Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

संसदिय व्यवस्थाले जनक्रान्तिका बिरुद्ध दमन गर्न खोजे त्यसको परिणाम भयानक हुन्छ ।


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, भदौ १७, २०७७

संसदिय व्यवस्थाले जनक्रान्तिका बिरुद्ध दमन गर्न खोजे त्यसको परिणाम भयानक हुन्छ ।
  • सर्वप्रथम यहाँलाइ हाम्रो मिडियामा यहाँलाइ स्वागत छ ।
    धन्यवाद ।
  • देश असाध्यै अशान्त, अस्थिर र अन्योलग्रस्त बन्दै गएको छ । तपाईंहरूले अहिलको परिस्थितिलाई कसरी विश्लेषण गर्नुभएको छ ?
    देश यतिखेर आफ्नो इतिहासमै पहिलोपटक महासङ्कटको भुमरीमा परेको छ । देशको जीवनमा सिर्जित यस अवस्थाका निम्ति सत्तासीन दलाल पुँजीपति वर्ग, त्यसको राज्यसत्ता र शासन व्यवस्था मुख्य जिम्मेवार छन् । नेपाली जनताले देश र आफ्नो मुक्तिका निम्ति २००७ सालदेखि यतातिर सञ्चालन गरेका राजनीतिक आन्दोलन र जनयुद्धका मूल्य, मान्यता, बलिदान, भावना र आकाङ्क्षाविपरीत राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसन, सामाजिक असुरक्षा र कहालीलाग्दो जनजीविका देश र जनताको जीवनमाथि थोपरिएको छ । परिणामतः देशमा भयावह स्थितिको सिर्जनाभएकोछ‘।गत डिसेम्बरबाट उब्जेको कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको नेपाली समाजमा परेको डरलाग्दो असर पनि राष्ट्रको जीवनमा अर्को प्राकृतिक स्वास्थ्य विपत्तिका रूपमा आइलागेको छ । राष्ट्रिय सङ्कटलाई महासङ्कटमा पु¥याउने कोरोना भाइरसको महामारीपनिभएकोछ।।मानव समाजको जीवनमा आइपर्ने कुनै पनि महाविपत्तिको पूर्वजानकारी हुँदैन । खतराको अनुमान मात्र गर्न सकिन्छ । त्यसका आधारमा समाज, राज्य आधारभूत रूपमा मानसिक एवम् भौतिक रूपमा तयारी अवस्थामा रहनु पर्दछ । बाँकी त विपत्तिले निम्त्याएको चुनौतीको सामना गर्ने दृष्टिकोण, नीति, योजना र कार्यक्रम बनाएर सिङ्गो देशलाई परिचालन गर्ने हो । हाम्रो देशका सन्दर्भमा राज्यको दृष्टिकोण र तत्परता दुईटै कमजोर साबित भयो । भएका प्रयासहरू पनि सकारात्मक हुँदाहुँदै पनि कमसल साबित भए । नेपाली जनता कोरोना भाइरसको आतङ्कले आक्रान्त छ ।
    राज्यसत्ता र कोरोना भाइरसले देश र नेपाली जनताको जीवनमा निम्त्याएको महासङ्कटको हल गर्न निर्णायक ‘नेपाली जनक्रान्ति’ को आँधीका निम्ति वर्तमान देशको अवस्थाले अपिल गरिराखेकोछ ।
  • विश्वमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण नेकपाका गतिविधि पनि कम भएका छन् । त्यस विषयमा केही बताइदिनुहुन्छ कि र?
    वर्तमान विश्व मानवसभ्यता र व्यवस्थामाथि धावा बोल्दै कोरोना भाइरसको महामारी प्रवेश ग¥यो । यसले विश्वस्तरमा जुन तवाहा सिर्जना गरिरहेको छ, त्यसको असर नेपालमा पर्ने नै थियो र परिराखेको छ । नेपाली श्रमजीवी जनताको पार्टी हुनुले नेपाल कम्युनिष्ट पार्टी दलाल पुँजीपति वर्गको राज्यसत्ताले नेपाली जनतामाथि गर्ने अत्याचारका विरुद्ध मात्र होइन, प्रकृतिले थोपर्ने विपत्तिका विरुद्ध पनि लड्नु यसको दायित्व हो । यसर्थ पार्टीको सङ्घर्षलाई अहिले कोरोना भाइरसका विरुद्धको मोर्चामा मूलभूत रूपमा बदलेको मात्र हो ।
  • कोरोना नियन्त्रणका लागि लकडाउन हुँदै अहिले आएर ठाउँठाउँमा कफ्र्यु लगाउन थालिएको छ । यसबारे तपाईंको धारणा के छ ?
    कोरोना भाइरसका विरुद्ध लड्ने हतियारका रूपमा स्वास्थ्य विज्ञानले बन्दाबन्दी ९लकडाउन० लाई पनि एउटा हतियार मानेको छ । यसको विश्वव्यापी प्रयोग पनि भइरहेको छ । बन्दाबन्दीलाई अझ कडा स्वरूप दिई निषेधाज्ञा बनाउन खोजिँदैछ । निषेधाज्ञाले जनजीवन झन् कष्टकर बनाएको छ ।
    राज्य र सरकारले के कुरा बुझ्नुप¥यो भने बन्दाबन्दी वा निषेधाज्ञा कोरोना भाइरसको सङ्क्रमणलाई निको पार्ने साधन होइनन् । यी त सङ्क्रमणको फैलावटलाई रोक्ने साधन मात्र हुन् । नेपाली जनतामा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न त उपचार प्रणालीलाई नै वैज्ञानिक, गुणात्मक र व्यापक बनाउनुपर्छ । परीक्षणको दायरालाई व्यापक बनाएर सङ्क्रमित बिरामी र सङ्क्रमणको जोखिममा रहेका मान्छेलाई बन्दाबन्दीमा राख्ने हो । पूरै देशलाई लामो समयसम्म बन्दाबन्दी वा निषेधाज्ञामा राख्ने होइन । यसले देशमा अर्को भयावह स्थितिको सिर्जना गर्छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न र यसले निम्त्याउने अन्य खतरालाई रोक्न सरकारले समग्र रणनीति र कार्यनीतिका साथ काम गर्नुपर्दछ जुन अहिले भैराखेको छैन ।
  • कोरोनापछि विश्व–राजनीति नयाँ दिशातर्फ जाँदैछ भन्ने छ । के विश्वमा सङ्घर्ष देखापरेको हो ?
    मानवसमाज विकासका क्रममा मानवसमाजलाई आइपर्ने कठिनाइहरूको समाधान गर्नुपर्ने आवश्यकताको उपज राज्य हो । समाज विकासको पहिलो प्रतिनिधि राज्य आदिम साम्यवाद समाजसेवी र जनहितकारी चरित्रको हुनु यसैको परिणाम हो । समाजमा आइपर्ने मानवनिर्मित वा प्राकृतिक समस्या वा सङ्कटको व्यवस्थापन गर्नु त्यसको दायित्व थियो।अहिलेको विश्वको राज्यव्यवस्था मूलतः उत्तरसाम्राज्यवादी वा विश्वपुँजीवादी राज्यव्यवस्था हो । प्रथम आदिम साम्यवादी राज्यको चरित्रका विरुद्ध विश्व–मानव समाजलाई धनी र गरिबबीचको महाखाडल खनेर विश्व–मानवसभ्यतालाई एकपछि अर्को सङ्कटग्रस्त र आतङ्कित बनाई नै राखेको थियो । कोरोना भाइरसको प्राकृतिक विपत्ति विश्वव्यापी डढेलोझैँ फैलिँदा, लाखौँलाख मान्छे सङ्क्रमित हुँदा र मृत्यु हुँदासमेत आफूलाई विश्व–प्रभुत्वकारीको दाबी गर्ने र एक नम्बर अर्थतन्त्रको फुइँ लगाउने संयुक्त राज्य अमेरिकी शासक वर्ग र डोनाल्ड ट्रम्प सरकार नै विश्वको सबैभन्दा अक्षम र असफल राज्य र सरकार बन्न पुग्यो । तथ्याङ्कमा कोरोनाबाट हालसम्मका सबैभन्दा बढी जनता मर्ने र सङ्क्रमित हुने देशमा अमेरिका दर्ज भयो जहाँ आजका मितिसम्म १ लाख ८३ हजार मानिसको मृत्यु भएको छ भने ६० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । अरू आफूलाई शक्तिशाली देशको दर्जामा राख्नेहरूको हालत पनि खराब भएको छ । दक्षिणएसियामा आफूलाई शक्तिशाली र विकसित ठान्ने भारतीय शासक वर्गको सबैभन्दा खराब स्थिति भएको छ । अमेरिकालाई उछिनेर भारत दैनिक सङ्क्रतिक सङ्ख्या ७८ हजारभन्दा बढी भई दैनिक उत्यधिक सङ्क्रमित सङ्ख्या हुने देश बन्न पुगेको छ । हालसम्म त्यहाँ ६४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कोरोना महामारीका कारण अमेरिकामा दसौँ लाख मानिसले रोजगारी गुमाएका छन् भने दैनिक बेरोजगार भत्ता माग गर्ने र लिने जनताको सङ्ख्या तीन करोड पुगेको छ ।यी मुख्यमुख्य घटनाहरू र तथ्यले उत्तरसाम्राज्यवादी वा पुँजीवादी विश्व–व्यवस्था र पँुजीपति वर्ग समानतामूलक, न्यायपूर्ण र उन्नत समाज निर्माण गर्न मात्र होइन, प्राकृतिक विपत्तिको व्यवस्थापन गर्न र मानवसभ्यताको संरक्षण गर्नसमेत अन्तिम रूपमा असफल भएको कुरा दुनियाँले बुझ्नेगरी प्रस्भएको छ ।अबको विश्व–मानवसभ्यताको संरक्षण, मानवीय आवश्यकताको परिपूर्ति र प्राकृतिक विपत्तिको कुशल व्यवस्थापनका निम्ति विश्वका श्रमजीवी जनता, उत्पीडित राष्ट्र र उत्पीडित वर्गलाई साम्यवादी विश्व–व्यवस्था अनिवार्य बन्न गएको छ । कोरोना भाइरसको महामारीको प्रतिवाद र विश्वका श्रमजीवी जनताको रक्षा गर्ने सवालमा अमेरिकी उत्तरसाम्राज्यवाद र विश्व–पुँजीवादी व्यवस्थाको दयनीय र घोर अक्षमताले वस्तुतः यही विषयको पुष्टि गर्दछ । अबको विश्वको अनिवार्य सङ्घर्ष भनेको उत्तरसाम्राज्यवाद एवम् विश्व–पुँजीवादको अन्त्यका निम्ति विश्वका श्रमजीवी जनताको विश्व–साम्यवाद स्थापनाको अन्तिम सङ्घर्ष हो ।
  • देशमा गणतन्त्र छ । संविधान बनिसकेको छ तर तपाईंहरू अझै पनि सशस्त्र विद्रोह गर्नुपर्छ भनिरहनुभएको छ । अब पनि विद्रोह सम्भव होला र रु त्यो केका लागि ?
    गणतन्त्र, सङ्घीयता र संविधान दलाल पुँजीवादी राज्यव्यवस्था संसदीय राजनीतिका दलाल तत्वहरूको प्रतिक्रान्तिकारी चरित्रमा पर्दा हाल्न बलियो रक्षाकवच बनाउने र नेपाली जनतालाई एक÷दुई दशक भ्रमित पारेर ती हतियारको बलमा नेपाली जनतालाई लुट्ने दलाल पुँजीपतिहरूको रणनीति एकदुई वर्षमै जनतामाझ सर्वाङ्गै भयो । सबैले सजिलै थाहा पाउने गरी यो संसदीय राजनीति भनेको दलाल पुँजीपति वर्गको राष्ट्रघाती र जनविरोधी तत्वहरूको राजनीति हो र गणतन्त्र, सङ्घीयता र संविधान ठग्ने अस्त्र हुन् भन्ने कुरा बुझ्न बाँकी छैन । अतः विद्यमान राज्यसत्ता, शासन व्यवस्था र नेतृत्वमा क्रान्तिकारी परिवर्तन आजको अनिवार्य आवश्यकता बनिसकेको छ । नेपाली श्रमजीवी जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ निर्णायक एकीकृत जनक्रान्ति सम्भव मात्र होइन, तात्कालिक कार्यसूची बन्न पुगेको छ ।
    देशमा भ्रष्टाचार चरम छ । बेरोजगारी बढिरहेको छ । जनताको दैनिक जीवन कष्टकर बनिरहेकोछ। यसको समाधान के होत राष्ट्रिय स्वाधीनताविरुद्ध सौदाबाजी, जनताको राजनीतिक स्वतन्त्रतामाथि प्रतिबन्ध, राज्यको ढुकुटीमाथि भ्रष्टाचार एवम् कमिसनको जाँतो र बेरोजगारीको समस्याले विदेशका गल्लीगल्लीमा भौँतारिनु पर्ने अवस्थाको सिर्जना, कष्टसाध्य जनजीवनलगायत समस्याहरूको सिर्जना दलाल पुँजीपति वर्गको संसदीय व्यवस्थाका दैनिकी हुन् । यसको आयु जति बढ्दै जान्छ समस्याहरू झन् विकराल बन्दै जाने कुरामा नेपाली जनता किञ्चित् भ्रमित हुनु हुँदैन । रातारात यसको अन्त्य जरुरी छ । त्यसका निम्ति एकीकृत जनक्रान्तिको सम्पन्नता र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नै एक मात्र विकल्प हो ।
  • नेपालमा क्रान्तिलाई पटकपटक धोका दिएका धेरै उदाहरण छन् । तपाईंहरूले पनि धोका दिनुहुन्न भन्ने के ग्यारेन्टी छ ?
    यो प्रश्न अहिले राष्ट्रिय स्तरमा र मुख्य विषयका रूपमा छैन । २०६२–६३ पछि माओवादी पार्टी र आन्दोलनमा विचलन र पलायन आएपछि हामीले त्यसका विरुद्ध विद्रोह गर्दा यो प्रश्नले राष्ट्रिय राजनीतिमा स्थान पाएको थियो । आजसम्म आउँदा हाम्रो पार्टी र नेतृत्वले यस प्रश्नको जबाफ विचार, राजनीतिमा मात्र होइन, वर्गसङ्घर्षको कठिन मोर्चाबाट पनि व्यावहारिक उत्तर दिँदै गइरहेकाले अहिले मुख्य प्रश्न छैन।छभने सानो दायरामा मात्र छ ।
    नेपालको राजनीतिक आन्दोलनमा राणा शासनका विरुद्धको आन्दोलनदेखि अहिलेसम्म भएका आन्दोलन, सशस्त्र सङ्घर्ष र जनयुद्धमा पटकपटक नेपाली काङ्ग्रेस, माले, वाम मोर्चा र माओवादीका नाममा देश र नेपाली जनतालाई दिएको धोकाले जनता आजित नै भएको छ । अबको क्रान्ति र क्रान्तिकारी पार्टीका बारेमा राष्ट्रिय राजनीतिमा उठ्ने प्रश्नको वस्तुगत आधार विगतको धोकाधडीसँग सम्बन्धितरहेकोछ ।जहाँसम्म हाम्रो पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिमा नेपाली जनतालाई फेरि धोका हुन्छ कि भन्ने प्रश्न हो सचेतताका निम्ति गरिने प्रश्नबाहेक त्योसँग व्यावहारिक आधार छैन । हाम्रो पार्टी राष्ट्रिय मुक्ति, उत्पीडित नेपाली जनता र एकीकृत जनक्रान्तिप्रति प्रतिबद्ध पार्टी हो । अहिलेको दुनियाँको सामाजिक क्रान्तिको वैज्ञानिक विचार माक्र्सवाद, लेनिनवाद, माओवादद्वारा निर्देशित पार्टी हो । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपाली क्रान्तिको प्रक्रिया धेरै अगाडि बढिसकेको छ जसको परिणाम नेपाली जनताको आशा, विश्वास र भरोसा पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिप्रति धेरै बढ्दै गएको छ । नेपाली जनताका निम्ति अबको विकल्प नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति बन्दै गएको छ । नेपाल र नेपालीका निम्ति यो निकै गौरव र गह्रौँ कुरा हो ।राष्ट्र र जनताको आवरणमा आफ्नो सङ्कीर्ण एवम् छुद्र राजनीतिक स्वार्थ सिद्धिका निम्ति कहिले आन्दोलन त कहिले युद्धको फन्डा गर्ने अवसरवादी र गद्दार नेता र पार्टीहरूले नेपाली जनतालाई धोका दिएका छन् । क्रान्तिले आफ्नैविरुद्ध खडा गर्ने जीवनमरणको खतराको सामना गर्न नसकेर भागेका भगौडा र बलिदानबाट डराएर आत्मसमर्पण गरेका जिउँदा लासहरूले नेपाली क्रान्ति र राजनीतिक आन्दोलनमा अक्षम्य अपराध गरेका छन् । हाम्रो पार्टी भगौडा र जिउँदा लासहरूको खरानीबाट जन्मेको पार्टी हो । यसका अगाडि कि त राष्ट्र र जनताको मुक्ति छ, कि त अनवरत सङ्घर्ष र बलिदान छ । तसर्थ हाम्रो पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिलाई बिनाकुनै सङ्कोच विश्वास गर्न र साथ दिन म आमनेपाली जनतामा विनम्रतापूर्वक अनुरोध गर्दछु । नेपाली जनताले पार्टीलाई साथ दिनुहोस्, पार्टीले तपाईंहरूलाई क्रान्ति र मुक्ति दिनेछ सरकारले ७नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ तर
  • तपाईंहरूले सरकारमाथि दबाब दिने कुनै कार्यक्रम ल्याउन नसकेको आरोप लाग्न थालेको छ नि ?
    यो कुरा सत्य होइन । अहिलेको राज्य र सरकारले नेपाली जनता र राष्ट्रका विरुद्ध गरेका गल्तीलाई लिएर सङ्घर्ष गरेका कारण नै राज्य दमनमा उत्रिएको हो । दमनको परिणाम तपाईंले भनेको गिरफ्तारी गरेको छ । क्रान्ति भनेको दमनका विरुद्ध प्रतिवादकोमोर्चा पनिहो राज्य र सरकारले हाम्रो पार्टी र यसका कार्यक्रममाथि प्रतिबन्ध लगाएर दमन अभियान चलायो । नेपाली राजनीतिक आन्दोलनको इतिहासमा सजिलै सच्याउन नसकिने गल्ती सरकार र सरकारी पार्टीले गरेको छ । सरकारी पार्टीका नेता र सरकारले हाम्रो पार्टीलाई जुन आरोप लगाएर प्रतिबन्धित ग¥यो र दमन ग¥यो, त्यसको औचित्य पुष्टि गर्न सकेन । हाम्रो पार्टीलाई आतङ्ककारी, विध्वंशात्मक, लुटेरा, हत्यारा, पैसाका निम्ति गरिएका हर्कतलगायत नानाथरी अभियोग लगाइयो । तर त्यसको राष्ट्रिय राजनीतिमा पुष्टि भएन, बरु पुष्टि त ठीक उल्टो भयो । सरकारी पार्टी र सरकारलाई आत्मसमीक्षक बन्न र वास्तविकतालाई आत्मसात गर्न जबर्जस्ती धक्का निश्चितै दिइरहेको छ । हाम्रो पार्टी र जनक्रान्तिका विरुद्ध साम्राज्यवादी र दलाल तत्वहरूको दमन र षड्यन्त्रको प्रतिवादमा पार्टीले लिने आगामी मोर्चाबाट खरानी हुनेछन्
  • कम्युनिस्टहरू विचार र सिद्धान्तका कुरा धेरै गर्ने तर काम पटक्कै गर्दैनन् भन्ने आरोप छ । त्यसमा कत्तिको सत्यता छ ?
    विचार र सिद्धान्तका कुरा धेरै गर्ने, काम पटक्कै नगर्ने ती कम्युनिस्ट होइनन् । माक्र्स, एङ्गेल्सको समयका मजदुर आन्दोलनभित्र पुँजीपति वर्गले जन्माएका अभिजात वर्ग र तिनका प्रतिनिधहरू हुन् । यिनीहरू त बर्नस्टिन, काउत्स्की, ट्राट्स्की, छन तु स्यु र लिलि सानका नेपाली चेलाहरू हुन् । कुरा विचार र सिद्धान्तको गर्ने, काम पुँजीवादी प्रतिक्रियावादी, दलाल पुँजीवादी वा श्रमजीवी जनताविरोधी गर्ने नेपालका सन्दर्भमा संशोधनवादी एवम् संसद्वादी कम्युनिस्टहरूको चिन्तन र चरित्र हो । यसलाई महान् लेनिनले कुरामा समाजवादी, व्यवहारमा पुँजीवादी, यो साम्राज्यवाद हो भन्नुभयो । हाम्रो युगमा यो उत्तरसाम्राज्यवाद हो । संसदीय संशोधनवादलाई कम्युनिस्ट सोच्नु कि त डरलाग्दो भ्रम हो, कि हदैसम्मको अनभिज्ञता हो । विचारअनुसारको व्यवहार र सिद्धान्तअनुसारको काम त क्रान्तिकारी कम्युनिस्टहरूको मात्र हुन्छ जुन हाम्रो पार्टी र नेतृत्व प्रयोगको कठिन घडीमा प्रवेश गरिराखेको छ । विचार र सिद्धान्तका कुरा धेरै गर्ने, काम पटक्कै नगर्ने वा ठीक उल्टो गर्ने संसदीय संशोधनवाद हो ।
  • केपी वली सरकार असफल देखिन्छ । केही आन्दोलनका झिल्काहरू पनि देखिने गरेका छन् । जनतामा आक्रोश बढिरहेको छ । यसलाई कसरी हेर्नुभएको छ ?
    वली सरकारको कुरा मात्र होइन, त्योभन्दा मुख्य कुरा सामान्यतः नेपालको परिवर्तनकामी राजनीतिक आन्दोलन, विशेषतः १० वर्षको महान् नेपाली जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनका विरुद्ध साम्राज्यवाद र यो देशका पुराना र नयाँ दलाल पुँजीवादी तत्वहरूले नेपाली समाज र जनताको थाप्लोमा शान्तिका नाममा षड्यन्त्रमूलक ढङ्गले थोपरेको राज्यसत्ता र शासन व्यवस्था नै दुईतीन वर्ष पुग्दानपुग्दै नेपाली जनताको नजरमा मात्र होइन, विश्वका सामु बदनाम र असफल साबित भयो । आफ्नाविरुद्धको षड्यन्त्रको पर्दाफास भएपछि नेपाली जनतामा राज्यसत्ता, शासन व्यवस्था र नेताप्रति आक्रोश, घृणा, आवेग र विद्रोहको ज्वाला दन्किराखेको छ । यसलाई हाम्रो पार्टीद्वारा सञ्चालित एकीकृत जनक्रान्ति निर्णायक हुनुपूर्वको अवस्थाका रूपमा मैले लिएको छु
  • सरकारी नेकपाभित्रको विवादलाई यहाँले कसरी बुझ्नुभएको छ रु यसको अन्त्य कसरी होला र?
    उत्तरः यो असैद्धान्तिक, अराजनीतिक, अनीतिक र अराजकतावादी झगडा हो । कोही माक्र्सवादी विचार, कम्युनिस्ट राजनीतिक कार्यदिशा र जनताको कार्यक्रमलाई लिएर गरिएको वैचारिक, राजनीतिक सङ्घर्ष होइन । यो सत्ताको कुर्सी र पार्टीको मुख्य पदका निम्ति गरिएको लफडा मात्रै हो जसले सरकारी नेकपाका नेताहरूका बारेमा नेपाली जनतामा बाँकी रहेका भ्रम साफ गरिदिएको छ । नेपाली राष्ट्रियतामाथि भारतीय साम्राज्यवादको लिपुलेक सडककाण्ड र लिम्पियाधुरासम्मको नक्साकाण्डमार्फत आक्रमण गरेपछि विपक्ष र पक्षका रूपमा पनि सरकारी पार्टीभित्रको विवादको केही सम्बन्ध रहेको छ ।
  • विभिन्न क्रान्तिकारी पार्टी र समूहसँग तपाईंहरूको एकता र धु्रवीकरण गर्ने भन्ने थियो । अहिले खासै चर्चा सुनिँदैन । के भइरहेको छ ?
    अबको नेपाली क्रान्तिको विचार र कार्यदिशा तय गर्ने क्रम र यसलाई व्यावहारिक रूपमा अगाडि बढाउने सन्दर्भमा नेपालको कम्युनिस्ट आन्दोलन र शक्तिशाली क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको विषयलाई लिएर पार्टीमा अध्ययन र ठूल्ठूला बहस केन्द्रित गरेका छौँ । बहसको उच्चता र संश्लेषणको दृष्टिले पार्टीको दाङ प्रथम राष्ट्रिय सम्मेलन र ऐतिहासिक थबाङ आठौँ महाधिवेशन मुख्य हुन् । क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई राष्ट्रिय रूपमा धु्रवीकृत गर्ने र मजबुत श्रमजीवी धु्रव खडा गर्ने नीति पार्टीले लिएको छ । यसलाई लागू गर्ने क्रममा सापेक्षित र कार्यनीतिक सफलताहरू प्राप्त भएका छन् । रणनीतिक सफलताका निम्ति अथक मेहनत र निरन्तर प्रयासको माग गरिरहेको छ । पार्टी र नेतृत्वबाट त्यो कार्य जारी रहनेछ ।
  • तपाईंहरूले भनेजस्तो नेपालमा वैज्ञानिक समाजवाद सम्भव छ भनेर जनतालाई कसरी आश्वस्त पार्न सक्नुहुन्छ ?
    यस प्रश्नसँग सम्बन्धित विषयमा मैले माथि धेरै चर्चा गरिसकेको छु । वैज्ञानिक समाजवादी राज्यव्यवस्था नेपाली श्रमजीवी र उत्पीडित जनताको राज्यव्यवस्था हो । अहिले देशमा पैदा भएको महासङ्कट र जनताले भोग्नुपरेको दुःख, कष्ट, पीडा र राष्ट्रले भोग्नुपरेको घातले सम्भव मात्र होइन, नेपाली जनताको वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व अनिवार्य भइसकेको छ ।देश र जनताले राष्ट्रियतामाथि भारतीय साम्राज्यवादी अतिक्रमण, राष्ट्रिय राजनीतिक सङ्कट र कोरोना भाइरसको डरलाग्दो आतङ्कको सामना गरिराखेको परिस्थितिमा पार्टीका धारणाहरू सार्वजनिक गर्ने वातावरणका निम्ति रातो खबरलाई धन्यवाद व्यक्त गर्दछु ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn