सिँजादर्पण सम्वाददाता काठमाडौं । आज प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्ता गठबन्धनका प्रमुख दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड बीच भेटवार्ता भएको छ । मंगलबार बिहान नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
सोमवार क्याविनेटको बैठक पनि वसेकोले प्रचण्ड त्यसवारे पनि चासो राखेको श्रोतले वताएकोछ । भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको बताइएको छ । माधव नेपालसँग भएको भेटमा पनि यसै विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । अव नयाँ सरकारले मन्त्रीमण्डल विस्तार वारे पनि छिटो निकास दिने विषयमा कुरा भएको जानकारी प्राप्त भएकोछ ।
