ती महिलाको गत शनिबार शल्यक्रिया गरेर डेलिभरी गरिएको थियो । ती महिलालाई मंगलबार बिहान अस्पतालबाट डिस्चार्ज समेत गरिसकिएको थियो ।
कोरोना परीक्षणको रिपोर्ट भने हिजो साँझ मात्र आएको प्राडा जोशीले बताए ।प्राडा जोशीका अनुसार कोरोना संक्रमित दुईजना बिरामीको विवरण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा बुझाइएको छ ।
यस्तै अस्पतालका दुईजना स्वास्थ्यकर्मीको भने अस्पतालको निगरानीमा एकजना होम आइसोलेसन र एकजना अस्पतालमै राखिएको प्राडा जोशीले जानकारी दिए । कोरनका संक्रमण वढे पछि जिल्ला प्रशासन जुम्ला ले नागरिक लाइ सचेत वनाउन ३ दिनका लगि निषेधाज्ञा जरि गर्ने भएको छ ।
