सिजादर्पण भाद्र१५ काठमाण्डौ । टर्किस उत्पीडित तथा श्रमजीवी वर्गको मुक्तिका निम्ति आवाज उठाउदै आएकी ४२ वर्षीया कानुन व्यवसायी इब्रु २३८ दिनको भोग हड्तालबाट उनको दुःखद निधन भएको छ । उनको निधनप्रति विश्वका परिवर्तनशिल पार्टीले सरकारको कडा आलेचना गरेका छन । विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र काठमाडौं , ले पनी यस घटनाकाृे विरोध गरेकोछ । न्यायको निम्ति टर्किस सरकारका विरुद्ध लामो हडताल गरेकी मृत्युको कुनै प्रवाहनगरि प्राणलाइ आहुती दिने इब्रु प्रति गहिरो दुःख व्यक्त गरेको अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्त वहादुर केसी ले वताए । केसीले इब्रु तिम्तिक प्रति हार्दिक श्रध्दान्जली अर्पण गदै उनको दुःखद निधन प्रती एक विज्ञप्ति पनि प्रकाशन गरेका छन ।

प्रेस विज्ञप्ति:
विषय स् इब्रु तिम्तिकप्रति हार्दिक श्रध्दान्जली अर्पण २३८ दिनको भोग हड्तालबाट मृत्यु वरण गर्नु भएकी टर्किस उत्पीडित तथा श्रमजीवी वर्गको मुक्तिका निम्ति आवाज उठाउदै आएकी ४२ वर्षीया कानुन व्यवसायी तथा मानवअधिकार कर्मी इब्रु तिम्तिकप्रति विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र काठमाडौं , नेपाल हार्दिक श्रध्दान्जली अर्पण गर्दछ ।उहाँलाई टर्किस फासीवादी सत्ताले सन सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो ।न्याय , परिवर्तन र समानताको पक्षमा आवाज उठाउदै आएकी इब्रु तिम्तिकलाई टर्किस फासीवादी सत्ताले प्रतिबन्धित पार्टी रिभ्युल्सनरी पिपुल्स लिब्रेसन फ्रन्टको सदस्य भएको आरोप लगाउदै करार गरेको थियोे ।

टर्किमा तिम्तिकसहित राजनीतिक परिवर्तनका निम्ति भोग हड्ताल गर्दै यो वर्ष मात्रै हेलिन बोलेकल लगायत ४ जनाले साहदत सहादत प्राप्त गरिसकेका छन् । ती सहिदहरुप्रति हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र काठमाडौं हार्दिक श्रध्दान्जली अर्पण गर्दछ । साथै हाम्रो यस केन्द्रले टर्केली जनताको न्याय ,समानता र परिवर्तनका पक्षमा सञ्चालित अभियानको पक्षमा ऐक्यबद्धता जाहेर गर्दछ र टर्केली जनताप्रति लाद्दै आएको फासीवादी दमनचक्रलाई तुरुन्त बन्द गर्न टर्केली फासीवादी सरकारलाई हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र काठमाडौं , नेपाल चेतवानी स्वरुप आह्वान गर्दछ ।
क्रान्तिकारी अभिवादन
हस्तबहादुर केसी
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
काठमाडौं , नेपाल
