सिजादर्पण, काठमाडौँ । कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निशुल्क गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।रिटमा सरुवा रोगको उपचार निशुल्क पाइने जनस्वास्थ्य सेवा ऐनको दफा ३ को उपदफा ४(ग) मा प्रष्ट व्यवस्था भएको उल्लेख छ ।
ुसंविधान र कानुनले गरेको व्यवस्थाविपरीत शुल्क लिन दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय उत्प्रेषणको आदेशले बदर, खारेजी गरी निशुल्क परीक्षण गर्नुरगराउनु भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा परमादेश जारी गरी पाउँ, रिटमा भनिएको छ ।स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणका लागि गरिने पीसीआरको शुल्क तोकेको थियो । परीक्षणका लागि शुल्क तोकिनु संविधान र जनस्वास्थ्य सेवा ऐनको प्रतिकूल हुने भन्दै रिट दायर गरिएको हो ।
