साहिल देवान
सिजादर्पण २५ जेठ बिरगंज ।विश्व व्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले लकडाउन गरेको मौका छोपी बिरगंज महानगरपालिका वडा न १६ रजन्ती चौक स्थित हिजो साझ ना।७ ख ९७४४ नम्बरको ट्यान्कर मा चेकजाँच गर्दा लागू औषध १०० एमेल को ८ बोतल र लागू औषध ५०० एमेल को माउन्टेन डिउको बोतलमा १ बोतल र १ लिटर पानीको बोतलमा १ बोतल खन्याइ लुकाइ छिपाइ राखेको लागू औषध जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएको छ। ट्यान्कर चालक बाराका जितपुर सिमरा उ।म।न।पा।वडा न २१ अमलेखगञ्ज बस्ने बर्ष २६ का विशाल खड्का र सह चालक सोही वडाका बर्ष १८ का देव कुमार बललाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको पर्साका एसपी गागा पन्तले जानकारी दिए।
