सिजादर्पण, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय १४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ। देशभर क्वारेन्टिन १२ हजार २ सय ३४ जना क्वारेन्टिनमा रहेका छन्। सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेको छ।
