सिजादर्पण ,काठमाडौं lअहिले विश्वमा कोरोना माहामारी फैलिएकोले नेपालमा पनि त्यसको प्रतिकुल असर परेको छ । २०७६ सालको चैत्र ११ गतेबाट कोरोना माहामारी नियन्त्रण गर्नकालागी नेपाल सरकारले मुलुकमा लकडाउन जारी गरेको थियो । श्रावणको दोस्रो साता लकडाउन हटाएपछी कोरोना संक्रमण देशैभरी फैलिएको छ । अहिले मुलुकको बिभिन्न क्षेत्रहरुमा असर पुगेको हो । शिक्षा क्षेत्र झन जटिल बन्दै गएको छ । लकडाउनका कारण शिक्षण संस्थाहरु बन्द भएका छन् ।
कतिपय शिक्षण संस्थाहरु अहिलेको कोरोना माहामारीबाट मुलुक संकटमा परेको बेला मानविय समवेदनाको न्युनतम ख्याल नराखि जवरजस्ति शुल्क असुलि रहेको सुचनाले आफ्नो ध्यान केन्द्रित भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का उपत्यका क्षेत्रीय समन्वय समितीका संयोजक हर्क बहादुर बिकले बताएका छन् ।
राजधानिका केही विद्यालयहरुले भने अनलाईन कक्षा सञ्चालन गर्ने भन्दै विद्यार्थीहरुबाट शुल्क असुलि रहेका छन् ।कक्षा १२ को वार्षिक परिक्षा, विश्व विद्यालय तहका सम्पुर्ण परिक्षाहरु, नतिजा प्रकाशन, प्राविधिक तर्फका प्रवेश परिक्षा र यो वर्षका नयाँ भर्नाहरु समेत नहुने संकेत देखिएको छ । यो शैक्षिक सत्र खेर जान सक्ने भन्दै विद्यार्थिहरुमा मनोवैज्ञानिक असर पर्ने देखिन्छ र अविभावकमा पनि गम्भिर चिन्ता तथा अन्योलता सिर्जना भएको छ ।
संंगठनका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै संयोजक बिकले अहिलेको संकटको घडिमा शिक्षा मन्त्रालय र अन्य सरोकारवाला निकायहरुलाई शैक्षिक गतिविधीहरुको कडा अनुगमन गर्न र जथाभावी विद्यार्थीहरुबाट शुल्क अशुल्ने विद्यालयहरुमाथी कडा कार्वार्ही गर्ने चेतावनी समेत दिएका छन् ।

