Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

राजधानीका दुई ठूला अस्पताल गरियो सिल, चिकित्सक र विरामीमा समेत कोरोना फैलिएपछि इमरजेन्सी समेत बन्द l


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, साउन २९, २०७७

राजधानीका दुई ठूला अस्पताल गरियो सिल, चिकित्सक र विरामीमा समेत कोरोना फैलिएपछि इमरजेन्सी समेत बन्द l

सिजादर्पण, काठमाडौं । कोरोना भाइरस फैलिएर राजधानीमा त्रास उत्पन्न भइरहेका बेला राजधानीका ठूला अस्पताल समेत सिल हुन थालेका छन् । संक्रमण स्वास्थ्यकर्मी र विरामी समेत फैलिन थालेको छ । जसका कारण अस्पताल लगिएका विरामीहरु अचानक सार्न थालिएका छन् । बुधवार राजधानीका दुई ठूला अस्पताल सिल भएका छन् ।अहिले केही समय अघि राजधानीको महाराजगञ्जस्थित टिचिङ अस्पतालको इमरन्जेसी सेवा सिल गर्न थालिएको त्यहाँ उपचार गराइरहेका विरामीका आफन्तले जानकारी दिएका छन् । भर्याङबाट लडेर उपचार गराउन टिचिङ अस्पताल पुगेका एक विरामीका आफन्तले अस्पतालको इमरजेन्सीमा रहेका स्वास्थ्यकर्मी र विरामीमा समेत कोरोना भाइरस पोजिटिभ देखिएको भन्दै त्यहाँबाट विरामीहरु धमाधम अर्को वार्ड सार्न थालिएको बताए ।

अस्पतालमा रहेका विरामीहरु केहीलाई अरु वार्डमा सार्ने र केहीलाई अरु अस्पतालमा सार्न थालिएको पनि बताइएको छ । इमरजेन्सीको निश्चित एरिया अहिले पूरै सिल गरिएको एक विरामीका आफन्तले जानकारी दिए । यसका बारेमा जानकारी लिनखोज्दा शिक्षण अस्पताल महाराजगञ्जको फोन लाइन लामो समयसम्म व्यस्त रहेको छ । अहिले अस्पतालको मुख्य गेट नै बन्द गरिएको छ ।

अस्पताल भित्र रहेका विरामी, स्वास्थ्यकर्मी कसैलाइ बाहिर निस्कन र बाहिरका कसैलाइ पनि भित्र छिर्न दिइएको छैन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका दुई चिकित्सक र चार स्वास्थ्यकर्मी गरी ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालका एक स्वास्थ्यकर्मीले ननस्टपखबरलाइ जानकारी दिए । त्यसमध्ये दुई चिकित्सक इमर्जेन्सीमा कार्यरत रहेको र इमरजेन्सीमा कार्यरत चार नर्सिङ स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
आजै राजधानीको मध्यभाग बागबजारमा रहेको मोडेल अस्पतालमा पनि सिल गरिएको छ । दिउसो २ बजेदेखि नै मोडल अस्पतालमा कोरोनाले निकै ठूलो त्रास उत्पन्न गराएको त्यहाँ उपचारमा गएका अर्का विरामीका आफन्तले ननस्टपखबरलाई बताए । उनले दिएको जानकारी अनुसार मोडेल अस्पतालमा दिउसो २ बजेतिर एकाएक त्यहाँ भर्ना भएका एक विरामीमा कोरोना पुष्टि भएको हल्ला फैलियो ।

त्यसपछि अस्पतालका स्टाफले सबै विरामीहरुलाई सचेत हुन आग्रह गरे । त्यहाँ उपचारका लागि आजै पुगेका विरामी र विरामीका सहयोगीहरुलाई बाहिर हटाइयो । त्यसपछि त्यहाँबाट डिस्चार्ज भएका एक विरामीमा कोरोना फैलिएको बताइयो । त्यही अस्पतालमा भर्ना भएर उपचार गराएका विरामीमै कोरोना पुष्टि भएको थाहा भएपछि अस्पताल सिल गरिएको बताइएको छ ।

पछिल्लो समय राजधानीमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । कोरोनाको संक्रमण दर बढेपछि उपत्यकाका सबै स्थानीय तह तीन साताका लागि बन्द गरिएका छन् । साथै सरकारले राजधानीका सबै रेस्टुरेन्ट तथा होटेलमा बसेर खान नपाइनेगी प्रतिबन्ध लगाएको छ । रेस्टुरेन्टबाट लगेर आफ्नो निवासमै खान मात्र पाइने गरी रेस्टुरेन्ट खोल्न पाइने व्यवस्था गरिएको छ । त्यसैगरी सरकारी कार्यालयहरुमा समेत आधा कर्मचारीहरुको मात्र उपस्थित हुने गरी व्यवस्था गरिएको छ । लकडाउन खोलेर सामान्य अवस्थामा फर्किसकेपछि राजधानीमा फेरि यस्तो प्रतिबन्धमा जान थालिएको हो ।

कोरोना भाइरसको संक्रमण राजधानीमा बढ्न थालेपछि केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाएर छलफल पनि गरेका थिए । उक्त छलफलमा केही विज्ञहरुले कम्तिमा २ हप्ता कडा लकडाउन गर्नुपर्ने सुझाव राखेका थिए । त्यसैगरी केही विज्ञहरुले सामाजिक दुरी कडिकडाउ रुपमा लागु गर्नुपर्ने, मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य रुपमा गराउनुपर्ने तर लकडाउनमै नगरे हुने सुझाब दिएका थिए । त्यसपछि सरकारले भदौ १ गतेदेखि खोल्ने भनेका हवाइ सेवा र लामो दुरीका यातायात भदौ १५ गतेसम्म नखोल्ने निर्णय गरेको थियो । साथै अन्य क्षेत्रमा पनि प्रतिबन्ध लगाएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn