सिजादर्पण,काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका १०६ जना नयाँ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा १०६ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् ।थपिएका संक्रमितमध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना छन् ।२४ घन्टाको अद्यावधिक विवरण अनुसार बिहीबार भने उपत्यकाका ३ जिल्लामा ८७ जना संक्रमित भेटिएका थिए ।

