सिजादर्पण भाद्र १ काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको ३५औ बार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले सवैलाइ वधाइ तथा शुभकामना दियका छन। । यस उपलक्ष्यमा कार्यक्रम गदै सम्पुर्ण ग्राहक महानुभावहरू, व्यावसायिक संस्थाहरू,प्राधिकरणको गतिबिधिहरूको सूचना प्रवाह गर्नु हुने सबै मिडिया हाउस तथा पत्रकारहरू शुभचिन्तक तथा सहयोगी प्रति पनि घिसिगले हार्दिक आभार प्रकट गरेका छन । विभिन्न आधिकारिक लगायत क्रियाशिल ट्रेड यूनियनहरू लाइ पनि प्राधिकरणको तफवाट सम्पूर्ण कर्मचारीहरू लाइ प्राधिकरणको वार्षिकउत्सवको अवसरमा हार्दिक धन्यबाद तथा शुभकामना व्यक्तसमेत गरेका छन । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।
चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका उनलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याएका थिए । उनले कार्यकाल सम्हालेको वर्षको तिहारमा विद्युत् प्राधिकरणले विगतमा जस्तो ‘झिलिमिली बत्ती नबाल्नू’ भन्ने सूचना निकालेन । त्यस्तो सूचना नआउनुको कारण थियो, लोडसेडिङ हटाउने योजनाको परीक्षण । र, यहीँनेरबाट घिसिङको नाम एकाएक आम जनमानसमाझ चर्चामा आउन थालेको हो ।
हिउँदमा १८ घण्टासम्म लोडसेडिङ भोगिरहेका जनतालाई ‘उज्यालो’ दिइरहने योजनामाथि त्यस वर्षको लक्ष्मीपूजाका दिनमा काठमाडौंमा परीक्षण गरियो र तिहारलगत्तै काठमाडौंलाई लोडसेडिङमुक्त घोषणा गरियो ।त्यसपछि भरतपुर र पोखरा हुँदै देशभर नै लोडसेडिङ तालिका निकाल्ने काम बन्द गरियो । २०७५ वैशाखमा उद्योगहरुमा पनि लोडसेडिङ हटाएर प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त घोषित गर्यो ।कति वर्षसम्म लोडसेडिङ भोग्नुपर्छ रु भन्ने अन्योल भइरहँदा कुलमानले २ महिनाभित्रै गरेको कामले विगतमा बदनाम भइरहेको प्राधिकरणको छवि एकाएक उज्यालियो ।
८ भदौ, काठमाडौं । कार्यकाल थपिएन भने अबको २० दिनपछि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बिदा हुनेछन् ।घिसिङको विदा हुने दिन नजिकिएसँगै उनी प्राधिकरणमा दोहोरिनुपर्छ र दोहोरिनु हुँदैन भन्नेखालका दुईथरी तर्कहरु सुनिँदैछन् ।प्राधिकरणमा ४ वर्षे नेतृत्व सम्हाल्दा चर्चामा आएका घिसिङ अब बिदा भएर कता जान्छन् र के गर्छन् भन्ने चासो पनि धेरै मानिसहरुमा देखिएको छ ।अरुले चमत्कार भने पनि कुलमानले लोडसेडिङ हट्नुलाई विज्ञान, व्यवस्थापन र सुशासनसँग जोडेर भन्छन्, ‘यो सरकारको मार्गदर्शन र प्राधिकरणको समग्र टिमको योगदानको प्रतिफल हो ।
’वर्षायाममा लोडसेडिङ हटेको घोषणासँगै प्राधिकरण पूर्वअधिकारीले हिउँदमा खोलामा पानी सुकेपछि फेरि बल्झिने पूर्वानुमान गरेका थिए । तर, कुलमानले त्यो चुनौती सधैंका लागि पार लगाइदिए ।अब प्राधिकरणलाई ‘लोडसेडिङ हटाइयो’ भनेर सन्तोष मानेर बस्ने अवस्था छैन । कुलमानले भन्छन्, ‘हामीले पाएको एउटा सफलता नै अर्को सफलता प्राप्त गर्ने चुनौती हो, एउटा टाकुरो चढेर आनन्द मान्न सकिन्न, अझै धेरै अग्ला टाकुराहरु चढ्न बाँकी छ ।’
