Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र (कोभिड-१९ ) को चुनौती


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, भदौ ८, २०७७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र (कोभिड-१९ ) को चुनौती

जतिखेर चीनको वुहानबाट कोरोना भाइरसको प्रकोप सुरु भयो र यसले विस्तारै विश्व महामारीको रुपमा युरोप र अमेरिकामा भयावह स्थितिको रुपमा लिन थाल्यो अनि इटाली, अमेरिका, ब्राजिल, बेलायत, भारत, चीन जापान, अष्ट्रेलिया जस्ता विश्वका शक्तिशाली र विकसित मुलुकहरुमा नियन्त्रण बाहिर जान थाल्यो, नेपालमा पनि ठूलो सन्त्रासको वातावरण छाउन थाल्यो।

दैनिक हजारौँ मान्छेहरुको मृत्यु संक्रमण नियन्त्रण बाहिर गईरहेको र भारतमा समेत तीव्र गतीमा फैलिसकेपछि नेपाल सरकार पनि यसको रोकथाम नियन्त्रणको लागि विभिन्न छलफल र उपाएको खोजीमा लाग्दै गर्दा संसददेखि राष्ट्रिय पत्रपत्रिकामा बहस छलफल हुन थाल्यो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्षत्र पनि कर्णाली प्रदेशका जिल्लाहरु, सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम समेत रहेको हुँदा यहाँका जनताहरुलाई कसरी बचाउने र सरकारलाई कसरी सहयोग गर्ने भन्ने छलफलमा लाग्यौँ।

फागुन १४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ठूलो हलमा प्रदेशका कानुनमन्त्री सहित जुम्लामा अवस्थित विभिन्न निकायका प्रमुखसँग कोभिड(१९ बारेमा एउटा अन्तर्क्रिया कार्यक्रम गर्यौं। उक्त दिन प्रतिष्ठनको फिजिसिएन डा। धिरज गुरुङले अत्यन्त मिहेनतका प्रस्तुतिकरण गर्नु भयो।

यो कक्षाबाट पहिलो पटक कोरोनाको बारेमा धैरै जानकारी प्राप्त भयो र यो भाइरस एक प्रकारको रुघाखोकी रहेको र सजक भएमा धेरै असर गर्दैन भन्ने सन्देश प्रतिष्ठानका स्वास्थ्यकर्मी समेत ज्ञान प्राप्त भयो। फागुनको पहिलो साता चीनको सिमाना हिल्सा हुँदै एक जना व्यक्ति हुम्ला आएको र निजको स्वास्थ्य बिग्रेको भन्ने समाचार प्रकाशित हुनासाथ प्रदेश सामाजिक विकास मन्त्रालयको अनुरोधमा एक जना डाक्टर सहित ३ जनाको टिम माथिल्लो हुम्लाका याल्वाङ पठायौँ।

भारि हिमपातका बीच सिमिकोट बाट ५ वटा खच्चडमा औषधी सहितको टिम हुम्लाको माथिल्लो गाउँगाउँमा पुगी उपचारमा खटियो। चैत्रको पहिलो हप्ता हामि पदाधीकारी प्रतिष्ठानको नयाँ शैक्षिक कार्यक्रम संचालनको लागि चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रालयसँग छलफल गनुपर्ने साथै आर्थिक वर्ष २०७७।०७८ को बजेट तयारीका लागि काठमाडौँ रहेको बेला नेपाल सरकारले लकडाउनको घोषणा गर्यो।

सम्पूर्ण यातायातका साधनहरु ठप्प भए। सम्पूर्ण क्रियाकलाप ठप्प भए र भारतबाट लुकिटिपि नेपाली नेपाल प्रवेश गरेका समाचारहरु आउन थाले। चैत्र ११ गते प्रतिष्ठानका उपकुलपति ज्यूसँग सल्लाह गरेर गृह मन्त्रालयसँग जुम्लासम्म जानको लागि पासको व्यवस्थापन गर्यौँ र शिक्षाध्यक्ष सहितको ५ जना जुम्ला हिड्यौँ। अमेरिका नेपाल मेडिकल फाउन्डेसनले दिएको २५ सेट पिपिई, केही औषधी, बुट, गाउन बोकेर ३ दिन लगाएर जुम्ला पुग्यौँ।

बाटोमा खाना खाने, बस्ने होटेल, पसल समेत पूर्ण बन्द थिए। हाम्रो साथीहरुले अति मिहिनेतका साथ प्लास्टिक पिपिई ४।५ सय सिलाएका थिए। मुगु जुम्ला प्रवेश गर्ने नाका कालिकोटको नाग्ममा ६ जना स्वास्थ्यकर्मी साथीहरु प्लाष्टिकको पिपिई लगाएर हजारौँ मान्छेहरुको ज्वरो नाप्ने र अन्य स्वास्थ्य समस्याबारे सोधपुछ गर्ने गरेको र उहाँहरुको उत्साह र लगाव देखेर हामीलाई गर्न महशुस भयो।

जुम्ला पुगे पश्चात पदाधिकारीहरु बसेर सल्लाह गयौँ। हजारौँ कर्णालीका जनताहरु कामको सिलसिलामा देशका विभिन्न ठाउँमा, भारतमा रहेका छन्। दैनिक हजारौ व्यक्तिहरु प्रवेश गदैछन्। प्रदेश सरकारको अनुरोध गरी गाडीमा आउँदैछन भन्ने भएपछि र नेपालगंजमा समेत कोभिड पोजेटिभ देखिएको संचारमा आईसकेपछि कोभिड चेक गर्ने ल्याब मेसिनको लागि केन्द्र, प्रदेश सरकारसँग अनुरोध गर्यौं।

त्यही समयमा मुगुको खत्याडमा एक जना व्यक्तिमा आरडिटी चेक गर्दा पोजेटिभ आएको भन्ने खबर प्राप्त भयो। अनी कर्णालीका जिल्लाहरुमा त्रास बढ्न थाल्यो। बाटोमा ढ्ङ्गा, काँडेतार, जाली, काठमो बार बार्न थाले, एक वडाबाट अर्को वडा, एक गाउँबाट अर्को गाउँमा जान समेत प्रतिबन्ध लाग्न थाल्यो।

त्यही दिन हामीले छ जना स्वास्थ्यकर्मी मुगुको खत्याडमा पठाउने, सम्पर्कमा रहेका सबैको आरडिटी चेक गर्ने भनी औषधी र ३०० आरडिटी किट सहित पठायौँ। चैत्र २६ गते सम्पूर्ण विभाग प्रमुख र खरिद समितिका साथीहरु बसेर अब आफ्नै प्रयासमा पिसिआर मेसिन, यसको लागि आवश्यक पर्ने किट, अन्य सामग्री, पिपिई, मास्कको लागि सार्वजनिक खरिद ऐन बमोजिम छिटो माध्यमबाट टेण्डर गर्ने निर्णय गर्यौँ।

प्रदेश सरकारले रकमको चौरजहारी, प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लालाई कोभिड अस्पताल बनाउने र एक(एक करोड सहयोग गर्ने निर्णय गर्यो। पिसिआर मेसिनको टेण्डर गर्ने निर्णयसँगै आवश्यक जनशक्ति व्यवस्थापनको लागि दुई जना ल्याबको कर्मचारी सुर्खेत, नेपालगंज सिक्न पठायौँ। आइसियू बेड ३ बाट ७ बनायौँ।

साथै २०० बेडको आइसोलेसन वार्ड तयारी गयौँ। गृह मन्त्रालयको समन्वयमा बाहिरबाट आएका ३२४ जनाको स्वाब परीक्षणको लागि काठमाडौँ पठायौँ, सबैको रिपोर्ट नेगेटिभ आयो।

पिसिआर। मेसिन आएसँगै भारत लगायत बाहिरबाट आएका कर्णालीका व्यक्तिहरुको स्वाब परीक्षणको दर बढाउँदै लग्यौँ। ल्याबका साथीहरु भित्रै सुत्ने, भित्रै खाने र दैनिक १८ घण्टा परीक्षणमा खटिन थाले। बाहिरबाट धेरै मान्छेहरु भित्रिन थालेपछि विस्तारै कोभिड पोजेटिभ देखिन थालेपछि स्वास्थ्यकर्मीहरुलाई घरघरमा पठाउनु पर्छ, मनोवैज्ञानिक त्रास हटाउनुपर्छ र कोरोनाको डरको कारण अस्पताल आउन नसक्ने बिरामीहरुलाई गाउँगाउँमा उपचार गराउनु पर्छ भन्ने उद्देश्यले ५० जना स्वास्थ्यकर्मीको टिम तयार गरी प्रदेश सरकारसँग प्रस्ताव पठायौँ।

कर्णाली प्रदेश सरकारले प्रस्तावलाई सकरात्मक रुपमा लियो। वैशाख १० गते कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्री आफै जुम्ला आएर निकै खुसी हुँदै हौसला दिनुभयो। उक्त दिन हुम्ला, मुगु, कालिकोट र जुम्लाको दुर्गम गाउँमा २८ जनाको टिम पठायौं।

जुम्लामा पनि क्वारेन्टाइनमा धेरै मान्छेहरु आएको र एकीकृत क्वारेन्टाइन बनाउँदा अवरोध हुन थाल्यो। बाटोभरि ढुङ्गा राख्ने नाराजुलुस गर्ने हुन थाल्यो। केटिएसमा परीक्षण गर्दा उपचारमा खटिएका स्वास्थ्यकर्मी सहित १८ जनामा पोजेटिभ देखियो। जिल्लाको माहोल सन्त्रास हुन थाल्यो। भारतबाट मान्छेहरु धेरै भित्रिन थाले। प्रतिष्ठानको आइसोलेसनमा उपचार गर्ने टिम तयार गर्न, सिसिटिभी जडान सहित प्राबिधिक तयारी गदै केटिएसमा पोजेटिभ आएका व्यक्तिलाई ल्याउन केही ढिलो भयो।

प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र म गएर रातको १० बजे सबैलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना गर्यौं। र सबैलाई भयावित नहुन सम्झायौँ। अस्पतालमा अतिआवश्यक बाहेक अन्य समस्या आएमा फोनबाट सोध्न विषयगत डाक्टरको मोबाइल नम्बर सहित सुचना सार्वजनिक गर्यौँ। एफएममा बजायौँ। अनि गाउँपालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी सहितको बैठक गर्यौँ।

र हरेक स्थानीय तमा दुईजना विशेषज्ञ डाक्टर पठाउने र उहाँहरुलाई उपचारमा समन्वय र सुरक्षाको लागि आग्रह गर्यौँ। उहाँहरुले सम्पूर्ण सहयोग गर्ने आस्वासन दिनु भयो। पिसिआर परीक्षण गर्न स्वाबहरु संकलनको लागि धेरै ठाउँबाट अनुरोध आउन थाल्यो। डोल्पामा बाहिरबाट आएका एक जना व्यक्तिको मृत्यू भयो र स्वाब परीक्षण गर्दा पोजेटिभ आयो। जुम्लाबाट हिडेर ३ दिन लाग्ने उक्त जगदुल्ला गाउँपालिकामा ४ जना स्वास्थ्यकर्मीहरुलाई कन्टयाक्ट टेसिङको लागि स्वाब संकलन गर्न पठायौँ। र सबैको रिपोर्ट नेगेटिभ आयो।

दैलेखमा भारतबाट मान्छे आएका थिए। एक हजार जति व्यक्तिको स्वास्व परीक्षणको लागि जुम्ला पठाईएकोमा अधिकांशको पोजेटिभ देखिएपछि दैलेखमा ठूलो संकट देखिन थाल्यो। कालिकोट, मुगु, डोल्पा, हुम्ला, जुम्ला र दैलेखको स्वाब परीक्षणको दबाब पर्न थाल्यो। पहिला(पहिला पुलिङ सिस्टमबाट परीक्षण गर्दा चाँडो नतिजा आएकोमा पोजेटिभ धेरै आउँदा एक(एक जनाको परीक्षण गर्दा समय पनि धेरै लाग्न थाल्यो।

ढिला रिर्पोट आएको भन्दै दैलेखको क्वारिन्टिनबाट सडकमा निस्किन थाले। एक जना व्यक्तिको क्वारेन्टिनमा मृत्यू भएको खबर आयो। अनि तुरुन्तै त्यो भयावह अवस्थालाई नियन्त्रणमा लिनको लागि, उपचारमा सहजता पुर्याउन र त्रसित वातावरण्लाई कम गर्नको लागि जनस्वास्न्य विज्ञ सहित स्थानीय दुई जना डाक्टर गरी पाँच जनाको टिम दैलेख पठायौँ। स्वाब परीक्षण तीव्रता दिँदै थिए। बाजुरा, डडेलधुराबाट मेयर, उपमेयर टिम सहीत आफु जुम्ला आएर स्वाब बुझाउन थाल्नुभयो।

यहीबीच हाम्रो पिसिआर परीक्षण ल्याबको माइक्रो सेन्टीफिउज मेसिन बिग्रियो। तुरुन्तै काठमाडौँमा फोन गरी गाडी खोज्न थाल्यौँ। इन्जिनियर दैलेख आएका छन् भन्ने नेर मेसिन, प्राबिधिक सहित प्रतिष्ठानमा कार्यरत डाक्टर र अन्य स्वास्थ्यकर्मी सहित ३६ जनामा पोजेटिभ देखियो। दैलेख पठाएको सेन्टीफिउज पानी परेर त्यसको बोर्ड जलेको बनाउन काठमाडौँ पठाउनु पर्ने खबर दैलेखबाट आयो।

कोभिड पोजेटिभ आएको स्वास्थ्यकर्मी र डाईभरलाई पिपिई लगाएर फर्कन भनेका थियौँ, बाटोमा पहिरोगएर गाडी रोकियो भन्ने खबर आयो। यता स्वास्थ्यकर्मी पोजेटिभ भएको छ, उता सेन्टीफिउजमा समस्या भएर स्वाब परीक्षण रोकिएको छ। अनि बाहिरका जिल्लाहरुबाट चाडो नतिजा चाहियो भन्ने दबाब छ भन्न काठमाडौँबाट धेरै ठाउँमा बुज्दा जम्मा एउटा सेन्टीफिउज भेटियो र रातदिन लगाएर भिजिट कर्णालीको गाडीलाई अनुरोध गर्यौँ र चाँडो जुम्ला पुर्याउन अर्को दिन मेसिन जुम्ला पुग्यो।

र सानो साइजको सेन्टीफिउज भए पनि ल्याबको साथीहरुले परीक्षणमा खटिनु भयो र काठमाडौँमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालापछि धेरै पिपिआर जाँच गर्ने दोस्रो स्थानमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याब रह्यो। केटिएसबाट पोजेटिभ आएका मध्य १८ जनालाई पहिलो चरणमा उपचार पछि नेगेटिभ आए पश्चाात खादा लगाएर बिदाई गर्यौँ।

त्यो समूहमा रहेका मध्ये केहीलाई संक्रमण मुक्त हुन निकै समय लाग्यो र ७९ जना व्यक्तिहरुलाई देखिएकोमा सबै जना संक्रमण मुक्त भएर खुसीसाथ घरमा फर्कि आउनु भयो। दुई जना महिलाहरुलाई प्रसुती हुने बेला पोजेटिभ देखिएकोमा डाक्टर र स्वास्कर्मीहरुको सावधानी र मिहेनतले संक्रमण फैनिल पाएन र आमा, बच्चा र आफन्तलाई सकुशल घर पठाउन पाएकोमा औधी खुसी लाग्यो।

अहिले फेरि जुम्लामा एकै पटक धेरै जनामा कोरोना संक्रमण देखिएको छ। प्रतिष्ठानमा ठूलो क्षमताको पिसिआर एक्ट्रक्सन मेसिन जडानसँगै परीक्षणको दाएरा बढाउदै उपाचारमा केन्द्रित हुँदै कुनै पनि सामान्ने लक्षण नभएका संक्रमितहरुलाई सम्बन्धित पालिकाहरुको आइेसोलेसनमा राख्ने र लक्षण देखिएकाहरुलाई अस्पतालमा राख्ने जिल्ला संकट व्यवस्थापना केन्द्रले निर्णय गरी प्रमुख जिल्ला अधिकारी र अस्पताल निर्देशक सहितको टोली गाउँ(गाउँमा पुगेर अनुगमन सुरु गरिसकेको छ र सबैको साझा मिहेनेत र सहयोगले पुनः जिल्ला कोरोना मुक्त बन्ने छ १

हो, कोरोनाको महामारीमा राज्यबाट अर्बौ सहुलिएत लिएका सुबिधा सम्पन्न भनिएका अस्पतालहरुले बिरामी भर्ना लिन मानेनन्। नेपाल सरकारको त्यसमा पनि दुर्गम र पिछडिएको क्षेत्रमा रहेको ठूलो एक मात्र प्रतिष्ठानले यो संकटलाई एउटा क्षमता देखाउने र सरकारलाई सहयोग गर्ने एउटा अवसर ठानी आएको सम्पूर्ण क्षमता र शक्ति कर्णालीका जनतामा समर्पित गर्यो।

त्यसै कारण संघीय सरकार र प्रदेश सरकारको नीति कार्यक्रममा प्रतिष्ठानलाई क्षमता विस्तार गरी अझै धेरै विशेषज्ञ सेवा विस्तार गर्ने र शैक्षिक कार्यक्रम संचालनमा सहयोग गर्ने घोषणा गरेको छ। प्रतिष्ठानले कर्णालीका सम्पूर्ण जिल्लाहरु र अन्य पिछडिएका छिमेकी जिल्लाहरुमा विशेषज्ञ सेवा प्रदान गदै आईरहेको छ।

६५ जना डाक्टर, ३०० बेड अस्पताल, अत्याधुनिक मेडिकल उपकरण र बेसिक साइन्सको ल्याब निमार्ण भईरहेको र अन्य ठूला अस्पताल र प्रतिष्ठान उक्त कार्यक्रम संचालनको लागि आवश्यक सम्झौता सम्पन्न भईसकेको छ। हाल चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ वटा विषयमा विशेषज्ञमा पढाउने अनुमति दिने ऐतिहासिक निर्णय गरिसकेको छ। अब प्रतिष्ठानको सम्पूर्ण ध्यान र तयारी एमबिबिएसमा रहेको छ।

जति छिटो एमबिबिएसको स्वीकृति पाउछ, त्यति नै छिटो कर्णालीको समग्र विकासको गतिले फड्को मार्छ र प्रतिष्ठानको ऐनको व्यवस्था अनुरुप ४५५ उक्त क्षेत्रमा जन्मेका जेहेन्दार विद्यार्थीहरु डक्टर पढेर आफ्नो घर आँगनमा सेवा गर्नेछन् भने ५५५ अन्य विद्यार्थीहरुले देशका अन्य गाउँ गाउँमा गएर सेवा गर्ने छन। त्यही भएर सम्माननीय प्रधानमन्त्री एवम् यस प्रतिष्ठानका कुलपति केपी शर्मा ओली ज्यूको अध्यक्षतामा बसेको जुम्लामा भएको छैटौँ सभाले कर्णाली प्रदेशका सम्पूर्ण जिल्लाहरुलाई कार्य क्षेत्र बनाउने निर्णय गरिसकेको छ।

त्यसैले प्रतिष्ठानको एमबिबिएसको पाठ्यक्रम तयार गर्ने ६० जना विज्ञहरूले पनि कसरी नेपालका गाउँ बस्तीमा गएर जनताहरुको सेवा गर्न सकिन्छ भन्ने समाजमा आधरित पाठ्यक्रम तयार गर्नु भएको छ। एमबिबिएसको लागि पढाउने शिक्षकहरु धेरै व्यवस्था भैसकेको छ, ल्याबहरु बनाउने काम भैसकेको छ, बाँकी तयारी तीव्र हुँदैछ।

बिरामीहरुको संख्या दिन प्रति दिन बृद्धि भैरहेको विशेषज्ञ सेवासँगै जुम्ला मुगु, कालिकोट, डोल्पा, हुम्ला, बाजुराका गाउँहरुबाट ३र४ दिन हिँडेर पनि प्रतिष्ठानमा आएर सेवा लिरहेका छन र जति जति गाउँ गाउँमा सडक सुविधा पुग्छ, प्रतिष्ठानमा सेवा लिने मान्छेहरु त्यती नै बढी रहेका छन्।

धेरैको पुनर्जन्म भएको छ र कर्णाली स्वास्थ्य् विज्ञान प्रतिस्ठान नेपालको गर्व गर्न लायक संस्था बन्ने छ, बन्दै छ जुन कुरा यो कोभिड महामारीमा पुष्टि भैसकेको छ। मात्र एमबिबिएस कार्यक्रम संचालनको लागि चिकित्सा शिक्षा आयोगको स्वीकृतको पर्खाईमा छ।

९लेखक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार हुन्।०

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn