सिजादर्पण,काठमाडौं । देशमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार एक सय ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै कोरोनाकै कारण ३८ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा ६ सय ९७ जनाले कोरोना जितेका छन्। मन्त्रालयका अनुसार ११ हजार २५ जनाले अहिलेसम्म कोरोना जितेका छन्। यो संख्या कुल संक्रमितमध्ये ६४ प्रतिशत बढी भएको मन्त्रालयका प्रवक्ता डा। गौतमले जानकारी दिए।
