सिजादर्पण,काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार साँझ ४ बजेर ३० बजे ललितपुरको बगलामुखी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३।५ म्याग्नेच्युडको भूकम्प गएको हो । वि स २०७२ को महाभूकम्पपछि नेपालमा पराकम्पहरु जानेक्रम जारी छ ।
