सिजादर्पण, काठमाडौँ। दूध सेवनको फाइदा अनेकौं हुन्छ। दूधले मानिसको शारीरिकदेखि मानसिक अवस्थालाई पनि ठिक राख्ने काम गर्दछ। सामान्यता, हामीले सेवन गर्ने दुध एक सय रुपैंयाँ भित्रमा खरिद गर्न पाइन्छ। तर, यसैबेला एक आश्चर्यजनक दूधको मूल्यको विषय अगाडी आएको छ।
भारतको एक प्रदेशमा गधाको एक लिटर दूधलाई ७ हजार भारतीय रुपैयाँ पर्ने जानकारी आएको छ। जसलाई नेपाली रुपैंयाँमा परिणत गर्दा ११ हजार दुई रुपैंयाँ हुन्छ। भारतको आनन्द कृषि विश्वविद्यालयको नयाँ अनुसन्धानका अनुसार गधाको दूधमा असीमित खनिज तत्वहरु पाइने गर्दछ। जसमा, मुख्यतया एन्टिएजिङ, एन्टिअक्सीडेन्ट र पुनः निर्माण गर्ने गुणहरु हुन्छन्।
यसै गुणका साथ अब भारतीय बजारमा गधाको दुध भारतीय रुपैयाँ ७ हजारमा विक्री हुनेछ। यस्ता गधाहरूको प्रजाति भारतको प्रायः जामनगर र देवभूमि द्वारकामा पाइन्छ। यस प्रजातिको गधाको नाम हलारी हो।
