सिजादर्पण ।काठमाडौं । फेरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रचण्ड’ र नेपालले ओलीसँग प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरेका हुन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको जनाइएको छ ।
पार्टीभित्रको विवाद सुल्झाउने र साउन २ गते नेकपा स्थायी कमिटी बैठक शुरु गर्ने विषयमा सहमति जुटाउने प्रयासका लागि तीन शीर्ष नेताबीच आज छलफल भएको थियो । सोही छलफलमा अध्यक्ष दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई सुझाएका हुन् । बालुवाटार स्रोतका अनुसार ओलीले दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन् । दुवै समूहले आआफ्ना अडान कायम राखेपछि छलफल निष्कर्षविहीन भएको छ ।
