कर्णबहादुर रोकाया
सिजादर्पण हुम्ला ३१ श्रावण २०७७, शनिबार । हिमाली जिल्ला हुम्लामा हुने कालो रङका अन्न बालीहरु दिनप्रति दिन लोप हुन थालेको एक अध्ययनले देखाएको छ । प्राकृतिक रुपमा कालो रङलाई शक्ति सञ्चयको रङ भनिन्छ भने धार्मिक तथा तान्त्रिक रुपमा कालो रङलाई मृत्युको रङ मानिन्छ ।हुम्ला जिल्लाको एक अध्ययन अनुसार यहाँ उत्पादन हुने कालो रङ भएका बालीनालीहरु के कसरी कुन कारणले हो दिनप्रति दिन लोप हुँदै गएका छन् । कालोमार्सी धान, कालो कागुनो, कालो जौ, कालो सिमी, कालो उवा आदि निकै चर्चित बालीहरु हुन । यी बालीहरुमा औषधीय गुण भएको मानिन्छ ।जलवायु परिवर्तनको प्रत्यक्ष र परोक्ष असरले विश्वमा परिरहेको छ ।
इसले प्रकृतिदेखि संस्कृतिसम्म खतराका संकेत देखिन थालेका छन् ।
यो विश्वव्यापी समस्यासँग सचेत नहुने हो भने आकास्मिक प्राकृतिक प्रकोपले जहिले पनि निल्न सक्ने विज्ञहरु बताउँछन्। हिमाली जिल्ला हुम्लाको हिमपात र वर्षे पानीको अनुमान गर्ने हो भने एक दशकमा पटक पटक अनिष्ट वर्षको रुपमा लिन सकिन्छ । यो वर्ष अति चिसोका कारण मात्र करीब पाँच सय पशुवस्तुहरु मरेका छन् । हिल्छा, सिमकोटको स्याम्ने गाउँ र मैला गाविसको काँडा जिमाना गाउँमा अत्यधिक रुपमा बाढी पहिरो गएको छ । यसरी वर्षेनी विभिन्न प्रकारका प्राकृतिक विपद्ले विकराल रुप लिंदा पनि नीतिगत र व्यवहारिक रुपमा सचेतना र उद्धारका कामहरु हुन सकेको छैन ।
हुम्ला जिल्लाको प्रकोपको आँकडा हेर्दा करीब तीन सयभन्दा धेरै राहतको निवेदन जिल्ला प्रशासन कार्यालयमा परेको पाइन्छ । जिल्लाभरीको प्रकोपको क्षति लेखाजोखा गर्दा एक आ।व।मा करीब ६ करोडको भौतिक क्षति भएको पाइएको छ । यो त भयो भौतिक क्षतिको कुरा तर जिल्लामा अहिलेसम्म वातावरणीय रुपममा के कस्तो किसिमको असर परेको छ । यसबाट प्रकृति र संस्कृतिसँग अन्तरसम्बन्धित रहेका जीवजन्तु र बालीनालीहरुको के कस्तो अवस्थामा रहेको छ । यो खोजी र रोजीको विषय भएको छ । तर पनि स्थानीयवासीहरुको अनुभवमा प्रत्यक्ष असरहरु परेको कुरा थाहा हुँदैछ ।
सिमकोटमा एक दशक अघिसम्म कोदो नपाक्ने ठाउँमा अहिले कोदो पाक्न थालेको छ । दार्मा क्षेत्रमा वर्षाक्ँे समयमा साना साना किराहरुको प्रकोप बढेको छ । समय समयमा कि त अति हिमपात, अति वर्षा र अति खडेरीको समस्या आउँदै छ । यो हो जलवायु परिवर्तनको असर तर यो बारेमा प्रत्येक व्यक्तिदेखि सर्वसाधारण आम मासिसहरुलाई सचेत बनाउन नसकेका विकराल समस्या आउने देखिन्छ ।नेपालको कृषि जैविक विविधताको बारेमा काम गर्ने गैसस जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहलले गरेको चार वर्षको अध्ययनले अति खतराको संकेत देखाएको छ । यसका लागि स्थानीयस्तरमा व्यापक रुपमा सचेतनादेखि जलवायु परिवर्तनका अनुकूलन सम्बन्धी कामहरु गर्न नसक्ने हो भने नराम्रो समस्या आउने खोजकर्ताहरु बताउँछन् ।
जिल्लास्थित नीति निर्माताहरु यो बारेमा बेखबर छन् । स्थानीयस्तरका वनस्पति, बालीनाली र जडिबुटीहरु संकलन गरी त्यसको प्रयोग, उपयोगीता, प्रचार प्रसार तथा विस्तार के कसरी गर्न गराउन सकिन्छ भन्ने बारेमा गरेको अध्ययनले कालो रङका बालीनालीहरु नै किन जोखिममा छन् । यो अनौठो खोजीको विषय भएको छ ।हाल जिल्लाबाट धानमा कालोमार्सी, लुम्सेरा, जुँगे, कागुनोमा कालो र रातो, कोदोमा लई र तीन महिने, जौमा कालो, छ्याँग्रे, उवामा रातो, फापरमा मीठे, खिस्से र बाटुलो, आलुमा स्थानीय आलु, चिनोमा कपाडे रहेका छन् । यी लोप हुन लागेका अन्नबालीहरुमा धेरैजसो कालो रङका नै किन लोप हुन लागेका हुन यसको वैज्ञानिक तथ्यका बारेमा खोजी हुन अति आवश्यक रहेको छ ।यो समाचार ननस्टभ खवरमा छ ।
