सिजादर्पण,काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका नेताहरु कोरोना महामारीको बेलामा गैरजिम्मेवार रहेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले विज्ञहरुसँग कोरोनाबारे छलफल गर्ने क्रममा आफ्नै पार्टी नेकपाका नेताहरु पनि गैरजिम्मेवार भएको बताएका हुन्।
केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्रजिम्मेवारपन देखिन्छ। त्यो यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ। २५ जनाभन्दा बढी भेला नहुन सरकारले भनेको छ। तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर भन्छन्, कहाँ बस्ने होरु के गर्ने होरु त्यस्तो सोच केही पनि छैन्ु बैठकमा बोल्दै ओलीले भने ुतर बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ। स्थायी कमिटी अहिले नै बस्नुपर्यो, भरे बस्नुपर्यो त्यसबाहेक केही छैन्। र, यो देश र जनताप्रतिको गम्भिर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरु निकै व्यापक रुपमा देखिन्छ।ु
तत्काल कदम चाल्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव फेरि होला त लकडाउन
बालुवाटारमा देउवाले दिए सात बुँदे सुझाव
केही सञ्चार माध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको ओलीले बताए। विज्ञहरुले समेत सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गरेका छन् । ओलीले भने ुयस्तो महामारीमा पनि विरोध मात्रै गर्ने। अनि मान्छेहरु उचाल्ने।ु उनले जनताको जीवनभन्दा अरु ठूलो कुरा केही नभएको बताए। जनताको जीवन रक्षा गर्न सबै लाग्नुपर्ने उनको भनाइ छ।
त्यस्तै ओलीलाई विज्ञहरुले करिब दुई साता लकडाउन गर्न सुझाव दिएका छन्। अहिलेको जसरी कोरोना संक्रमण दर बढ्दै गएमा स्थिति भयावह हुने विज्ञहरुले बैठकमा बताएका थिए। विज्ञहरुले यस्तो सुझाव दिएपछि प्रधानमन्त्री ओलीले आफु सकरात्मक रहेको भन्दै छिट्टै टुंगोमा पुग्ने बताएका थिए।त्यस्तै कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट कमिटी ९सिसिएमसी०को पछिल्लो बैठकमा फेरि लकडाउन गर्नुपर्ने सम्बन्धमा छलफल भएको थियो। छलफलमा सहभागी सुरक्षा निकायका अधिकारीहरुले करिब दुई साता लकडाउन गरेर कोरोना रोकथामको नयाँ रणनीतिका साथ अगाडी बढ्नुपर्ने सुझाव दिएका थिए।साउन ७ गतेदेखि राजधानी प्रवेश तथा अन्य जिल्लाहरुमा अन्तरागमनलाई खुकुलो गरेपछि कोरोना संक्रमण दर बढेको छ। काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक साधनको निर्वाध सञ्चालनदेखि होटल रेष्टुरेन्ट्र खुला गरेपछि संक्रमण बढेको विज्ञहरुले बताएका छन्।सरकारले चैत ११ गतेदेखि पटक पटक समय थप गरी करिब चार महिना लकडाउन गरेको थियो। सरकारले साउन ७ गतेदेखि लकडाउन औपचारिक रुपमा अन्त्य गरेको थियो। त्यस्तै स्वास्थ्य मन्त्रालयले पनि केही समय लकडाउन गर्न उपयुक्त हुने सिसिएमसीलाई प्रस्ताव पेश गरिसकेको छ।
