Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

लकडाउनमा ११०५ जनाले आत्महत्या गरे सरकारले वुझेन नागरिकहरुका दुःख


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, जेष्ठ २८, २०७७

लकडाउनमा ११०५ जनाले आत्महत्या  गरे सरकारले वुझेन नागरिकहरुका दुःख

सिजादर्पण २७ जेठ, काठमाडौं । अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गरे । लकडाउनका बेला जागिर गुमाएका उनले पुनर्वहालीको माग पूरा नभएपछि आफ्नै ज्यान लिएका हुन् ।

आउजीले साथीभाइ र आफन्तसँगको कुराकानीमा लकडाउनका बेला जागिर गएपछि परिवार चलाउन कठिन हुने बताउने गरेका थिए ।

यो पनि पढ्नुहोस
सिद्धार्थ आउजीले किन गरे आत्मदाह रु
कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका बेला ठूलो संख्याले आफ्नै हत्या गरेका छन् । नेपाल प्रहरी प्रवक्ता डिआईजी निरजबहादुर शाहीका अनुसार, लकडाउन सुरु भएको ११ चैतदेखि १७ जेठसम्मको अवधिमा एक हजार एक सय पाँच जनाले आत्महत्या गरेको तथ्यांक छ ।

यो अवधिमा कोरोनाबाट जम्मा ६ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार सोमबारसम्म कोभिड– १९ बाट देशभरि १४ जनाको ज्यान गएको छ ।

लकडाउनको अवधिमा देशभर दैनिक १६ जनाभन्दा बढीले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । ११ चैतदेखि १० जेठसम्म कुल नौ सय ६३ जनाले आत्महत्या गरेकोमा त्यसपछिको एक हप्तामा एक सय ४२ जना अर्थात् दैनिक २० जनाले आत्महत्या गरेको देखिन्छ ।

उपत्यकामा दैनिक एक जनाद्वारा आत्महत्या

वागमती प्रदेशमा लकडाउन सुरु भएयताको ६९ दिनमा दुई सय ३१ जनाले आत्महत्या गरेका छन् । यीमध्ये ६९ जना काठमाडौं उपत्यकाका छन् । यस हिसाबले काठमाडौं, भक्तपुर र ललितपुरमा औसतमा दैनिक एकजनाले आत्महत्या गरेको देखिन्छ ।

प्रदेश–५ मा दुई सय ४२ जनाले आत्महत्या गरेका छन् । प्रदेशगत हिसाबले यो सबभन्दा धेरै हो । यो प्रदेशमा सबभन्दा बढी ३८ हजार पाँच सय ८७ जना क्वारेन्टिनमा छन् ।

संक्रमणको हिसाबले प्रदेश–५ दोस्रो बढी कोरोना प्रभावित प्रदेश हो । सोमबार साँझसम्म यो प्रदेशमा एक हजार एक सय ७६ संक्रमित छन् । कोरोनाबाट प्रदेश–५ मा चार जनाको ज्यान गएको छ ।

११ चैत यताको ६९ दिनमा प्रदेश–१ मा एक सय ८६, प्रदेश– २ मा एक सय ५२, गण्डकीमा एक सय २१, कर्णालीमा ५८ र सुदुरपश्चिम प्रदेशमा एक सय १५ जनाले आत्महत्या गरेको डिजाइजी शाही बताउँछन् ।

कोही किन आफैँलाई मार्छ रु

भनिन्छ, मान्छेले संसारमा सबभन्दा बढी माया आफैँलाई गर्छ । त्यसो भए आफूले सबभन्दा बढी माया गर्नेकै हत्या किन गर्छ त, मान्छे रु

मनोविश्लेषकहरू आत्माहत्यालाई सामाजिक, मनोवैज्ञानिक र जैविक कारणहरूको उपज मान्छन् । उनीहरूका अनुसार, आत्महत्या गर्नेहरूमध्ये अधिकांशमा कुनै न कुनै रुपमा मानसिक रोग हुन्छ । सबै मानसिक रोगीले आत्महत्या गर्छन् भन्ने चाहिँ होइन ।

‘जिउनभन्दा आफैँलाई मार्न सहज लागेपछि मान्छे आत्महत्या जस्तो गलत बाटो रोज्न पुग्छ’, मनोविश्लेषक वासु आचार्य भन्छन्, ‘यसमा डिप्रेसन, सिजोफ्रेनिया, भ्रम, तनाव, व्यक्तित्व विकार, डर, अल्कोहलमा निर्भरता, जटिल दीर्घरोग आदिको भूमिका हुन्छ ।’

कोरोना, लकडाउन र आत्महत्या

५० वर्षीय एक व्यापारी लडकडाउन सुरु भएयता आफ्नो करिब १० करोड रुपैयाँ बराबर क्षति भएको अनुमान गर्छन् । यो अवधिमा उनले बैङ्कको किस्ता र व्याज तिर्न सकेका छैनन् ।

करिब एक अर्बको सम्पत्तिका मालिक उनी अब काठमाडौं र तराईको जिल्ला सदरमुकाममा रहेको आफ्नो घर, गाडी, कारखाना सबै बैङ्कहरूले तान्छन् भन्दै दिनहुँजसो आत्महत्याको कुरा गर्छन् ।

एक बैङ्कका म्यानेजरका अनुसार ती व्यक्ति असल ऋणीमा गनिन्छन् । दुई चार किस्ता रोकिँदैनमा केही फरक पर्दैन भनेर उनलाई सम्झाइ सकेको म्यानेजर बताउँछन् ।

ती ऋणीलाई घरपरिवार, साथीभाइ सबैले सम्झाएका छन् । उनी एकोहोरो भनी बस्छन्, ‘तिमीहरूलाई के थाहा छ, मेरो सबै सम्पत्ति लिलाम हुन्छ, म अब सडकमा पुग्छु ।’

अहिले उनको डिप्रेसनको उपचार चलिरहेको पारिवारिक स्रोत बताउँछ ।

लामो लकडाउनले मानसिक स्वास्थ्यमा पारेको प्रभावको एउटा उदाहरण हुन्, यी व्यवसायी । कोरोनाले गर्दा ठूलो संख्यामा यस्तो समस्या देखिएको जानकारहरू बताउँछन् ।

कोरोना महामारीका बीच जारी लकडाउन, रोजगारी गुम्ने, व्यवसाय डुब्ने अवस्था, भविष्यको अनिश्चिता जस्ता कारणले मानसिक रोगीको संख्या बढेको र त्यही अनुपातमा आत्महत्या गर्ने दर पनि बढेको मनोचित्सिकहरू बताउँछन् ।

मनोविश्लेषक डा। वासु आचार्य पहिलो पटक यति लामो समय घरमै थुनिएर बस्नुपर्दा, व्यवसाय सञ्चालन गर्न नपाउँदा, लकडाउनपछि जीवनयापन सहज हुन्छ भनेर आशावादी हुन नसक्ने अवस्था आदि कारणबाट कतिपयले आत्महत्याको गलत बाटो रोज्ने गरेको बताउँछन् ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले सन् २०१६ मा गरेको अध्ययनअनुसार आत्महत्या गर्नेमध्ये ७९ प्रतिशत न्यून र मध्यम आय भएका देशका छन् । यसले आर्थिक संकट आत्महत्याको महत्वपूर्ण कारण हो भन्ने देखाउँछ ।

‘कोरोनालाई व्यक्तिगत समस्या नठान्नुस्’

डब्ल्यूएचओका अनुसार भारतमा प्रतिएक लाखमा १८।५ जनाले आत्महत्या गर्छन् । नेपालको अवस्था हेर्दा प्रतिएक लाख ११।४ जना छ ।

डब्ल्यूएचओको अध्ययनमा समेटिएका एक सय ८३ देशमध्ये आत्महत्या हुने देशको ८१ औं स्थानमा नेपाल छ । लकडाउन सुरु भएयता भने पाँच सय ७१ पुरुष, तीन सय ९६ महिला, ५२ बालक र ८६ बालिकाले आत्महत्या गरिसकेका छन् । कोभिड– १९ का बेला स–सानो कुरामा पनि आत्महत्या रोज्ने प्रवृत्ति देखिएको जानकारहरू बताउँछन् ।

‘कोरोना विश्वभरि नै छ, त्यसकारण यो समस्या मेरो व्यक्तिगत समस्या हो भन्ने कुरा मनबाट निकालिदिनुस्’ मनोविश्लेषक आचार्य भन्छन्, ‘विगतका संकट हेर्दा कोरोनाले पनि भविष्यमा थुप्रै अवसर ल्याउँछ र ममा प्रत्येक समस्याको डटेर सामना गर्ने सामथ्र्य छ भन्ने कुरा कहिल्यै नर्बिसिनुस् ।’

यो पनि पढ्नुहोस
लकडाउनले बढायो मानसिक छटपटी, मनोचिकित्सक भन्छन्– आत्तिनु पर्दैन
सरकार कति जिम्मेवार रु

कोरोनाले भन्दा सयौं गुणा बढी ज्यान आत्महत्याले लिइरहेको छ । कोरोना महामारीका बेला सरकारले नागरिकमा उत्साह जगाउने काम गर्नुपर्ने देखिन्छ । आवश्यकताअनुसार संक्रमित वा अरूलाई मनोपरामर्शको व्यवस्था गर्नुपर्ने जानकारहरू बताउँछन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता लालबाबु पण्डित सरकारले चाहने हो भने धेरै जनालाई आत्महत्याबाट जोगाउन सक्ने बताउँछन् । क्वारेन्टिन, आइसोलेसन व्यवस्थित बनाउँदा त्यहाँ बस्नेहरूको मात्र नभइको सबैको मनोबल उच्च हुने उनको बुझाइ छ ।

आत्महत्या दर घटाउन प्रभाव क्षेत्र हेरेर लकडाउन खुकुलो पार्ने, आवश्यक सुरक्षाका उपाय अपनाएर आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन्, पण्डित ।

‘सरकारले संक्रमित निको हुन्छन्, बेरोजगारले रोजगारी पाउँछ, व्यवसाय डुबेकालाई पनि राहत दिन्छु भन्न ढिलो गरिरहेको छ’ पूर्वमन्त्री समेत रहेका पण्डित भन्छन्, ‘सरकारले जतिसुकै ठूलो संकटबाट पनि पार लगाउँछु भन्ने विश्वास दिलायो भने आत्महत्या दर घट्नेमा शंका छैन ।’श्रोत अनलाइन खवर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn