सिजादपर्णभदौ ३० काठमाण्डौ । चिनले काठमाण्डौ केरुङ रेल मार्गको योजना नेपाल सरकार सँग रेलमार्गको योजना आगि बढाए पछि रकस्यौल काठमाण्डौ रेल मार्गकको बिस्तृत योजना बनाउन भारतले पनि चासो बढाएको छ । उसले आफनो प्रविधिक टोलीलाई नेपाल आउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । नेपाल भुराजनीतिको महत्व बोकेको ठाउँ भएकाले भारत र चिन प्रतिस्पर्धामा उत्रीए पनि रेल मार्ग निर्माण हुने भने निश्चित भएको छैन् । नेपाल सरकारले रकसौल काठमाण्डौ रेलमार्ग बनाउने योजना अधि सारेको करिब चार बर्ष भन्दा बढी भयो १५३ कि मि रेल मार्ग भारतले बनाइ दिने भनेको छ । रेल मागृ बनाउन भारतले बजेट नै छुटाईसकेको छ । तर काम भने अधि बढेको छैन् ।

जब उत्तरी छिमेकी चिनले केरुङ काठमाण्डौ रेल मार्गको काम अधि बढाए पछि भारतले पनि चासो देखाएको हो । नेपालका रेल विभागका माहानिर्देशक बलराम मिश्र भन्छन् भारतले चासो देखाए पनि कोरोना भाइरसको सक्रमणले गर्दा चासो देखाएको भारतले नेपालको गृह मन्त्रालयले के प्रतिक्रिया जनाउछ त्यस पछि मात्र भारतीय टोली सँग काम अधि बढने माहा निर्देशकले बताए ।अहिले रेलवे स्टेशन ,रेलवे लाईन,पुलहरु बनाउन भारतीयले नेपाललाई दिने पनि मिश्रले भने । चिनीया प्रविधिकले भने सिकात्से हुदै केरुङ सम्म रेलवे लाईन बनाउने भएको छ । चिनको ताइको ताल बाट रसुवा सम्म १०० कि मि र रसुवा बाट काठमाण्डौ ७२ कि मि दुरीमा केरुङ काठमाण्डौ रेल मार्ग निर्माण गर्ने नेपाल र चिनको काम औपचरिक रुपमा अघि बढेको सो्रतले जनाउको छ ।
