सिजादर्पण,काठमाडौँ l अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । शुक्रबार केसीले साम्राज्ञीविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले सिजादर्पणलाई जानकारी दिए । यसअघि अभिनेता भुवन केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार संघमा उजुरी दिएका थिए ।
उनले आफूविरुद्ध लगाइएको आरोप निराधार र मनगढन्ते भएको दाबी गरेका थिए ।त्यसअघि अभिनेत्री साम्राज्ञीले विभिन्न तीनवटा फिल्ममा काम गर्दा ती फिल्मसँग सम्बन्धित व्यक्तिले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साम्राज्ञीले फिल्ममा काम गर्ने बेलामा र जापानमा एउटा अवार्ड कार्यक्रमका क्रममा पनि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् र त्यसकारण अहिले यो विषय चर्चामा छ।
