Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरोना संक्रमितको घरमा छिमेकीको ताला लागेपछी !


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, भदौ २, २०७७

कोरोना संक्रमितको घरमा छिमेकीको ताला लागेपछी !

सिजादर्पण, भक्तपुर । कोरोना भाइरसको संक्रमण बढेको भन्दै स्थानीय जनप्रतिनिधिले मध्यपुर थिमि नगरपालिका सिल गरेका छन् । सडकमा फाट्टफुट्ट निजी र सार्वजनिक गाडी गुडे पनि घरका ढोका र पसलका सटरहरू बन्द देखिन्छन् । नगरपालिकाले आइतबार बिहानबाट ग्यास, खाद्यान्न र औषधिका पसलहरू समेत बिहान ११ देखि १ बजेसम्म खोल्न भनेको छ ।नगरको निर्णयका कारण सर्वसाधारण मात्र होइन, कोरोना संक्रमण पुष्टि भएकाहरू पनि आफ्नै घरमा ‘लक’ भएका छन् । नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत भागिरथ अधिकारीका अनुसार अहिले चार जना संक्रमित अस्पतालमा छन् भने ३२ जना होम आइसोलेसनमा बस्न बाध्य छन् ।
तर होम आइसोलेसनमा बस्न सहज छैन । उनीहरूमाथि सहयोगी बन्नुपर्ने छिमेकी नै खनिएका छन् । त्यसको उदाहरण हो, वडा नम्बर ५ मा पर्ने भुँलांखेल ।भुँलांखेलकी ३७ वर्षीया एक महिलालाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भयो । आइतबार बिहान नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी र प्रहरीको टिम संक्रमितको घरमा पुग्यो । उनीहरूले संक्रमित र परिवारका सदस्यलाई काउन्सिलिङ गरे । लक्षण नभएकाले होम आइसोलेसनमा बस्न सुझाए ।संक्रमित परिवार र नगरको टोलीबीच कुराकानी भइरहेका बेला छिमेकीहरू भेला भए । उनीहरू कराउन थाले, ‘संक्रमितको घरमा बाहिरबाट ताल्चा लगाउनुपर्छ ।’ भागिरथ भन्छन्, ‘अघिल्लो दिन नै स्थानीयले संक्रमितको घरमा ताला लगाएका रहेछन् । खोइ के सोचेर हो, केही समयपछि उनीहरू आफैंले खोलिदिएछन् ।’
आइतबार प्रहरी र नगरपालिकाको टोलीसामू उनीहरूले त्यही माग राखे, घर सिल गरेर मात्र पुग्दैन, ताला लगाउनुपर्छ । नगरका प्रतिनिधिहरूले ताला लगाएर समस्या समाधान नुहुने भन्दै सम्झाए ।तर उनीहरू संक्रमितको घरमा डोरी टाँगेर सिल गर्नुपर्छ भन्दै आफैँ कस्सिए । धन्न, प्रहरीले रोक्यो । ‘संक्रमित बढेपछि मानिसहरू आतंकित बनेर कतिपयले अविवेकी व्यवहार पनि देखाउन थालेका छन्’, भागिरथ भन्छन्, ‘यस्तो गतिविधिले संक्रमित र उसको परिवारलाई गम्भीर मानसिक आघात पुर्‍याइरहेको छ ।’तर कोरोना संक्रमित भएकै कारण हुने गाउँसमाजबाट हुने भने दुव्यर्वहार रोकिएको छैन । वडा नम्बर ५ कै खहखा बजारमा त्यस्तै देखियो ।प्रहरी कार्यालयकै अगाडि तुलसीराम श्रेष्ठको घर डोरी टाँगेर सिल गरिएको छ । आफ्नै घरको ढोका खोल्न पनि १० पटक सोच्नुपर्ने अवस्था रहेको तुलसीराम बताउँछन् । उनका अनुसार सुरुमा कार्यालयका तीन प्रहरीमा कोरोना संक्रमण देखियो । तुलसीरामको परिवारका ८ जनाले पीसीआर परीक्षणका लागि स्वाब दिए । त्यसक्रममा तुलसीरामकी श्रीमती, आमा र छोरामा संक्रमण देखियो ।
मंगलबार साँझ रिपोर्ट आयो । बुधबार दिउँसो नगरपालिकाको टोली घरमा पुग्यो अस्पतालमा आइसोलेसन बेड नभएको थाहा पाएपछि होम आइसोलेनमा बस्नुको विकल्प रहेन । ‘संक्रमितलाई छुट्टै राखिएको छ, उनीहरूले प्रयोग गर्ने धारा ट्वाइलेट पनि छुट्टै छ’ उनले भने ।तर उनको घरमा डोरी बाँधेर सिल गरिएको छ । तुलसीराम भन्छन्, ‘त्यसपछि हामी घरबाट बाहिर निस्किएका छैनौं । खाद्यान्न लिनुपर्‍यो भने ढोकानिर ल्याएर राखिदिन भन्छौं ।’तुलसीरामको घर छेउका लक्षुमान खत्रीले आफूहरू घरबाहिर निस्कन छाडेको बताए । ‘हामीले पाँच घरका ३५ जनाको नाम पठाएर पीसीआर गर्न नगरपालिकालाई आग्रह गरेका छौं’, उनले भने, ‘अहिलेसम्म भएको छैन ।’
संक्रमितलाई घरमै बस्नुस् भनेका छौं’
मध्यपुरमा पहिलो पटक असार ३ गते वडा नम्बर ४ मा कोरोना संक्रमित भेटिएका थिए । त्यसपछि मध्यपुर ३, ९, १ र ६ नम्बर वडा हुँदै वडा नम्बर २ बाहेक सबैतिर संक्रमित भेटिएका छन् । पछिलो तीन दिनको मात्र तथ्यांक हेर्ने हो भने २९ साउनमा ७ जना, ३१ साउनमा ९ जना संक्रमित भेटिएका छन् ।सुरुका दिनमा संक्रमितलाई अस्पतालमै लगेर आइसोलेट गरिन्थ्यो । तर अब बेड अभाव भएका कारण अधिकांशलाई होम आइसोलेसनमा नै बस्न भनिएको छ । संक्रमितको आफ्नै घर र पर्याप्त कोठा भएकाले उनीहरूलाई सुरक्षित भएर घरमै बस्न आग्रह गरेको उपमेयर अञ्जनादेवी अधिकर्मीले बताइन् ।अस्पतालमा राम्रो व्यवस्थापन नहुन सक्छ । उपचार भनेको पनि सिटामोल खान दिने हो’, अधिकर्मी भन्छिन्, ‘त्योभन्दा घरमै तातोपानी, कागतीपानी खाँदै बस्नु राम्रो हुन्छ ।’तर उनले भने जस्तो सबै घरमा व्यवस्था राम्रो भएका कारण होम आइसोलेसनमा बसेका भने होइनन् । थिमि– १, लोकन्थलीका भाडामा बस्ने २२ वर्षीय संक्रमित अस्पताल जान चाहन्थे तर वेड नभएकाले कोठामै रहेको बताउँछन् ।
उपमेयर भने नेपाल कोरिया मैत्री अस्पतालमा १० बेडको क्वारेन्टिन र पाँच वटा भेन्टिलेटर व्यवस्था गरे पनि सरकारले अनुमति नदिँदा त्यहाँ बिरामीलाई राख्न नसकेको बताउँछन् । उनका अनुसार अहिले संक्रमितलाई टेकु, पाटन, काठमाडौं, दुवाकोट र आयुर्वेद अस्पताल, कीर्तिपुरमा वेड भएसम्म पठाइन्छ ।पछिल्लो समय स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । शनिबार मात्र तीन जना स्टाफ नर्समा संक्रमण देखिएपछि नेपाल कोरिया मैत्री अस्पताल सिल गरिएको छ । इवामोरा अस्पताल पनि दुई हप्तादेखि सिल छ । नागरिकको लापरवाहीका कारण संक्रमण फैलिएको र भयावह अवस्था नआओस् भनेर नगरपालिका नै सिल गरिएको भन्दै उपमेयरले भनिन्, ‘म त कर्फ्यु नै लगाउनुपर्छ भन्छु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn