Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बाढीले बगाएर भारत पुर्‍याएको गैँडाको तीनवर्षपछि उद्धार l


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, साउन २१, २०७७

बाढीले बगाएर भारत पुर्‍याएको गैँडाको तीनवर्षपछि उद्धार l

सिजादर्पण,नवलपरासी । तीन वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको एउटा गैँडाको उद्धार गरिएको छ ।नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो तीन बजे डार्ट गरी मध्यरातमा निकुञ्ज ल्याएर छाडिएको हो । उनका अनुसार राति १ बजेतिर निकुञ्जको कसरा नजिकै थपलिया तालको छेउमा गैंडालाई छाडिएको हो ।अन्दाजी १२ वर्षको पोथी गैँडालाई तीनवटा हात्ती, २५ प्राविधिक कर्मचारीको सहयोगमा उद्धार गरी ल्याइएको रुपाखेतीले जानकारी दिए । विसं २०७४ साउन २७ गते आएको बाढीले राप्ती वा नारायणी नदीले बगाएर सो गैँडालाई भारतको बाल्मिकी टाइगर रिजर्भ पुर्‍याएको थियो ।सो गैँडा चर्न बेलाबेलामा नेपालतर्फ आउने गरेको थियो । गत पुसमा पनि नेपालतर्फ देखिएपछि उद्धार गर्ने प्रयास गरिएको भए पनि असफल भएको रुपाखेतीले बताए ।
यही साउन १५ गतेदेखि गैँडा नर्सही क्षेत्रमा रहेको सूचना प्राप्त भएपछि निकुञ्ज कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, डिभिजन वन कार्यालय नवलपुरका कर्मचारी एवं प्राविधिकको सहयोगमा गैँडाको उद्धार गर्न सकिएको रुपाखेतीले बताए । नारायणी नदी बढेपछि भारततर्फ जान नसकेर अड्किएको गैँडालाई उद्धार गरिएको हो ।निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार बाढीपछि उद्धार गरिएको यो ११औँ गैँडा हो । बाढीपछि भारततर्फको भूमिबाट नौवटा र नेपालतर्फको भूमिबाट योसहित दुई गैँडा उद्धार गरिएको उप्रेतीले जानकारी दिए ।बाढीले बगाएर भारत पुर्‍याएका अरु केही गैँडा भारतमा रहेको र नेपाल ल्याउन आवश्यक वातावरण मिलाइदिन भारतलाई पत्राचार गरिएको भए पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन । त्यस वर्ष बाढीका कारण दुर्लभ एकसिङ्गे गैँडासहितका जनावरहरु बगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn