सिँजादर्पण काठमाण्डौ । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ।शनिबार बालुवाटारमा बसेको बैठकमा पार्टीका महासचिव ईश्वर पोखरेलले सांगठनिक योजना पेश गरेका थिए।दुई दिनसम्म बसेको बैठकमा नेपाल र झलनाथ पक्षले भने बैठक अस्वीकार गरेको थियो।यस्ता छन् बैठकले पारित गरेका पाँच बुँदे संगठनात्मक योजना १ )
असार मसान्तभित्र पार्टीको सदस्यता नविकरण गरिसक्नुपर्ने। साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने।
२)आगामी साउन २५र२६ पार्टीको विधान अधिवेशन काठमाडौंमा गर्ने। त्यसका निम्ति पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र बादलको संयोजकत्वमा व्यवस्थापन समिति गर्ने प्रस्ताव।
३)पार्टीका तल्लो तहका कमिटीहरूको अधिवेशन आगामी भदौ ५ गते वडास्तर र १५ गते पालिका स्तरका अधिवेशन गर्ने प्रस्ताव प्रस्तुत।
४)पार्टीका केन्द्रीय तहका ३२ विभागमा रहने सदस्यको नाम प्रस्ताव गरे पनि अहिलेसम्म सिफारिस नआएकोले अविलम्ब पठाउन अनुरोध।
५)अब सिंगो मुलुक निर्वाचनमा जुट्नुपर्ने भएकोले त्यसका लागि जुट्न नेतारकार्यकर्तालाई अनुरोध।
