Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अल्बर्ट आइन्स्टाइनले राष्ट्रपति पद समेत अस्वीकार, गरेको रोचक घटना सरलता र शून्य अहमता


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, साउन १५, २०७८

अल्बर्ट आइन्स्टाइनले राष्ट्रपति पद समेत अस्वीकार, गरेको रोचक घटना सरलता र शून्य अहमता

प्रमेश पोखरेल

को हुन् त अल्बर्ट आइन्स्टाइन

बीसौँ शताब्दीका संसारका सबैभन्दा चर्चित व्यक्तिहरूको नाम लिने हो भने त्यो सूचीमा अल्बर्ट आइन्स्टाइनको नाम पर्छ । अझ विज्ञानको कुरा गर्ने हो भने वा सबैभन्दा महान् वैज्ञानिकको नाम लिने हो भने त यिनको नाम नै सबैभन्दा पहिले आउने गर्छ । उनलाई धेरैले सापेक्षताको सिद्धान्तको प्रतिपादकका रूपमा मात्र चिन्छन् तर उनका योगदानहरू भौतिकशास्त्रमा मात्र नभई अनेकन विधामा रहेका छन् ।

विज्ञानको क्षेत्रमा यदि अल्बर्ट आइन्स्टाइनबाहेक अरू कसैको नाम चर्चित छ भने ती ग्यालिलियो ग्यालिली, फ्रान्सिस बेकन र न्युटन मात्र हुन सक्छन् । त्यसैले त अल्बर्ट आइन्स्टाइनलाई बीसौँ शताब्दीका महान् वैज्ञानिक मानिन्छ । हामीलाई उनको व्यक्तिगत, सामाजिक र वैचारिक जीवनबारे कम नै थाहा छ । संसारका महान् भौतिकवादी उनी पुँजीवादी विसङ्गतिको आलोचक हुन् । उनले समाजवाद नै उत्कृष्ट समाज हो भनी व्याख्या गरेका छन् । विश्व शान्ति र निःशस्त्रीकरणको समेत अभियन्ताका रूपमा उनी परिचित छन् । त्यसका साथै उनको व्यक्तिगत जीवन पनि अनेकन उतारचढाव हुँदै अगाडि बढेको छ । आफ्नो मनमौजीपन र बिर्सने बानीले उनलाई दुःख दिए पनि ती घटना निकै रोचक लाग्दा छन् । मार्क्सवादीहरू फ्रान्सिस बेकन र अल्बर्ट आइन्स्टाइनलाई आफ्ना समाजवादी नेताहरूको सूचीमा राख्न रुचाउँछन् ।

रेफ्रिजेरेटर, फोटोइलेक्ट्रिक सेल्स, लेजर, न्युक्एिर पावर, फाइवर अप्टिक्स, सेमिकन्डक्टर आदिको आविष्कार गरेका आइन्स्टाइनको दार्शनिक चिन्तन निकै व्यापक र गहन थियो । यस्ता वैज्ञानिक आविष्कार बाहेकका क्षेत्रमा पनि उनी परिचित छन् । निःशस्त्रीकरणको अभियानमा सक्रियता, अमेरिकी हस्तक्षेपको विरोध र विश्वशान्तिको कामनाका कारण मात्र होइन अमेरिकाको गुप्तचर निकायमा उनको विरुद्धमा १४०० भन्दा बढी पृष्ठका अनेकन आरोपका फाइलहरू तयार गरिएका कारण उनको विचारधारा स्पष्ट हुन्छ । उनको सोभियत मोडलप्रति सकारात्मक धारणा थियो । त्यस्तै पुँजीवादभन्दा समाजवाद उत्कृष्ट समाज हो भन्ने विचार पनि उनको थियो ।

हामी यहाँ उनका योगदानहरू तथा उनको जीवनका विविध पक्षको सङ्क्षिप्तमा चर्चा गर्ने छौँ ।

जन्म र बाल्यकाल

आइन्स्टाइनको जन्म जर्मनीको उल्म भन्ने सहरमा मार्च १४, सन् १८७९ मा भएको थियो । उनी कार्ल मार्क्सको मृत्यु हुनुभन्दा चार वर्षअघि जन्मिएका थिए । त्यो दिन कार्ल मार्क्सको मृत्युको दिन पनि बन्यो । अझ महत्त्वपूर्ण के भने जसरी ग्यालिलियो ग्यालिलीको मृत्यु भएकै वर्ष सर आइज्याक न्युटनको पनि जन्म भएको थियो त्यसै गरी जेम्स म्याक्सवेलको मृत्यु भएको वर्ष अल्बर्ट आइन्स्टाइनको जन्म भएको थियो । जीवनजगत्को खोज अनुसन्धानलाई निरन्तरता दिन प्रकृतिले पनि यस्ता सपुतलाई जन्ममृत्युको तिथिमितिसँग मिलाइदिनु अनौठो संयोग मानिन्छ ।

 

आइन्स्टाइन जन्मेको स्थान जर्मनीको प्रसिद्ध सहर म्युनिखबाट पचासी माइल पश्चिममा पर्छ । उनका बाबुको नाम हरमन आइन्स्टाइन र आमाको नाम पाउलिन आइन्स्टाइन थियो । बाबु सामान्य मजदुर र व्यवसायी थिए । आमा गृहणी थिइन् । आइन्स्टाइन तीन वर्षको हुँदासम्म पनि बोल्न सकेका थिएनन् । जन्मँदा उनको टाउको सामान्यभन्दा केही ठूलो थियो जुन पछि शारीरिक विकाससँगै सामान्य देखिन थाल्यो ।

स्कुले जीवन

सन् १८८० मा म्युनिख बसाइँसराइँ गरेपछि आइन्स्टाइनका बुबा र काकाले त्यहाँ विद्युत् सामग्री उत्पादन गर्न थाले । उनलाई आमा–बुबाले म्युनिखको एउटा प्राथमिक क्याथोलिक स्कुलमा भर्ना गरिदिएका थिए । उनले ३ वर्ष उक्त स्कुलमा पढे । त्यसपछि अहिले अल्बर्ट आइन्स्टाइन जिम्नासियम नामकरण गरिएको स्कुलमा माध्यमिक शिक्षा प्राप्त गरे । सन् १८९४ मा बुबाको विद्युत् सामग्री उत्पादन कम्पनी घाटामा जाँदा कम्पनी बेची उनको परिवार इटाली बसाइँ सर्न बाध्य भयो ।

 

स्कुलमा आइन्स्टाइनको आनीबानी र स्वकभाव अरू बच्चाहरूको भन्दा फरक थियो । उनी कम बोल्ने र एकान्तप्रेमी थिए । उनी यहुदी परिवारमा जन्मिएका थिए । यहुदी भएको, टाउको ठूलो भएको र अन्य बालकभन्दा फरक प्रकृतिको भएका कारण कक्षाका अरू साथीहरू उनलाई गिज्याउने, होच्याउने र खिसिट्युरी गर्ने गर्थे । शिक्षकले सोधेका प्रश्नहरूको पनि उनी हत्तपत्त जवाफ दिँदैनथे । त्यसैले शिक्षकहरूले उनलाई मन्दबुद्धिका भनी गाली गर्थे, हेप्थे र कठोर दण्ड पनि दिन्थे ।

आइन्स्टाइका बाबु उनलाई इलेक्ट्रिकल इन्जिनियरिङ विषय पढाउन चाहन्थे । तर मुख्य गरी उनलाई कक्षामा पढाइने घोकन्ते र रटन्ते तरिका पटक्कै मन पर्दैनथ्यो । उनी बच्चाहरूलाई स्वतन्त्रतापूर्वक सोच्न र उनीहरूको इच्छाअनुसार पढ्न दिनुपर्ने कुरा सोच्दथे । स्कुलको जाँचमा भने आइन्स्टाइन राम्रो नम्बर ल्याएर पास हुन्थे । परिणामस्वरूप बिस्तारै उनी स्कुलकै राम्रो क्षमता भएको छात्रको रूपमा चिनिन थाले । अरू विषयमा भन्दा उनलाई गणितमा बढी रुचि थियो । गणितमा पनि ज्यामिति उनलाई बढी मन पथ्र्यो । उनले १२ वर्षको उमेरमा नै युक्लिडको ज्यामिति, १५ वर्षको उमेरमा ल्याटिन भाषा र १६ वर्षको उमेरमा इन्टिग्रल क्याल्कुलसको गणित पनि सिकिसकेका थिए ।

१३ वर्षको उमेरमा उनले दार्शनिक कान्टको दर्शन पढेका थिए र उनी निकै प्रभावित थिए । घोकन्ते शिक्षाको साटो उनले प्राविधिक शिक्षा पढ्न चाहन्थे । त्यसैले उनले १८९५ मा जुरिचको स्विस पोलिटेक्निक (प्राविधिक) स्कुलमा प्रवेश परीक्षा दिए तर सफल भएनन् । उनको भौतिकशास्त्र र गणितको दक्षताबाट प्रभावित भई त्यहाँका हेडमास्टरले (जोस्ट विन्टेलर जो आइन्स्टाइनको परिवारसँग लामो समय नजिक रहे) उनलाई अर्गोभिएन क्यान्टोनल स्कुलमा भर्ना गरे । त्यहीँबाट उनले माध्यमिक शिक्षा पूरा गरे । १८९६ मा उनले गाणित र भौतिक शास्त्रको अध्ययन अघि बढाए ।

आइन्स्टाइनलाई सङ्गीत धेरै मन पथ्र्यो । ६ वर्षको उमेर हुँदै उनले सङ्गीतका ज्ञाता आफ्नी आमा पाउलिनसँग भ्वाइलिन बजाउन सिकिसकेका थिए । उनी विभिन्न नयाँ नयाँ कुराहरू सोच्न मन पराउँथे । अरू बच्चाहरूले खेलकुदमा बितउने समय पनि उनी पढेर वा सोचविचार गरेर बिताउन चाहन्थे । उनी सधैँ विभिन्न विषय र वस्तुहरूका बारेमा सोचिरहन्थे । सानो छँदा उनी सधैँ वस्तुहरूले कसरी काम गर्छ भन्ने सोच्ने गर्थे । उनले सानैदेखि बुबा हरमन र काका ज्याकोबले बनाएका विद्युतीय सामग्रीहरूमा रुचि राख्थे । विद्युतीय सामग्री तथा तिनले काम गरेको देखेर उनी अचम्म मान्थे ।

प्रारम्भिक प्रेरणा

एक पटक आइन्स्टाइन बिरामी भए । बुबाले उनलाई खेलाउनका लागि दिशा देखाउने कम्पास दिए । उनले कम्पासको टुप्पोले सधैँ उत्तर दिशातिर मात्र देखाएको पाउँदा आइन्स्टाइन छक्क परे । उनका बुबाले चुम्बकको शक्तिले कम्पासको सियोलाई उत्तरतिर तान्ने गरेको जानकारी दिए । यही प्रारम्भिक घटनाले उनमा विज्ञानको भोक जगायो ।

आइन्स्टाइनका काका ज्याकोब पनि राम्रा र विज्ञानका कुरामा दख्खल भएका मान्छे थिए । उनी आइन्स्टाइनले सोधेका सबै प्रश्नहरूको झर्को नमानी उत्तर दिन्थे । उनको परिवारसँगै बस्ने कलेजका विद्यार्थी म्याक्स टालमेले पनि आइन्स्टाइनका जिज्ञासाहरू हल गरिदिन्थे । उनलाई आइन्स्टाइनको जिज्ञासु स्वभाव र नयाँ नयाँ कुरा जान्न खोज्ने बानी अति मनपथ्र्यो । त्यसैले उनी आइन्स्टाइनलाई इम्यानुअल कान्ट, चाल्र्स डार्बिन जस्ता त्यसबेलाका चर्चित वैज्ञानिकका किताबहरू किनेर, खोजेर ल्याइदिन्थे । टालमेले नै आइन्स्टाइनलाई गणित र भौतिकशास्त्रका किताबहरू पनि ल्याइदिन्थे । उनले नै आइन्स्टाइनलाई ज्यामितिगणितका जन्मदाता युक्लिडको किताब पनि जुटाइदिएका थिए ।

 

वास्तवमा सानोमा कम्पासले उत्तर देखाउने उनका बुबाले सिकाएकोे कुरा उनका लागि एउटा कहाबत जस्तै थियो । त्यसैले त्यस कुराले उनको ध्यान विज्ञानतिर तान्यो । उनमा जागेको विज्ञानको यो आकर्षण जीवनभर रहिरह्यो । त्यसैले उनलाई विश्व ब्रह्माण्डका रहस्यहरू खोतल्ने दिशातिर डो¥यायो । यसबाटै उनलाई ब्रह्माण्डका गोप्य नियमहरू थाहा पाउन पनि उत्प्रेरित गरायो । उनी ब्रह्माण्डको रहस्य खोतल्न र थाहा पाउन चाहन्थे । उनले देखावटी रूपमा हल्का ढङ्गले किताबहरू पढेनन् । उनी किताबमा डुबेर पढे । फलतः उनले विज्ञानको क्षेत्रमा क्रान्ति नै साबित भएको सापेक्षतावादको सिद्धान्त पत्ता लगाउन सफल भए ।

पढाइ सिध्याएपछि उनी भौतिकशास्त्रका प्राध्यापक हुन चाहन्थे तर त्यस विषयका प्राध्यापकको सिफारिसको अभावमा उनको यो इच्छा पूरा हुन सकेन । उनले पेटेन्ट कार्यालयमा पेटेन्ट अफिसरका रूपमा काम पाएका थिए । त्यहाँ काम गर्दा गर्दै उनले १९०५ मा पिएचडीको शोधपत्र जुरिच विश्वविद्यालयमा बुझाए । उनको शोधपत्रको विषय सापेक्षतावादको सिद्वान्तबारे थियो । त्यसमा नै उनले शक्तिको प्रख्यात सूत्र e=mc2 ​ को व्याख्या गरेका थिए । त्यसै शोधपत्रबाट उनले पिएच डीको उपाधि पनि प्राप्त गरे ।

प्रेम र विवाह

 

आइन्स्टाइनको प्रेम र वैवाहिक जीवन उतारचढावले भरिएको छ । उनी आफू प्राविधिक कलेजमा अध्ययनरत हुँदाखेरि नै आफूभन्दा करिब ३ वर्ष जेठी मलिभा मारिक नाम गरेकी केटीसँग प्रेम बन्धनमा बाँधिन पुगेका थिए । मारिक भौतिकशास्त्र कक्षाको एक मात्र छात्रा थिइन् । सन् १९०३ मा आइन्स्टाइन आफ्नो प्रेमिका मारिकसँग वैवाहिक बन्धनमा बाँधिन पुगे । विवाहपश्चात सन् १९०४ मा प्रथम पुत्र अहवर्ट र १९०६ मा दोस्रो पुत्र एडवार्डको जन्म भयो । छोराहरूको जन्मबाट आइन्स्टाइन अत्यन्तै खुशी थिए । उनीहरूबाट एक छोरीको पनि जन्म भएको थियो । उनको यो खुसीमा कालो बादल मडारिन थाल्यो जब उनी आफ्नी श्रीमतीसँग विछोडिनुप¥यो । आइन्स्टाइन अधिक समय आफ्नो काममा नै व्यस्त हुने भएकाले उनलाई श्रीमतीले स्वीकार गरिरहन सकिनन् र सन् १९०९ मा यी जोडीबीचको सम्बन्धको अन्त्य भयो अर्थात् आइन्स्टाइन र मारिकले सम्बन्ध विच्छेद गरे । त्यसपछि आइन्स्टाइनले आफ्नै मामाकी छोरी एलिनासँग दोस्रो विवाह गरेका थिए । भनिन्छ उनकी प्रथम श्रीमतीसँग विवाहअघिको एक सन्तान पनि थियो । तर त्यसबारे कसैलाई पनि केही सूचना छैन । कतिपयले उक्त सन्तानको प्राकृतिक मृत्युको कुरा गर्छन् भने कतिपयले केही अत्तोपत्तो नभएको बताउँछन् । उनी स्त्रीका मामलामा कमजोर थिए । उनले चिठीमार्फत उनको कम्तीमा ६ अन्य महिलासँग सम्बन्ध भएको खुल्छ ।

शान्तिप्रियता

आइन्स्टाइन शान्तिप्रिय थिए । उनी अन्याय, अत्याचार र युद्धका विरोधी थिए । त्यसैले उनले सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएपछि सन् १९१५ मा लिग अफ नेसनको माग गर्दै गरिएको युरोपको घोषणा (Manifesto of Europe)​ मा हस्ताक्षर गरे र लिग अफ युरोपका लागि अपिल गरे । न्यायप्रेमी र यहुदी भएकै कारण सन् १९३३ मा जर्मनीको सत्तामा आएको हिटलरको नाजी सत्ताले पनि उनलाई देखिसहेन । उनको टाउको काटेर ल्याउनेलाई २० हजार जर्मन मार्कको घोषणा गरियो । त्यसपछि अमेरिकी नागरिक बनेका आइन्स्टाइनले सन् १९४५ को अगस्त ६ र ९ मा जापानमाथि आणबिक हमला गरेर लाखौँ निर्दोषको हत्या गर्ने अमेरिकाको कायर कार्यको पनि भर्त्सना गरे । युद्धको भयानक नरसंहारबाट आहत उनी दोस्रो विश्वयुद्धपछि निःशस्त्रीकरण र फेरि युद्ध दोहोरिन नदिन विश्व सरकारको पक्षमा जुटेर लागे । अरूमाथि हस्तक्षेप र अन्याय गर्ने अमेरिकी नीतिको आलोचना गर्दा उनलाई अमेरिकी सरकारले पनि कम्युनिस्टको नाममा दुःख दिएको थियो ।

जन्मले यहुदी भए पनि आइन्स्टाइन सबै धर्मलाई उत्तिकै सम्मान गर्थे । उनी विद्वान् र विनम्र थिए । त्यसैले उनी सबैको कदर गर्थे । राजनीतिक विचारका हिसाबले उनी समाजवादी थिए । उनी गान्धीको विचार र जीवनशैलीबाट विशेष प्रभावित थिए ।

 

सरलता र शून्य अहमता

बच्चाहरूप्रति आइन्स्टाइनलाई विशेष स्नेह थियो । त्यसैले बच्चाहरूले सोधिपठाएका प्रश्नहरूको सकेसम्म उनी आफैँ उत्तर दिने गर्थे । एकपटक एकजना बालिकाले उनलाई गणित पढ्न आफूलाई गाह्रो भएको बारे लेखेर पठाइन् । आइन्स्टाइनले ती बालिकालाई लेखेर पढाएको जवाफको एउटा अंश यस्तो थियो– गणित पढ्न गाह्रो भयो भनेर नआत्तिउ । म तिमीलाई के विश्वास दिलाउन चाहन्छु भने मेरो गणित तिम्रोभन्दा पनि कमजोर छ । सन् १९५५ मा एउटा पूर्वप्राथमिक स्कुलका बच्चाहरूले आइन्स्टाइनलाई जन्मदिनको शुभकामना दिँदै एकजोर कफ लिन्क र एउटा टाइपिन पठाए । त्यसको विनम्र जवाफ पनि आइन्स्टाइनले पठाएका थिए । उनले त्यो जवाफ आफ्नो मृत्यु हुनुभन्दा केही समयपूर्व ९ मार्च १९५५ का दिन मात्र लेखेका थिए ।

राष्ट्रपति पदसमेत अस्वीकार

त्यस समयमा इजरायलको दोस्रो राष्ट्रपति बन्नका लागि आइन्स्टाइनलाई आएको प्रस्तावलाई पनि उनले स्वीकार गरेनन् ।

 

जीवनका रोचक प्रसङ्ग

आइन्स्टाइनको जीवनी धेरै रोचक प्रसङ्गहरूले भरिपूर्ण छ । उनले कहिले पनि मोजा लगाएनन् । उनी जुत्ता पनि पालिस गर्दैनथे । आफ्ना लुगा पनि मिलाएर चटक्क पारेर लगाउँदैनथे । उनी कपाल पनि कोर्दैनथे । तर उनी गज्जबले भायलिन र पियानो बजाउँथे । वैज्ञानिक नबनेको भए सायद उनी सङ्गीतका क्षेत्रमा रमाउँथे होलान् ।

आइन्स्टाइन निकै भुलक्कड थिए । उनी साल, मिति, स्थान र नाम सम्झँदैनथे । धेरैपटक उनने आफ्नो बस्ने ठेगाना र जाने गन्तव्य बिर्सिएका थिए । उनी धूमपान गर्थे । उनले गाडी चलाउन इन्कार गरे । बच्चाबच्चीमा अलि ढिला बोल्ने लक्षणलाई आइन्स्टाइन सिन्ड्रोम भनिन्छ । यसरी उनको जीवन रोचक थियो भन्न सकिन्छ ।

कष्टपूर्ण जीवनभोगाइ

बालककालमा स्कुलदेखि क्याम्पससम्मको उनको अध्ययन त्यति सुखद थिएन । उनको पारिवारिक जीवन पनि सुखी हुन सकेन । उनी बसाइँ सरी पहिले १९०१ मा स्विजरल्यान्डको नागरिकता प्राप्त गरेका थिए । पछि संयुक्त राज्य अमेरिकाको नागरिक बने । यस्तो बसाइको अस्थिरताले जीवनलाई कष्टकर बनाइदियो ।

आइन्स्टाइनको इच्छाविपरीत मृत्युपछि उनको मस्तिष्क प्रिन्स्टनका प्याथोलोजिस्ट थोमस हार्भेले निकालेर राखेका थिए । पछि उनका छोराको अनुमतिले त्यसलाई टुक्रा टुक्रा पारी अनुसान्धानका लागि पठाइयो । पछि क्यानडाको विश्वविद्यालयले मस्तिष्कको अनुसन्धान गरी औसतभन्दा बढी प्रतिशत दिमाग प्रयोग गर्ने गरेको र गणितीय एवम् Spatial​ क्षमता बढी सक्रिय रहेको तर्क प्रस्तुत ग¥यो । त्यसमा उनको पेरिएटल लोब औसतभन्दा १५ प्रतिशत ठूलो भएको देखाइएको छ ।

‘सापेक्षताको सिद्धान्त अल्बर्ट आइन्स्टाइनले प्रतिपादन गरेको आधुनिक भौतिकशास्त्रको महत्त्वपूर्ण सिद्धान्त हो, जसका दुई अंश छन् । ती विशेष सापेक्षता र सामान्य सापेक्षता हुन् । सामान्य सापेक्षता मुख्यतः गुरुत्व हो जुन ठूला पिण्डहरूबीच रहन्छ । विशिष्ट सापेक्षताले पदार्थको समय र अन्तरिक्षको प्रकृतिको व्याख्या गर्दछ । अझ सङ्क्षेपमा वस्तु प्रकाशको गतिमा यात्रा गर्दा यसको पिण्ड अनन्त हुन्छ तर यो प्रकाशको गतिभन्दा छिटो यात्रा गर्न सक्दैन । सङ्क्षेपमा E=MC2 भनेको ऊर्जा बराबर पिण्ड र प्रकाशको गतिको वर्ग हुन्छ तथा पिण्ड र ऊर्जा अदलबदल गर्न सकिन्छ ।

 

प्रतिपादन, प्रसिद्धि र योगदानहरु

आइन्स्टाइन चिन्तनशील थिए । प्रारम्भदेखि नै उनी सापेक्षतावादको सिद्धान्त खोजमा क्रियाशील थिए । त्यतिबेला क्वान्टम सिद्धान्तको विकास हुँदै थियो । यसमा प्लाङ्कको योगदान रहेको थियो । सापेक्षतावादको सिद्धान्त खोज्ने क्रममा आइन्स्टाइनले प्रकाशको गति कति हुन्छ भन्ने कुरा पत्ता लगाएका हुन् । उनका अनुसार ब्रह्माण्डमा प्रकाशभन्दा चाँडो कुनै पनि वस्तु दौडन सक्दैन । आइन्स्टाइनले २६ वर्षको उमेरमा सापेक्षतावादको सिद्धान्त विषयक शोधपत्र प्रकाशित गर्न सफल भए । हालको प्रख्यात सूत्र (E=MC²)​ पनि त्यसै सिद्धान्तमा पर्दछ । सैद्धान्तिक रूपमा पिण्डलाई शक्तिमा रूपान्तरण गर्न सकिन्छ भन्ने कुरालाई उनले यसै सूत्रबाट प्रमाणित गरेका थिए । उनको सापेक्षतावादको प्रतिपादनले विश्व्यापी प्रशंसा पाउन पुग्यो र उनी विश्वचर्चित बन्न पुगे ।

सुरुमा आइन्स्टाइनको सिद्धान्तप्रति धेरै वैज्ञानिकले वास्ता गरेनन् । तर म्याक्स प्लाङ्क ती व्यक्ति थिए जसले उनको कार्यलाई चिने । दुवैको भेटपछि बल्ल उनी चर्चामा आए । आफ्नो शोधपत्र अन्नालेन डेर फिजिक (Annalen Der Physik) ​ पत्रिकामा छपाएपछि उनले संसारभरि तहल्का मच्चाइदिए । संसारका धेरै वैज्ञानिकहरूले उनको त्यो शोधपत्र पढे र प्रशंसा गर्न थाले ।

 

एक वर्षपछि अर्थात् १९०६ मा उनले क्वान्टम यान्त्रिकी (Quantum Mechanics) को विषयमा अर्को शोधपत्र पनि प्रकाशित गरे । त्यसले पनि वैज्ञानिक जगत्मा हलचल ल्यायो । त्यसपछि आइन्स्टाइनको फिजिक्सको प्रोफेसर बन्ने सपना पूरा भयो । सन् १९०९ मा जुरिच विश्वविद्यालयले उनलाई सहायक प्रोफेसरका रूपमा नियुक्त ग¥यो । पछि सन् १९११ मा उनी चेकोस्ला–भाकियाको प्राग विश्वविद्यालयमा पढाउन गए । प्रागमा उनले सूर्यग्रहणको बेला प्रकाश बाङ्गिएको दृश्य देख्न सकिने सिद्धान्तको प्रतिपादन गरे । सन् १९१२ मा उनी पुनः जुरिच फर्के । सन् १९१४ मा उनी बर्लिनको विज्ञान एकेडेमीमा प्रोफेसर बने । त्यहाँ उनले एकेडेमीका अध्यक्ष तथा प्रसिद्ध वैज्ञानिक म्याक्स प्लाङ्कलगायत थुप्रै वैज्ञानिकहरूको सहयोगी वातावरण पाए ।

आइन्स्टाइन आफ्नो जीवनभरि वैज्ञानिक खोज अनुसन्धानमा लागिरहे । यिनै प्रतिपादनले उनलाई आधुनिक विज्ञानका पिता बनायो । जीवनको अन्त्यकालतिर पनि उनी एकीकृत क्षेत्र सिद्धान्त (Unified Field theory) ​ को खोज अनुसन्धान गरिरहेका थिए । तर दुर्भाग्यको कुरा यो खोज पूरा हुन नपाउँदै उनको दुःखद् निधन भयो ।

पागलपनलाई परिभाषित गर्दै अल्बर्ट आइन्स्टाइन भन्छन्– एउटै कार्य एउटै तरिकाले पटक पटक गर्नु तर फरक नतिजाको अपेक्षा गर्नु नै पागलपन हो । त्यसैले नवविकास, खोज, फरक प्रयास र परिवर्तनले नै हामीलाई अगाडि बढाउँछ । उनको यो अभिव्यक्ति र कार्ल माक्र्सको परिवर्तनसम्बन्धी दृष्टिकोणमा समानता पाइन्छ । कार्ल मार्क्स परिवर्तनको मुख्य कारण समाजको असमानता र स्रोतको असमान स्वामित्वका आधारमा सिर्जित वर्गीय सङ्घर्षलाई मान्दछन् । भेदभाव, अन्धविश्वास, असमानता र निरङ्कुशताका विरुद्धको सङ्घर्षले नै समतामूलक र समृद्ध समाज निर्माणका आधार हुन् भन्ने मार्क्सवादी विचारधारा उनको दर्शनभित्र पर्दछ ।

 

दार्शनिक पक्ष

आइन्स्टाइनको समाजवाद सम्बन्धी दार्शनिक धारणा पनि कार्ल मार्क्ससँग मेल खान्छ । सन् १९४९ मा आइन्स्टाइनले मासिक समीक्षा (समाजवादी जर्नल ‘मन्थ्ली रिभ्यु’) मा आफ्नो समाजवाद सम्बन्धी विचार व्यक्त गर्दै लेख (निबन्ध) लेखेको पाइन्छ । उनको समाजवादबारेको पहिलो तर्क सामाजिकता र नैतिकतातर्फ उन्मुख थियो । उनले यसलाई मानव समाजको गन्तव्य (साध्य) माने । विज्ञानको उद्देश्य मानिसमा सामाजिकता र नैतिकता भर्नु होइन तथापि विज्ञानले ती निश्चित उद्देश्य प्राप्तिका लागि साधनहरू आपूर्ति गर्दछ । विज्ञान साध्य होइन तर साधन हो । त्यसैले यी दर्शनबीच सान्निध्य देखिन्छ ।

अल्बर्ट आइन्स्टाइनले उक्त दार्शनिक लेखमा पुँजीवादप्रति तीन आधारभूत आपत्ति प्रकट गरेका छन् :

१. मानिस एक स्वतन्त्र सामाजिक प्राणी पनि हो । त्यसैले ऊ एक्लो हुनुका साथै सामाजिक पनि हुन्छ ।

२. पुँजीवादी समाजमा आर्थिक अराजकता हुन्छ । यो विशुद्ध नाफामुखी हुन्छ । यहाँ अस्वस्थ प्रतिस्पर्धा रहन्छ ।

३. पुँजीवादी समाज असमान समाज हो ।

 

आइन्स्टाइनले समाधानको रूपमा असमानता रूपी ठूलो भूतलाई निर्मूल पार्ने एक मात्र बाटो सामाजिक उद्देश्य प्राप्तिका लागि लक्षित शिक्षा प्रणालीसहितको समाजवादी अर्थतन्त्रको स्थापना हो भनेका छन् । यस्तो अर्थतन्त्रमा उत्पादनका साधनमाथि समाजको स्वामित्व रहन्छ र ती योजनाबद्ध रूपमा उपयोग गरिन्छ । यस्तो योजनाबद्ध अर्थतन्त्र जहाँ समुदायको आवश्यकता अनुसारको उत्पादन गरिन्छ, काम गर्न सक्षम सम्पूर्णमा कामको विभाजन गरिन्छ र बालालिका तथा महिला पुरुषको जीवनयापनको प्रत्याभूत गरिन्छ । त्यसैले आइन्स्टाइन असमानताको अन्त्य र मानवीयता, नैतिकता र सामाजिकताको प्राप्तिको बाटो समाजवाद नै भएको बताउँछन् ।

कार्ल मार्क्स र आइन्सटाइनलाई जोड्ने अर्को आधार वैज्ञानिक स्टेफन हकिन्सका मान्यताहरू पनि हुन् । उनीहरूको विचार समाजवादी हो । क्वान्टम भौतिकशास्त्र र अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तमा निकै उपलब्धि प्राप्त गरेका स्टेफन हकिन्सको ब्लाक होलसम्बन्धी सिद्धान्तले मात्र प्रख्यात भएका होइनन् । उनको अ ब्रिफ हिस्ट्री अफ टाइम (समयको छोटो इतिहास) ले ब्रह्माण्डीय ज्ञानको महासागर मानव समाजलाई प्रस्तुत गरेको छ । स्टेफन हकिन्सको पछिल्लो कृति ब्रिफ एन्सर टु द विग क्वेसन्स (ठूला प्रश्नहरूको छोटो उत्तर) मा उनी विज्ञानका प्राकृतिक नियमको आधारमा मानव समाज र ब्रह्माण्डीय पिण्डको भविष्यबारे आँकलन गर्न सकिने बताउँछन् । यदि आइन्स्टाइनले व्याख्या गरेको समाजवादलाई कार्ल मार्क्सले भौतिकवादका आधारमा व्याख्या गरेको समाज विकासको नियमसङ्गत रूपमा व्याख्या गर्ने हो भने भौतिकवाद र वैज्ञानिकहरूका विचारहरूका आधारमा एकरूपता पाउन सकिन्छ । यो प्राकृतिक विज्ञानको सामाजिक प्रयोग होइन । प्राकृतिक र जैविकीय नियमद्वारा नै मानव उद्विकासको वर्तमान निष्कर्ष हो । समाजवाद भविष्य होइन ।

 

नोबेल पुरस्कार

आइन्स्टाइनले सन् १९२१ को भौतिक शास्त्रतर्फको विश्वप्रसिद्ध नोबेल पुरस्कार प्राप्त गरे । उनले यो पुरस्कार संसारलाई चकित पार्ने सापेक्षतावादको सिद्धान्तका लागि पाएका थिएनन् । बरु उनलाई त्यो पुरस्कार अर्को महान् खोज फोटो इलेक्ट्रिक प्रभाव (Photo lEectric effects) सम्बन्धी नियमका लागि दिइएको थियो । सरल र उदार हृदय भएका आइन्स्टाइनले आफूले पाएको पुरस्कारको रकम सम्बन्ध विच्छेद भइसकेकी श्रीमतीलाई आर्थिक योगदान स्वरूप दिए । उक्त रकम त्यस बेलाको ३२२५० डलर वा स्विस १,२१,५९२ क्रोनोर थियो ।

निधन

निरन्तर वैज्ञानिक क्षेत्रमा लागिरहने क्रममा आफ्नो अर्को नयाँ सिद्धान्त प्रतिपादनलाई पूरा गर्न नपाउँदै १९५५ को अप्रिल १८ तारिखका दिन अमेरिकाको न्यु जर्सी राज्यस्थित प्रिन्स्टनमा आइन्स्टाइनको निधन भयो । यसअघि सन् १९३६ मा नै उनकी श्रीमती एलिसाको पनि मृत्यु भइसकेको थियो । विश्वका महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको मस्तिष्कलाई उनको मृत्यु भएको ३० वर्षपछिसम्म पनि सुरक्षित राखिएको थियो । मृत्युपश्चात् उनको मस्तिष्कको अध्ययन गर्ने न्युरो सर्जनले उनको मस्तिष्कमा सामान्य मानिसको भन्दा ७३ प्रतिशत ग्लियल कोषहरू अधिक रहेको तथ्य पत्ता लगाएका थिए ।

यसरी विश्वविख्यात महान् वैज्ञानिक आइन्स्टाइनको व्यक्तित्व निकै उच्च थियो । यस्तो उच्चताको पर्वतमा अरू कुनै पनि वैज्ञानिक अहिलेसम्म चढ्न सकेको छैन । वैज्ञानिकहरूमा सन्त–ऋषिको जस्तो व्यक्तित्व भएका उनी कट्टर शान्तिवादी थिए । साथै प्रजातन्त्रवादी बनेर उनले आमूल परिवर्तनको पक्षमा वकालत समेत गरे । कहिले पनि हिम्मत नहार्ने महान् वैज्ञानिक शान्तिवादी, प्रजातन्त्रवादी र समाजवादी अल्बर्ट आइन्स्टाइनबाट हामी विश्वबासीहरूले धेरै कुरा सिक्न सक्छौँ । अन्त्यमा महान् वैज्ञानिक आइन्स्टाइन विश्व मानव जगत्मा सदा–सर्वदा अमर रहिरहने छन् । रातोखवर वाट

तस्बिरहरु : विकिपिडिया

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn