केवि गाँउले
सिजादर्पण काठमाडौं, १ असोज ।कोरोनाको संक्रमाण नेपालमा भन तिव्ररुपमा फैलिदैछ । पछिल्लोृ २४ घन्टाएता नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ भने देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ। संस्थागत आइसोलेसनमा रहेकाको संख्या ७ हजार ९०३ रहेको छ।प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार ६४१ पीसीआर परीक्षण गरिएको थियो। अहिले उपत्यकामा भने निशेधाज्ञा खुलेपछि मानिसमा झनै डर वढेको छ ।
