सिजादपर्ण,काठमाडौं( प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीकै सामुन्ने सिसिएमसीका संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबीच भनाभन भएको छ। कोरोना संक्रमणको फैलँदो अवस्थालाई कसरी नियन्त्रणमा राख्ने भने विषयमा छलफल गर्न बालुवाटार पुगेका दुई मन्त्रीबीच भनाभन भएको हो। कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गठन गरको कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री तथा कर्मचारीसँग छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई बालुवाटार डाकेका थिए।छलफलकै सुरुवातमै सिसिएमसीका संयोजक पोखरेल र उड्डयनमन्त्री भट्टराईबीच भनाभन भएको बैठकमा सहभागी एक मन्त्रीले बताए।
‘मन्त्री भट्टराईले छलफल सुरु हुने बित्तिकै विभागीय मन्त्री तथा सरोकारवाला निकायसँग छलफल नगरी कसको निर्देशनमा पाँचौ चरणको यात्रुवाहक चार्टर उडान रोकिएको भन्ने विषयमा प्रश्न गर्नुभयो,ु बैठकमा सहभागी ती मन्त्रीले भने, ‘नेपाल एयरलाइन्सबाट नेपाल आउन तयारी अवस्थामा विमानस्थलसम्म आइपुगेका यात्रुलाई रोक्ने तर इस्तानाबुलबाट आउने टर्किस एयरलाई चाँहि किन यात्रु ल्याउन दिइएको भन्दै मन्त्री भट्टराई आक्रोशित हुनभयो।
यसका साथै मन्त्री भट्टराईले नेपाल एयरलाइन्सलाई यात्रु ल्याउन नदिने तर टर्किसलाई ल्याउन दिने सिसिएमसीको निर्णयप्रति लक्षित गर्दै ुके छ यो भित्रको खेल भन्दै प्रश्नसमेत गरेका थिए। ुउडान अनुमति दिने मन्त्रालय र सरोकारवाला निकायको यहाँ केही मतलब छैन। आफ्नो स्वार्थपूर्तिका लागि जे गर्दा पनि हुन्छ भनेर मन्त्री भट्टराईले भन्नु भयो,ु ती मन्त्रीले नेपाल लाइभसँग भने।
उनका अनुसार मन्त्री भट्टराई त्यतिमै रोकिएनन्। उनले विदेशबाट नेपाल आउने पिसिआर गरेका नागरिकको पिसिआर रिपोर्ट ७२ घन्टापछि पुनः काम नलाग्ने बताउँदै दुबईबाट आउने अधिकांश दुःख पाएका नेपाली फर्कन लागेका बेला सिसिएमसीबाट झनै दुःख थपिदिने काम भएको समेत बताएका थिए। एक्कासी किन यात्रुवाहक चार्टर उडान बन्द भयोरु युरोप अमेरिका हुँदै इस्तानबुलबाट आउन पाउने, तर दुबइबाट किन आउन नपाउनेरु यो कहाँको नियम होरुु भन्दै मन्त्री भट्टराईले प्रश्न गरेको स्रोतको दाबी छ।योगेशको प्रश्नमा मन्त्री पोखेरलले भने सबैको सल्लाहमा नै निर्णय भएको दाबी गर्दै विदेशबाट आएका नागरिकलाई राख्ने क्वारेन्टाइनको व्यवस्था नभएको भन्दै तत्कालका लागि रोक्नु परेका जवाफ दिएका थिए।
मन्त्री पोखरेलको जवाफ नसकिँदै टर्किस एयरलाइन्सले इस्तानबुलबाट ल्याएका २ सय १ जनालाई क्वारेन्टाइन हुने तर नेपाल एयरलाइन्सले दुर्बइबाट ल्याउन लागेका २६६ जनाका लागि कसरी क्वारेन्टाइन भएनरु,ु मन्त्री योगेशले रक्षामन्त्रीतर्फ गरेको प्रश्न उद्धृत गर्दै ती मन्त्रीले भने।मंगलबार बिहान सवा ९ बजे काठमाडौं आइपुग्ने जहाजमा यात्रु आउन नदिने र दिउँसो पौन ४ बजे आउने जहाजलाई कसरी यात्रु ल्याउन दिइयोरु यसको अध्ययन हुनुपर्ने मन्त्री योगेशको धारणा थियो।यसपछि भने प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे थप अध्ययन हुने भनेपछि दुवै मन्त्रीहरू शान्त भएको स्रोतको दाबी छ।
दुबइ विमानस्थलमा २ सय ६६ जना नेपाल नेपाल आउनका लागि पर्खाइमा थिए। नेपाल एयरलाइन्सको वाइडबडी जहाज पनि त्यहाँसम्म पुगेको पनि थियो। तर सिसिएमसीको निर्देशन बमोजिम जहाजले कुनै पनि यात्रु नलिइकन दुबइबाट रित्तै मंगलबार बिहान नेपाल फर्किएको थियो। ती २६६ नेपालीले त्यहाँको बस्ने ठाउँ छोडेर नेपाल आउने तयारीमा थिए। तर उनीहरू अन्त्यमा निराश भएर फर्किए।
