उनलाई अहिले तिलोत्तमाको प्रिन्सन अस्पताल भर्ना गरिएको प्रदेश नं. ५ का प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले अनलाइनखबरलाई बताए ।
घटनामा गाई फार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरीले ज्यान गुमाएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।
आरोपित सिंजाली सामान्य भएपछि बयान लिने प्रहरीको तयारी छ । त्यसपछि नै हत्याको कारणबारे खुल्नेछ ।
हालसम्म प्राप्त जानकारी अनुसार सिंजालीसहित सबै जना सोही फार्ममा कार्यरत थिए । सिंजाली लागूऔषध दुर्व्यसनी पनि भएको प्रहरीले जनाएको छ ।श्रोत अनलाइन खवर
