सिजादर्पण काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० फुटको संघारमा पुगेको छ । नेकपा भित्रबाटै प्रधामन्त्री केपी शर्मा ओलीले राजिनामा दिनपर्ने माग उठ्दै आएको छ र ओली आफु बच्न राजनीतिक चार्तुयता देखाउँदै आएका छन् ।
ओलीको राजनीतिक चार्तुयताको बीच माधव कुमार नेपाल र उनका गुटलाई कमजोर पार्न असफल बनेका छन् । प्रधनमन्त्री ओलीले नेपाल गुटलाई कमजोर पार्न पासा फालेका थिए तर, ओली केहि चलेन । उनी गुटका नेताहरु सिद्धान्तवादी, व्यवहारीक र राष्ट्रवादी भएकाले ओलीको रणनीति परास्त भयो ।ओलीले आफ्नो सत्ता बचाउनका लागि नेपालसँग समझदारी गरि अगाडी बढ्ने प्रयास गरेका थिए । उनको प्रयास विफल भएपछि नेपाललाई फकाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी उनको निवास पुगेका थिए । तर, राजदूत होउ यान्छीलाई माधव कुमार नेपालले उल्टै पाठ सिकाएर पठाएका थिए ।
कुटनितीक मर्यादा नाघेर चिनियाँ राजदूत यान्छी अनावश्यक दवाव दिन केहिदिन अघिमात्रै साउथ कोरियाको ‘फादर मुन’का एक प्रतिनीधीलाई समेत लिएर नेता नेपालको घर पुगेकी थिइन् । तर, चिनियाँ राजदूत यान्छीको पनि केहि चलेन ।
चिनियाँ राजदूत यान्छीले नेकपाभित्र बढेको विवाद मिलाउन नेता नेपाललाई अनावश्यक दवाव दिन खोजिएको, तर, यान्छीलाई नेता नेपालले विदेशी हस्तक्षेप स्विकार नहुने बताएका थिए । ‘यो विवाद हम्रो हो, हामी आफ्नै तरिकाले समाधान गर्छौ, यसमा अरुको कुनै किसीमको हस्तक्षेप ९विदेशी हस्तक्षेप० चल्दैन ।’ नेता नेपालले भनेका थिए।
ओलीका लागि नेपाल गुट भाडी बन्दाँ ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई कमजोर पार्न राजनीतिक चार्तुयता देखाए । प्रधानमन्त्री ओलीले प्रचण्डलाई कमजोर पार्न नयाँ रणनीति बनाए र प्रचण्डलाई कमजोर बनाउन करिबरकरिब सफलता तिर उन्मुख पनि भएका छन् ।शुरुमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई मनाउन ुलोभपूर्णु आश्वासन दिएका थिए र पटकरपटक भेटवर्ता पनि गरे । भेटवर्ताको क्रममा ओलीले प्रचण्डलाई गोप्य प्रस्ताव पनि गरेका थिए तर, केपी शर्मा ओलीको प्रस्ताव प्रचण्डले भने स्वीकार गरेका थिएनन् । पछि ओलीले उनी गुटका नेताहरुलाई लोभ देखाएर फकाउन सफल बने । जसअनुरुप अहिले प्रचण्ड गुट कम्जोर बन्यो ।
नेकपाको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदुतसँगै चिनियाँ कम्पनी गेजुवाका लोकल एजेन्ट एवम् संदिग्ध व्यापारी दिपक भट्ट पनि सक्रिय बनेका छन् । चिनियाँ दुतावाससँग नजिक रहेका भट्ट ओलीको निर्देशनमा सक्रिय भएका हुन् र उनी पार्टी भित्रको आन्तरिक विवाद मिलाउन कम्मर कसेर लागेका छन् । उनले नेकपाका नेताहरुलाई पैसाको पोको देखि लिएर मन्त्री पदसम्मको लोभ देखाएको एक नेताले बताए ।भट्टले पद र पैसाको भरमा प्रचण्ड निकट नेताहरुलाई ओली तर्फ मोड्न सफल बनेका छन् । पूर्व माओवादीका नेताहरुमा खास गरि अघिकांशमा ुपदमोहु छ । जसअनुरुप भट्टले पद र पैसाको भरमा प्रचण्ड निकट नेताहरुलाई ओली तर्फ मोड्न सफल बनेको जानकारहरु बताउँछन् ।
