सिजादर्पण कोेहलपुर । नेपालका हरेक क्षेत्रमा हरने अनियमितता लाइ सुधार्ने उद्देश्यले निरन्तर रुपमा भ्रष्टाचारको अभियानमा क्रियाशिल संस्था हाम्रो नेपाल हामी नेपाली अभियान हो । अभियनका केन्द्रीय सचिवको नेतृत्वमा गएको अभियान्ताहरुको टिमले बाँके जिल्ला को कोहलपुर नगरपालिको वडा नं।१५ वाट अनियमितता र भ्रष्टाचार विरुद्धको आवाज उठाउन औपचारिक शुरु गरेको अभियानका केन्द्रीय सचिव भिम बहादुर शाहीले जानकारी दिनुभयो ।आगामि दिनमा जन स्तरमा नै गएर स्थानीय जनप्रतिनिधि, कर्मचारी, जनता र सम्बन्धित निकायसँग प्रत्यक्ष सत्य, तथ्य, निष्पक्ष र न्यायिक कुराको खोजि गरेर जनताको अवाजको पर्तिनिधित्व अभियानले गर्ने । जनस्तर देखि केन्द्रीय स्तरसम्म हुने हरेक क्षेत्रका भ्रष्टाचार कार्य बाहिर ल्याउने, सचेत गराउने र कारवाहिका लागि सम्बन्धित निकायलाई दबाव दिने योजना सहित यो भ्रष्टाचार विरोधी अनन्दोलनका लागि कार्यक्रम जन आवाज शुरु गरेको वताउनु भयो ।
