Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बीपी कोइराला जन्मजयन्ती: मनीषा कोइराला भन्छिन्, ‘मैले बीपीको अस्तुको वर्षौँ पूजा गरेँ’


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ २५, २०७७

बीपी कोइराला जन्मजयन्ती: मनीषा कोइराला भन्छिन्, ‘मैले बीपीको अस्तुको वर्षौँ पूजा गरेँ’

मेरो जन्म काठमाण्ठूमा भए पनि बाल्यकाल काठमाण्डू र बनारस दुवैतिर बित्यो।बनारसमा हुँदा होस् वा काठमाण्डूमा, मैले धेरै समय सुशीला आमा ९बीपी कोइरालाकी पत्नी सुशीला कोइराला० सँग बिताएँ।ुमेलमिलाप नीतिु लिएर नेपाल फर्किनुअघि बाबा ९बीपी कोइराला० बनारसमा पनि उहाँ आउने गर्नुहुन्थ्यो।मलाई त्यस बेलाको केही सम्झना अहिले पनि छ।हावाहुरीु जस्तो आगमनउहाँ घर ९बनारस वा काठमाण्डू० मा आउँदा ुहावाहुरीु जसरी आउने गर्नुहुन्थ्यो।
ुहावाहुरीु जसरी मैले किन भनेकी भने उहाँ आउँदा धेरै कार्यकर्ता र पार्टीका मान्छे पनि सँगै आउँथे।भेट्न आउनेको पनि लर्को हुन्थ्यो। फेरि उहाँ गएपछि घर ुआँधीपछिको सन्नाटाु जस्तो सुनसान हुन्थ्यो।

मनीषा कोइरालाले नयाँ नक्साको समर्थन गर्दा नेपालमा वाहवाही, भारतमा आलोचनाबाबा आउँदा एकछिनका लागि के भयो के भयो जस्तो अर्कै वातावरण बन्थ्यो।सुशीला कोइरालाको उत्तरजब बीपी घर आउनुहुन्थ्यो र जानुहुन्थ्यो मलाई उहाँबारे बुझ्न मन लाग्थ्यो।अनि लुटपुटिँदै सुशीला आमालाई सोध्थेँ, ूसुशीला आमा, बीपी बाबाको सबैभन्दा ठूलो कुरा के होरुूसुशीला आमा भन्नुहुन्थ्यो, ूउहाँ आफ्नो बारेमा मात्र सोच्नुहुन्न, देश र जनताका लागि सोच्नुहुन्छ। उहाँले सबैलाई चित्त बुझाएर निर्णय गर्नुहुन्छ। उहाँले सबैलाई कुरो बुझाउन सक्नुहुन्छ।ूउहाँको आगमन र सुशीला आमाका कुरा सुनेपछि बाबाप्रति त्यसै बेला पनि सम्मान बढेर आउँथ्यो।उहाँ मेरो हजुरबा नै भए पनि किनकिन त्यसै बेला मलाई उहाँ महान् हुनुहुन्छ जस्तो लाग्थ्यो।त्यो सम्भवतः म सुशीला आमासँग धेरै निकट भएर भएको होला।

पहिलो सन्देश
बीपी घरमा आउँदा बाल्यकालमै मैले पाएको पहिलो सन्देश भनेको नारी होस् वा पुरुष सबै बराबर हुन् भन्ने हो।त्यो सन्देश कसरी मैले पाएँ भन्ने पनि एउटा रोचक घटना छ।घर आएका बेला एक दिन अलि एकान्तजस्तो भएको थियो। कार्यकर्ता र अन्य मानिसहरू खासै थिएनन्।त्यस बेला बाबाले सुशीला आमाको गोडा दबाइदिएको मैले देखेँ।मैले अचम्म मानेर बीपीलाई सोधेँ, ूबाबा तपाईँले किन सुशीला आमाको गोडा दबाइदिनुभएकोरुूउहाँको जबाफ थियोस् ूकिनकि म उहाँलाई असाध्यै माया गर्छु। कहिलेकाहीँ मात्र भेट्न पाउँछु नि त१ उहाँको गोडा दबाएर म सानो मान्छे हुन्न नि१ूउहाँको यो भनाइले मेरो बाल मस्तिष्कमा ुमहिला र पुरुष बराबर हुन्ु भन्ने छाप पारिदियो।यसै पनि कोइराला परिवारभित्र महिला र पुरुषलाई विभेद गर्ने चलन थिएन र छैन पनि।

बीपीकी प्यारी नातिनी
म पहिली नातिनी भएर पनि हुनसक्छ बीपीले मलाई असाध्यै माया गर्नुहुन्थ्यो।म उहाँलाई बाबा भन्थेँ। उहाँले माया गरेर मलाइ ुमुझुु वा ुमनीु भन्नुहुन्थ्यो। कहिलेकाहीँ मनीषा पनि भन्नुहुन्थ्यो ।उहाँलाई केटाकेटीसँग कुरा गर्न खुब मन पर्थ्यो। कुराकानी हुँदा ुउपन्यास पढ्नूु भन्नुहुन्थ्यो। खेलकुदमा पनि प्रोत्साहन गर्नुहुन्थ्यो।उहाँले मलाई भनेको सम्झना छस् ूम सबैभन्दा धेरै सुशीलालाई माया गर्छु, त्यसपछि तँलाई गर्छु।ू

अन्तिम दिनहरू
मलाई बीपीका अन्तिम दिनहरूको पनि सम्झना छ। त्यस बेला हामी चाबहिलको घरमा बस्थ्यौँ।त्यहाँ बसुन्जेल हाम्रो परिवार संयुक्त थियो। फराकिलो कम्पाउन्ड र बगैँचा भएको घरको पहिलो तलामा बीपी बस्नुहुन्थ्यो।उहाँको घाँटीमा क्यान्सर थियो। त्यसले गर्दा एकापट्टि दुलो परेको थियो।त्यो घाँटीको दुलोमा प्रत्येक दिन सफा गर्नुपर्थ्यो। तर म त्यो सफा गरिदिन सक्ने भएकी थिइनँ, सानै थिएँ।त्यसपछि चेतना दिदी ९बीपी कोइरालीकी छोरी, मेरी फुपू० अनि म भएर त्यो घरको पहिलो तलामा डिटोल(पानीले सफा गर्थ्यौँ।राष्ट्रिय मेलमिलापको नीति लिएर उहाँ नेपाल आएदेखि नै निकै गल्दै जानुभएको थियो सायद।

दाहसंस्कारमा सहभागी हुन पाइनँ
सुशीला आमासँग म बनारसमा थिएँ। त्यसै बेला उहाँ बित्नुभएको खबर आयो।मलाई बनारसमै छाडेर सुशीला आमा नेपाल आउनुभयो।म कोसँग बनारसमा नै बसेँ मलाई अहिले सम्झना छैन।तर मैले बीपीको अन्तिम दर्शन गर्न पाइनँ।पछि सुशीला आमा बित्दा पनि म दाहसंस्कारमा सहभागी हुन पाइनँ।म जोसँग सबैभन्दा नजिक थिएँ ९गला अवरुद्ध पार्दै० उहाँकै दाहसंस्कारमा सहभागी हुन सकिनँ।

बीपीको अस्तु
बाबा बित्नुभएको करिब एक दशकपछि मैले बलीवुडमा करीअर बनाउने विचार गरेर मुम्बई जाने निर्णय गरेँ।त्यस बेला मैले आफूलाई धेरै आवश्यक पर्ने कुराहरू घरबाट लिएर गएकी थिएँ।तीमध्ये एउटा सानो चाँदीको डिब्बामा रातो कपडाले बेरेर राखेको वस्तु मेरा लागि निकै महत्त्वपूर्ण थियो।त्यो बाबाको अस्तु थियो। त्यो मलाई सुशीला आमाले दिनुभएको थियो।मुम्बई जाँदा पनि मैले बाबाको अस्तु लगेँ। अनि आफ्नो फ्ल्याटको एउटा कुनामा जतनसँग राखेँ।
मैले वर्षौँसम्म पनि त्यो अस्तुलाई पूजा गर्थेँ। केही असहज अवस्था आयो कि म ूबाबा, मलाई बाटो देखाइदिनूस्ू भनेर निकै बेर अस्तुअगाडि हात जोडेर उभिन्थेँ।

खासमा अरूले घरमा देवीदेवताको पूजा गरे झैँ म मेरा हजुरबाको अस्तुको पूजा गर्थेँ।
यो सिलसिला मुम्बई गएपछि पनि पाँच(सात वर्षसम्म चल्यो।त्यसपछि चाहिँ एक दिन मैले मुम्बईमै समुद्र किनारामा लगेर विधिपूर्वक नै उहाँको अस्तु सेलाइदिएँ।सायद सानैदेखि बीपीलाई मैले भगवान्‌सरह मानेकाले पो हो किरु उहाँको यादले मात्र पनि मलाई सधैँ हौसला दिइरह्यो।तर उहाँ जीवित हुन्जेल एक भएको कोइराला परिवार उहाँको निधनपछि छुटीभिन्न भयो।पार्टीको अवस्था पनि त्यस्तै भयो। त्यो देखेर दुस्ख लाग्छ।

ुबीपीकी नातिनीु
म पछिल्ला वर्षहरूमा नेपालका धेरै गाउँहरूमा जान थालेकी छु।विभिन्न गतिविधि र कामका लागि गाउँगाउँ जाँदा मलाई विशेषगरी ुबुज्रुगु मानिसहरूले बीपी कोइरालाकी नातिनी भनेर चिन्नुहुन्छ।नजिकै आएर शिरमा हात राखेर आशिष दिनुहुन्छ, माया गर्नुहुन्छ।कतिलाई लाग्दो हो( आफ्नै पहिचान बनाएको मान्छेलाई अर्काको नाउँबाट किन चिनिनूरुतर यो सबै ुअहम्ुको कुरा हो। मलाई त बीपी कोइरालाकी नातिनी भनेर कसैले चिन्दा निकै गर्व लाग्छ, बीपीको परिवारमा जन्मिएछु भनेर खुसी लाग्छ।मैले उहाँका कारण माया पाए जस्तो लाग्छ।

एक्ला बृहस्पति
केही दिनअघि मैले बाबाको तस्बिर राखेर ुम एक्लो बृहस्पति भएँु भनेर ट्वीट गरेकी थिएँ।त्यो बाबाकै भनाइ हो। उहाँले जीवनका अन्तिम समयमा यो कुरा लेख्नु भएको हो।उहाँले आफ्नो परिवार र नजिकका मान्छेका साथै पार्टीका साथीहरूले पनि आफ्नो कुरा बुझेनन् भनेर त्यसो भन्नुभएको रहेछ।त्यो बुझ्नका लागि मलाई निकै समय लाग्यो। अहिले आएर उहाँका कतिपय पुस्तकहरू पढ्दै गर्दा धेरै कुरा बुझ्दैछु।उहाँलाई जसले पनि आजको जस्तो दिन (जन्मजयन्ती) मा मात्र सम्झिन्छन्।तर के हामीले उहाँको नीति, मूल्य र मान्यतालाई पछ्याएका छौँ ।के नेपाली काङ्ग्रेसले पछ्याएको छरु नेताहरूले पछ्याएका छन्रु यो मनन गर्नुपर्ने विषय हो।

ुसक्रिय राजनीति गर्दिनँ होलाु
मेरो जन्म नै यस्तो परिवारमा भयो कि मैले चाहेर पनि राजनीतिबाट छुटकारा पाउन सक्दिनँ।हामीले खेलौनासँग रमाउने केटाकेटी उमेरमा नै राजनीतिका कुरा सुन्यौँ।हातमा खेलौना हुँदैनथ्यो तर घरमा राजनीतिक बहस हुन्थ्यो।त्यसैले गर्दा राजनीतिसँग सम्बन्धित विषयको प्रश्नले मलाई पक्कै पनि कहिल्यै छाड्दैन।तर सक्रिय राजनीतिमा जानेबारे मैले अहिले सोचेकी छैन। सायद म लाग्दिनँ पनि होला।

बीपी कोइरालाबाट सिक्नुपर्ने कुरा
बीपीबाट अहिलेको पुस्ताले सिक्नुपर्ने कुरा धेरै छन्।सबैभन्दा पहिलो कुरा त ुम नेपाली हुँु भन्ने सबैले ठान्नुपर्‍यो।नेपाली हुनुमा सबैले गर्व गर्नुपर्‍यो। हामी आफू काम गर्दैनौँ तर अरूले गरेन भनेर मात्र दोष देखाउँछौँ।सरकारले गरेन भन्छौँ। त्यसो भन्ने भन्दा पनि ुमैले देशलाई के दिएँ भनेर सोच्नुपर्छ।आफू असल भए देश पनि बन्छ, समाज पनि बन्छ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn