सिजादर्पण,कास्की ।कास्की प्रहरी कार्यालयले बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित एक जनालाई पक्राउ गरेको छ।मंगलबार साँझ साढे ६ बजे वन्यतन्तुको अवैध ओसारपोसार तथा कारोबार गरेको आरोपमा प्रहरीले धादिङ गल्छी गाउँपालिका( ४ बस्ने २८ वर्षीय सन्तोष लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीले अन्य ठाँउबाट आएर कास्कीमा वन्यजन्तुको अवैध ओसारपसार तथा कारोबार हुँदैछ भन्ने गोप्य सूचना पाएको थियो। सोही सूचनाको आधारमा जिल्ला र ईलाका प्रहरी कार्यालय शिसुवाबाट प्रहरीको टोली खटिएको थियो।
प्रहरीले पोखरा महानगरपालिका(३१ शिसुवाबाट वनपोखरीतर्फ जाँदै गरेको प्रदेश नं। ३(०२(०११ प ७८०६ नम्बरको मोटरसाइकललाई रोकेको थियो।चालक लामिछानेले बोकेको जेब्रा झोलामा हेर्दा प्रहरीले एक बाघको छाला, एक सालकको खपेटा, तीन किलो ७ सय ५० बराबरको वन्यजन्तुको हाड, खुट्टा तथा पन्जा समेत बरामद गरेको छ।उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। साथै आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय, कास्कीमा पठाएको छ।
