सिजादर्पण,ललितपुर । काभ्रेको धुलिखेल नगरपालिका(११ भकुण्डेबेँशीका एक पुरुषको पाँच सय रुपैयाँमा ज्यान गएको छ । ५४ वर्षीय कामी सिंह तामाङको साथबाट पाँच सय रुपैयाँ लुटेर हत्या गरिएको हो ।हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।
घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले आफन्तको डेरा कोठामा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको हो । बिहिबार बिहान हत्या गरी फरार भएका उनी राती नै ललितपुरको महालक्ष्मी नगरपालिका(४ ढुङ्गेसाँगुमा आफन्तको डेरा कोठामा लुकिछिपि बसेको अवस्थामा फेला परेका प्रहरीको भनाइ छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
