अस्ट्रेलियाको क्वीन्स्ल्याण्डस्थित एउटा घरमा छानोबाट दुईवटा अजिङ्गर खसेका छन्।आफ्नो घरभित्र ठूलाठूला दुईवटा सर्प देख्दा घरधनी डेभिड टेट आश्चर्यचकित भएका थिए। तीमध्ये एउटा उनको शयनकक्षमा थियो भने अर्को चाहिँ बैठक कोठामा।तिनको कुल तौल २२ किलो भएको बताइएको छ।सर्प समात्ने व्यक्ति स्टीभन ब्राउनका अनुसार ती अजिङ्गरको तौल ूअसाधारणू थियो।पोथीका लागि जुध्दै गर्दा ती दुई अजिङ्गर घरभित्र खसेको हुनसक्ने अनुमान गरिएको छ। तर त्यहाँ पोथी सर्प भने फेला परेन।
फेसबुकमा लेखिएको पोस्टमा टेटले आफ्नो छतबाट ती सर्प खसेको घर पुगेपछि मात्रै आफूले थाहा पाएको उल्लेख गरेका छन्।ब्राउनका अनुसार सर्प नजिक आएको अवस्थामा हलचल नगरी बस्नु उपयुक्त हुन्छ।त्यसो गर्दा सर्पले आफूलाई खतरा भएको भन्ठान्दैनन् र आक्रमण गर्दैनन्।सर्पले चाहने भनेको कुनै पनि खतराबाट आफू उम्किनु हो,ू उनले भने।
