सिजादर्पण, काठमाडौँ । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ ।अब सरकारी र निजी सबै ल्याबमा सबै किसिमका शुल्कसहित पिसिआर परिक्षणको शुल्क दुई हजार रुपैयाँ तोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।उनले रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको बताएका छन् ।
यस अघि सरकारले शुरुमा पीसीआर परिक्षको शुल्क ५५०० तोकेको थियो भने त्यसपछि घटाएर ४ हजार रुपैयाँ बनाएको थियो ।त्यस्तै बंगलादेशबाट आएको रेम्ड़ेसिभिर औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका अनुसार रेम्ड़ेसिभिर प्रयोग गर्न सुचिकृत बह्येका अस्पतालहरुमा विरामीको छाप हेरेर वितरण गर्ने र त्यसको सम्पूर्ण विवरण परिषदले मन्त्रालयमा पेश गर्नुपर्ने प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
