Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अनशनस्थलमा बिरामी जाँच्दै डा. केसी


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, भदौ ३०, २०७७

अनशनस्थलमा बिरामी जाँच्दै डा. केसी

जुम्ला — डा गोविन्द केसी चिकित्सा शिक्षामा सुधारको माग राख्दै सोमबारदेखि खलंगाको बाबिरामस्टो मन्दिरमा अनशन बसेका छन् । तर, अनशन बसिरहेका बेलासमेत बिरामीहरू उनीकहाँ जँचाउन पुग्ने गरेका छन् । मंगलबार अनशनस्थलमै डा। केसीले बिरामीको जाँच गरे ।अनशनस्थलमा बिरामी जाँच्दै डा गोविन्द केसी ।पातारासी गाउँपालिका, छुमचौरकी थिले आगमु लामा आफ्नो दुई वर्षीय छोरालाई लिएर मंगलबार दिउँसो अनशनस्थलमै पुगिन् । ‘खलंगामा ठूलो डाक्टर आएका छन् भन्ने सुनेर आएकी थिएँ, अस्पताल जाँदा त मन्दिरमा छन् भनेर पठाइदिए,’ उनले भनिन्, ‘त्यही भएर उहाँ ९डा। केसी० लाई भेट्न आएकी हुँ ।’ थिलेका छोराको खुट्टाको हड्डी बाँगो छ । डा। केसीले शल्यक्रिया गरेर सोझो बनाउनुपर्ने सुझाव दिएका छन् ।

डा केसीले अनशन बसेको भए पनि टाढाबाट आएका बिरामी भएकाले जाँच गरेको बताए । उनले सकुन्जेलसम्म बिरामीको सेवा गर्ने अठोट पनि व्यक्त गरे । ‘म यहाँ रहेको थाहा पाएर गाउँबाट पैदल हिँडेर आइपुग्नुभयो, यस्तो बेला पनि बिरामी जाँच्न पाउँदा सन्तोष लागेको छ,’ उनले भने, ‘अहिले मात्र होइन, मेरो सास रहुन्जेलसम्म बिरामीको सेवा गर्नेछु ।’

डा केसीले सोमबारदेखि बाबिरोमस्टोको मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका हुन् । स्थानीय प्रशासनले सत्याग्रहमा बस्न नदिन कडा निगरानी गरेपछि उनले झुक्याएर मन्दिरमा सत्याग्रह थालेका हुन् । ‘मेरो सत्याग्रह रोक्न सादा पोसाकका प्रहरीको निगरानीदेखि प्रतिष्ठान ९कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान० मा प्रवेश गर्नसमेत रोकियो,’ उनले भने, ‘त्यतिमात्र होइन, मेरै कारणले सदरमुकाममा अनावश्यक रूपमा निषेधाज्ञा पनि लगाइयो ।’ डा। केसीले ०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयनको माग गरेका छन् । उक्त सम्झौतामा चिकित्सा शिक्षा ऐन संशोधनका साथै जुम्लामा एमबीबीएस अध्ययन हुनुपर्नेलगायत एजेन्डा समावेश छन् । ‘माग पूरा नहोउन्जेलसम्म म मेरो अभियानलाई छोड्दैन,’ उनले भने, ‘बरु मर्न तयार छु, पछि हट्दिनँ ।’

खुलाचौरमा बित्यो रात
डा केसीको १९ औं सत्याग्रहको पहिलो रात मन्दिर परिसरको खुला आकाशमा बित्यो । प्लास्टिकको गुन्द्री ओछ्याएका उनले सिरानी पनि हालेका छैनन् । उनलाई स्थानीय युवाले भने साथ दिइरहेका छन् । ‘उहाँका माग जायज छन्, त्यसैले हामीले ऐक्यबद्धता जनाउँदै अनशनस्थल नजिकै पाल राखेर साथ दिएका छौं,’ स्थानीयवासी प्रज्वल महतले भने, ‘उहाँ भने रातभर खुला आकाशमै चिसोमा बस्नुभयो ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn