टेक हमाल ,
सिजादर्पण १८ सिँजा, जुम्ला । नेपाली भाषा, संस्कृकिको जननि जुम्लाको सिँजाक्षेत्रलाइ मानिन्छ । यहाँ श्रावणपुर्णिमामा निकै ठुला मेला (पैठ )लाग्ने गर्छन धामिनाच यहाँको मुख्य परम्पराहो । सयलाइ संस्कृकि पर्वका रुपमा लियको पिइन्छ । यसक्षेत्रमा विशेस गरि मस्टा देउताको महिमालाइ निकै धुमधामकाथ पुजाआजा गर्ने प्रचलन रहेकोछ । मेलामा धामिनाच ,देउडा, खेल्ने रितिविाज लाइ अझैपनि स्थानिय वासिन्दा हरुले वचाउदै आयकाछन ।
परम्पराको संस्कृति लाइ वचाउन यहाँका समाजसेवि हरु लापिरेको सिजा संस्कृतिक जात्रा समितिका अध्यक्ष नेत्र वहादुर खत्रिले वताए । विगत ४, ५वर्ष पहिला वाट गोठिजिउला बजारमा लाखे जात्रा हुने गर्थो यसपालि भने कोरोना माहामारि को डरले नगर्ने भयको प्रस्ट पारेका छन ।
सिँजाको मेला लाग्ने थान (मन्दिर)हरुमा झयादेउ , हयाकर ,खिच्चने ,थार्पमस्टा, लाइ मुख्य रुपमा लिने गरिन्छ । मेलामा निकै भक्तजनको भने घुइचो लाग्ने गर्छ । यस पालि भने क्षेत्रका प्रमुख ऐतिहासिक मन्दिर कनकासरन्दरी ,लगायत अन्य देवि देउता को पुजा आजा गरेपनि हुल हाल गरि जम्मा नहुन कनकासुन्दरी गाउँपालिकाले पनि सार्वजनिक सुचना जारि गरेकोछ ।

