सिजादर्पण ६ काठमाडौँ । नेकपा विप्लव निकट अखिल (क्रान्तिकरी)उपत्यका विषेश क्षेत्रीय समन्वय समितिको आयोजनामा १ दिने राजनीतिक प्रशिक्षण कार्यक्रम काठमाण्डौँमा सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष एवं उपत्यका समन्वय समितिका संयोजक हर्क वहादुर बिकले गरेकाथिए । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष चिरनजिवि ढकाल र विषेश अतिथी केन्द्रिय उपाअध्यक्ष रुद्र भट्टराई तथा महासचिव प्रकाश शाहीको उपस्थिति रहेको वताए । संगठनको राजनितिक एवं वैचारिक तथा अहिलेको वर्तमान परिस्थितिका वारेमा शैक्षीक अवस्थालाइ विद्यार्थीको हित अनुकुल कसरि गर्न सकिन्छ ? यावत विषय वारे कार्यत्रमा अध्यक्ष ढकालले प्रषिक्षण दिएका थिए भने महासचिव शाहीले पनि महत्वपुर्ण विचार द्धारा प्रशिक्षण गरेको जानकारि प्राप्त भएको छ। अहिले कोरोनाको कहरवाट विश्वनै आक्रान्त वनेकावेला वर्तमान सरकार नागरिक हरुको मुद्दामा उदासिन देखिको छ l
शिक्षा क्षेत्रमा मनपरि विद्यार्थीहरु लाइ शुल्क वढाउने अनलाइन वाट पढाउने भन्दै शिक्षण गर्ने वाहाना पनि निकै विवाद उत्पन्न भएको छ । विभिन्न विषयमा विद्यार्थीको पढाइ लाइ कसरी वातावरण सहज गर्न सकिन्छ भन्ने विषय र विज्ञान प्रविधिको नयाँ प्रयोग वारे पनि महत्वपुर्ण प्रशिक्षण भएको जनाइको छ । प्रशिक्षण कार्यक्रममा उपत्यका विद्यार्थीनेता हरुको सक्रिय सहभागिता रहेको थियो भने कार्यक्रमलाई समापन संयोजक हर्क विकले गरेका हुन l
