सिजादर्पण ३ असोज जुम्ला । सिजाकनकासुन्दारी गाँउपालिका वडान ४ साउवाडका टिकाराम सुनारको आजविहान ५वजे दुखद निधन भएको छ । २०१० सालमा जन्मेका टिकाराम सुनार जुम्ली देउडाखेलका पारखि निकै सिपालु देउडा कलाकार थिए । स्थानिय खस देउडा खेल्न रमाउने सुनार सिँजा क्षेत्रकानिकै लोकपृय लोक देउडा कलाकार मानिन्छन । उनको निधन प्रति सिजावसीले,एक लोक देउडा कलाकार गुमाएको मा दुःख व्यक्त गरेका छन । गाउँमा कुनै मेला ,जात्रा पैठ छैटि हुदा देउडा सुन्नकालागी उनको प्रतिक्षमा मानिस हरु पर्खने गर्थे । देउडा खेल्दा सुमधुर स्वर भएका सवाल जवफमा कसैलाइ मन नदुखाउने देखेलाडा खेल्लदा सरल जवाफ दिने उनको शैली सवैलाइ स्मरणिय भएकोछ । स्थानिए गाउको समस्यामा पनि निकै सहयोग गर्ने समाजसेवामा पनि उनको निकै योगदानरहेको छ । तत्कालिन जनयुद्धको वेला गाँउमा कोही कसैलाइ दुखदिने जोकोहीलाइ वचाउन खोज्ने ,र गाँउमा पुलिस , माओवादीको पिडावट स्थानिए युवाहरु ,वुढापाका वडाका वासिन्दालाइ वचाउन निकै सहयोग गरेको उनो योगदन स्थानिएले गरेका छन ।उनी तत्कालीन माओवदी पाटीको दलित मोर्चाका नेता भएको जनाइएकोछ ।
उनको कला माया ममता प्रति आफु कहिलै नविर्षने हाटसिँजाका गोवी सिकर्मीले वताए । कलाकर टिकारामको निधनप्रति गहिरो दुःख व्यक्त गदै साउवाडा निवासी दिपचन्द्र आचार्य भन्छन उनको निधन भएको प्रति आफु लाइ निकै मर्माहीत वनएको छ साउवाडा मात्र नभै सिजाको एक देउडा खेलाडी गुमायको प्रति सारै नराम्रो लागेको र उनको समाजप्रेमी भावनाको कदर गर्ने आचार्यले सिजादर्पण सग भने। सुनारका एक छोरा र ४ छोरी ३ ओटा नाति रहेका छन । उनको आजै लौडि सिममा छोरा धर्म सुनारले दाहासंस्कार गरेका थिए ।सयौँ सुभचिन्तक को उपस्थिति रहेको गोवी सिकर्मीले वताए।
