सिजादर्पण ३ भाद्र काठमाडौँ ।नेपाली साहित्यका एक नक्षेत्र स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपतिको आर्यघाटमा अन्त्यष्टि गरिएको हो । घिमिरेलाई नेपाली सेना तथा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अपर्ण गरेका थिए । पार्थिव शरीर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो ।

घिमिरे नेपाली सेनाका मानार्थ सहायक रथीसमेत रहेका थिए ।बुधबारै घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । साथै उच्च पदस्थ सरकारी अधिकारी, शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु पनि घिमिरे निवास लैनचौर पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएको थियो ।

राष्ट्रकवि घिमिरेको निधनपछि नेपाली साहित्य क्षेत्रले एक धरोहर गुमाएको छ । नेपाली काव्यजगत्का शिखर पुरुष राष्ट्रकवि विगत सात महिनादेखि विभिन्न स्वास्थ्य समस्याका कारण थलिएका थिए ।लम्जुङ जिल्लाको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मिएका घिमिरेका दर्जनौँ कृति चर्चित छन् । उनका कवित ,गित संगित ले उनको अतुलनिय योगदानलाइ कसैले नभुल्ने र भौतिक शरिर नरहेपनि उनको योगदान कहिले पनि मर्ने छैन ।



