सिजादर्पण ,काठमाडौँ । बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा एकजना ट्राफिक प्रहरी जवानलाई आक्रोशित भिडले आक्रमण गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । आक्रमणमा पर्ने जवान कमलप्रसाद घिमिरे ललितपुरको मंगलबजारमा ड्युटीमा खटिएका थिए ।जावलाखेल र मंगलबजार जाने डाइभर्सनमा आफ्ना इन्चार्ज असई कृष्ण घलानसँगै उनी ड्युटीमा खटिएका थिए ।ुअसई साब र म डाइभर्सनको ड्युटीमा थियौं । उता रथ तान्ने काम भइरहेको थियो । झडप भएर अश्रुग्यास र पानीका फोहोरा हानेपछि भीड हामीतिर आयो । इन्चार्ज सर र मैले यहाँ बस्नु हुँदैन भागौं भन्ने सल्लाह गर्यौं । मैले आज ड्युटीका लागि बाइल लगेको थिएँ । बाइक चढेर भाग्न खोज्दै थिएँ भीडले आएर समाइहाल्यो,ु ललितपुरको अल्का अस्पतालमा उपचार गराइरहेका घिमिरेले भने ।
आक्रोशित भीडले लगातार लात्ती मुक्का हाने पनि केही स्थानीय युवाले आफूलाई जोगाएको उनले बताए । ुआक्रोशितहरुले हाने पनि केही स्थानीयले मलाई जोगाउनु भयो । मैले बाइक चलाउनका लागि लगाएको हेलमेट पनि जोगायो,ु उनले भने ।अस्पतालमा उनको ढाड र गर्दनको एक्स(रे गरियो भने टाउकोको स्क्यान । सामान्य चोट देखिएको छ । तर वोमिट हुनसक्ने संभावना रहेकाले डाक्टरहरुले आज अब्जरभेसनमा बस्नुपर्छु भन्नु भएको छ,ु उनले भने । उनी गत मंसिरदेखि मंगलबजारको ड्युटीमा छन् । उपत्यका ट्राफिक महाशाखाका एसएसपी भीम ढकाल लगायतले उनलाई अस्पतालमा भेट गरेका छन् । ड्युटीमा उनले प्रयोग गरेको ७२४२ नम्बरको सरकारी मोटरसाइकलमा पनि क्षति पुगेको छ ।कोरोनाको महामारीका बेला ड्युटीमा रहेका प्रहरीमाथि गरिएको आक्रमणको निन्दा भइरहेका बेला उनी भने कुटपिट गर्नेहरुलाई केही भन्न चाहँदैनन् । ुनगर्नु पर्ने थियो गर्नुभयो, मैले के भन्ने रुु उनले भने ।
