सिँदाादर्पण सम्वाददाता काठमाण्डौ । नेपालमा थप २,६३४ जनामा कोरोनाभाइरस सङ्क्रमण र १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार बताएको छ। पछिल्लो २४ घण्टामा १२,५८५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ५,०८२ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।कुल परीक्षणको २१ प्रतिशतमा सङ्क्रमण देखिएको हो।सो अवधिमा १,५६५ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९४।६ प्रतिशत पुगेका छन्।यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ८८ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,२६३ पुगेको छ।अहिले कुल २२,९६९ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,८५९ जना संस्थागत रहेका छन 
