पछिल्लो २४ घण्टामा २८ वटा प्रयोगशालामा ३४८१ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १४७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८२४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
