स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा ७०७ जना कोरोना संक्रमित थपिएका छन् ।मन्त्रालयका अनुसार उपत्यकामा थपिएका २०० कोरोना संक्रमित मध्ये काठमाडौंका १७४, ललितपुरका १८ र भक्तपुरका ८ जना छन् । देशभरका प्रयोगशालामा ११ हजार ८३२ नमुना परीक्षण गरिएकोमा उपत्यकामा बढी संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। त्यसैगरी पछिल्लो २४ घन्टामा सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषा र अछामका ३१(३१ जना, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहा र बझाङका २१(२१ जना, सप्तरी, कास्की र दैलेखका १९(१९ जना, रुपन्देहीका १८, रौतहट, बाँके र डोटीका १६(१६ जना, महोत्तरीमा १५, सुनसरीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।तेह्रथुम र मोरङमका ९(९ जना, बारा र बाग्लुङका ८(८ जना, उपयपुर र दाङका ४र४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३(३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २(२ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा , प्युठान, कालीकाट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीका १(१ जनामा संक्रमण देखिएको छ ।यससँगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । उनीहरुमध्ये १२६ जनाको मृत्यु भएको छ भने १७ हजार ९६४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।