सिजादर्पण २७ जेठ काठमाण्डौ । सत्तासिन पार्टी नेकपाका नेताएवं पुर्व मन्त्री छविलाल विश्वकर्माले रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामामा सोमबार राति भएको ५ जनाको हत्याको घटनाको छानबिन गर्न गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उहाले ‘यो हत्याको निष्पक्ष छानबिन र अपराधीलाई हदैसम्मको दण्डित गर्ने व्यवस्था होस् र छानबिनको प्रक्रियालाई तत्काल तीब्रताका साथ अगाडि बढाउन माग गर्नुभएको हो ।
सोमबार राति रुपन्देहीको तिलोत्तमास्थित गंगादेवी पशु फार्ममा ५ जना श्रमिकको हत्या भएको थियो । स्थानीय श्रमिकको हत्याको घटनाले आफू मर्माहत भएको सांसद विश्वकर्माले बताउनुभयो। सांसद विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेकाछन ।
उनले मृतकका परिवारलाई क्षितपूर्तिको दिन पनि माग गरेका छन् । प्रहरीका अनुसार रुपन्देहीमा भएको हत्याकाण्डमा संलग्नको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेका छन् । नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिञ्जालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी को भनाइ छ । कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले समाजमा आपराधिक मनोवृत्ति फैलिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्
गृह जिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार राति ५ जनाको हत्या भएको घटनाको दोषीमाथि कारबाही माग गर्दै पौडेलले नागरिकलाई सुरक्षा प्रत्याभूति गर्न पनि ध्यानाकर्षण गराएका छन् भने घटनाको एक विज्ञप्ती सहित तल उल्लेख छ


