सिजादर्पण, नेपालगञ्ज, । नेपालगञ्जमा माइतीमा रहेकी श्रीमती लिन गएका ज्वाईको ससुरालीको कुटपिटबाट ज्यान गएको छ ।नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको ससुरालीमै कुटपिटबाट ज्यान गएको प्रहरीले जानकारी दिएको छ । श्रीमती लिन ससुराली गएका रैदास ससुराको कुटपिटबाट गम्भीर घाइते भएका थिए ।
उनको उपचारमा क्रममा ज्यान गएको बाँके प्रहरीले जानकारी दिएको छ । ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते उनको नर्सिंङ होम नेपालगञ्जमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।ज्वाइको हत्या अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका–२० नटनपुरुवाका नरेश चमारलगायत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।
