सिजादर्पण २ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी९बिप्लब० का महासचिव बिप्लबले एक बक्तब्य प्रकाशित गर्दै अब प्रतिरोधात्मक गतिबिधि गर्ने घोषणा गरेका छन्।
यही साउन १ गते एक बक्तब्य जारी गर्दै उनले पार्टी पङ्क्तिलाई प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही सञ्चालन गर्न विशेष निर्देशन दिएका छन्। सरकारले पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्यूरो इन्चार्ज ओमप्रकाश पुन, पार्टी सेती–महाकाली ब्यूरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची—कोसी ब्यूरो सदस्य जोखिमलाई गिरफ्तार गरेपछि नेकपा९बिप्लब० आक्रोशित बनेको छ । सरकारले विभिन्न सम्पर्कस्रोतमार्फत पटकपटक भेटघाट र छलफल गरे पनि फेरि गिरफ्तार गर्ने कार्य जारी राखेपछि आक्रोश व्यक्त गर्दै महासचिव विप्लवले आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका देखिन्छ ।

महासचिव विप्लवले विज्ञप्ति जारी गरी पुन, धामी र जोखिमलाई बिनासर्त रिहाइको माग गर्दै सरकारी चालबाजीको भ्रममा नपर्न पार्टी पङ्क्तिलाई निर्देशन पनि दिएका छन् । नेकपाले कोरोना महामारीबाट जनता आक्रान्त भएकाले सङ्क्रमण अन्त्य नभएसम्म प्रतिरोधात्मक कारबाही स्थगन गरेको थियो ।राष्ट्रको स्वाधीतना र जनताको अधिकारका लागि लडिरहेको आफ्नो पार्टीमाथि गरिएको दमनको भत्र्सना गर्दै महासचिव विप्लवले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने र वार्ता–भेटघाटका लागि प्रचार गर्ने तर पछि गिरफ्तार गर्ने कार्य गरेको भन्दै मानवअधिकारवादी, कानुनविद् र बुद्धिजीवीहरूलाई विशेष ध्यान दिन आग्रह पनि गरेका छन् ।
महासचिव विप्लवद्वारा बिहीबार जारी बक्तब्यमा भनिएको छ, ‘सामाजिक फासिवादी सरकारले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने, वार्ता र भेटघाटका प्रचार गर्ने अर्कोतिर जिम्मेवार कमरेडहरूलाई गिरफ्तार गरिरहेकाले उसका चालबाजीप्रति एकरत्ति भ्रममा नपरेर फासिवादी दमनविरुद्ध सङ्घर्षलाई सशक्त बनाउन, पार्टी र क्रान्तिका कामहरूलाई सञ्चालन गर्न र आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न सबै पार्टीपङ्क्तिलाई विशेष निर्देशन गर्दछौँ ।’ नेकपाका नेता ओमप्रकाश पुन र पुनकी श्रीमती पूर्णिमा धामीलाई प्रहरीले बुधबार कैलालीबाट गिरफ्तार गरेको थियो । बिरामी भेट्न आफन्तकोमा पुगेको बेला प्रहरीले उनीहरूलाई लखेटीलखेटी गिरफ्तार गरेपछि नेकपा आक्रोशित भएको हो ।
