Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

दर्शनशास्त्रको मौलिक प्रश्नका सन्दर्भमा


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ १०, २०७८

दर्शनशास्त्रको मौलिक प्रश्नका सन्दर्भमा

– हस्तबहादुर केसी
“दर्शनशास्त्रको सम्पूर्ण इतिहास दुई परस्पर विरोधी स्कुलहर आदर्शवाद र भौतिकवादबीच संघर्ष र विकासको इतिहास हो । सबै दार्शनिक धाराहरु र स्कुलहरु यी दुई आधारभूत स्कुलका अभिब्यक्तिहरु हुन् ।“ – माओ त्सेतुङ

दर्शनशास्त्र के हो ? केलाई दर्शन भनिन्छ ? यसको जन्म र विकास कसरी भयो ? दर्शनले मनुष्यलाई के कुराको ज्ञात गराउँदछ ? दर्शनशास्त्रको मौलिक प्रश्न के हो ? आदि विषयमा जानकारी लिनु दर्शनसं सम्बन्धित विषय हो ।

दर्शनशास्त्र एक प्राचीन विज्ञान हो । दासस्वामी समाजको जन्मसंगै दर्शनको पनि उत्पत्ति भएको हो उत्पादनको निम्ति संघर्ष , वैज्ञानिक प्रयोग र वर्गसंघर्षका बीचबाट दर्शनको जन्म भएको हो । अर्थात् दासस्वामी समाजको विकास प्रक्रियाका बीचबाट प्राचीन युनान , भारत , नेपाल र चीनमा संगसंगै दर्शन विकसित हुदै आएको पाइन्छ ।
वास्तवमा विश्व अर्थात् प्रकृति र मानव समाजको जन्म कसरी भयो ? प्रकृति र मानव समाजको विकास कसरी भयो ? साथै प्रकृति र समाजमा कुनै व्यवस्था र नियमसंगति छ ? मानव जीवनका उद्येश्ये , आदर्श , कर्तव्य र मूल्य के हुन ? के मान्छेले प्रकृति र समाजवारे सत्यपूर्ण ज्ञान प्राप्त गर्न सक्छ ? के मानिस आफ्नो ज्ञान र व्यावहारिक क्रियाकलापका आधारमा प्रकृति र समाजलाई बदल्न समर्थ छ । यी र यस्तै अनेकौं प्रश्नहरुको सही जवाफ खोज्ने मान्छेको जिज्ञासावृतिको उपज र अभिव्यक्ति नै दर्शन हो ।

शाब्दिक अर्थमा दर्शन भनेको हेर्ने , बुझ्ने र व्याख्या गर्ने साधनको नाम हो ।यो संस्कृत भाषाको “ दृश “ धातुबाट बनेको हो । अंग्रेजीमा दर्शनलाई एजष्यिकयउजथ भनिन्छ ।फिलसफी भन्ने शब्द प्राचीन ग्रीक भाषाको एजष्भि र क्यउजष्ब भन्ने दुई शब्द मिलेर बनेको छ ।दर्शनशास्त्र मानव चेतनाको रुपहरुमध्ये एक हो ।त्यसैले वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल माक्र्सले “ हरेक साँचो दर्शन आफ्नो समयको बौद्धिक र संस्कृतिको जीवन्त आत्मा हो “ हो भन्नुभएको छ ।
पहिलो , दर्शन भनेको जीवन र जगतलाई हेर्ने , बुझ्ने र व्याख्या गर्ने विश्वदृष्टिकोण हो ।

दोस्रो , दर्शन भनेको संस्कृति र मानव समाजका एवं चिन्तनका चालक (Governing) वा सामान्य (General) नियमहरु (Laws) को विज्ञान हो । यसले प्रकृति र मानव समाज एवं चिन्तनका ती चालक वा सामान्य नियमहरुको अध्ययन गराएर विश्वदृष्टिकोणको निर्माण गराउँदछ ।तेस्रो , दर्शन भनेको सिंगो जीवन र जगत तथा प्रकृति र मानव समाज एवं चिन्तनका सामान्य नियमहरुको अध्ययन गर्ने एक पध्दति (Methodology ) हो । यसले जीवन र जगतको अध्ययन कसरी र केका आधारमा गर्ने भन्ने कुरा सिकाउँछ ।
मुख्यतः एउटा शास्त्रका रुपमा दर्शन शब्दको पहिलो प्रयोगकर्ता युनानी दार्शनिक पाइथागोरस हुन् । उनले दर्शनलाई बुझाउने फिलोसफी (Philosophy) शब्दको प्रयोग गरेका थिए । फिलोस ( प्रेम ) र सोफिया ( विवेक ) जस्ता शब्दको मिलनबाट फिलोसफी बन्यो , जसको अर्थ विवेक प्रेम वा विद्यानुराग हुन्छ । कार्ल माक्र्सका अनन्यमित्र तथा सहयोगी फ्रेडरिक एंगेल्सले यश प्रकारको दर्शनलाई विश्वदृष्टिकोण भन्नू भएको छ ।दर्शन सामाजिक चेतनाको एउटा विशिष्ट रुप भएकोले वर्ग समाजमा सामाजिक चेतनाको रुप वर्गीय हुन्छ । ठिक यसै कारण दर्शनको स्वरुप पनि वर्गीय हुन्छ ।

वर्गसमाजमा हरेक वर्गले आ– आफ्नाा विचार , उद्श्ये , मत , संकल्प , भावना एवं क्रियाकलापको आौतित्य पुष्टि गर्न जरुरी हुन्छ र दर्शनले ठिक यसै आौचित्य पुष्टिको काम गर्दछ ।तसर्थ हरेक दार्शनिक प्रणाली भित्र मूलतः तीन तत्व पर्दछन् – वर्गीय पक्षधरता , सिध्दान्त र पध्दति । वास्तवमा यिनै तीन तत्वको समग्रताको नाम दर्शन अर्थात् विश्वदृष्टिकोण हो ।यसरी दर्शन के हो ? यसलाई कसरी बुझ्ने र परिभाषित गर्ने ? दर्शनको विषयवस्तु , अर्थ र महत्व के हो ? दर्शनमा के कस्ता प्रवृत्तिहरु छन् र तिनका बीचमाकसरी संघर्ष चल्दै आएको छ ? यी प्रश्नहरुवारे आवश्यक जानकारी प्राप्त गर्नका लागि सर्वप्रथम दर्शनशास्त्रको मौलिक प्रश्नवारे अध्ययन गर्न जरुरी छ ।
यश आलेखमा विशेषगरी दर्शनशास्त्रको मौलिक प्रश्नका सन्दर्भमा आधारित भएर लेख्ने प्रयत्न गरिएको छ ।

यहाँ चर्चा गर्न खोजिएको दर्शनशास्त्रको मौलिक प्रश्नको हो । दर्शनशास्त्रको मौलिक प्रश्न सम्बन्धि विषय ज्यादै महत्त्वपूर्ण विषय होो । दर्शनशास्त्रको फाँटमा दुईवटा यस्ता प्रश्नहरु खडा छन् , जसको जवाफले मानिसलाई दर्शनका दुई कित्ता मध्ये एउटा कित्तामा उभ्याइदिन्छ ।ती मध्ये पहिलो प्रश्न हो – सत्ता र चिन्तन अर्थात् पदार्थ र चेतना मध्ये कुन प्राथमिक ( पहिलो ) हो ? र जसले सत्ता अर्थात् पदार्थलाई प्रधान ( पहिलो ) हो भन्दछ त्यो भौतिकवादी हो र जसले चिन्तन अर्थात् चेतनालाई प्रधान ( दोस्रो ) हो भन्ने मान्दछ त्यो आदर्शवादी हो ।

जब आदिम साम्यवादको अन्त्य भएर दास मालिक युगको उदय भयो तब देखि जीवन जगतलाई बुझ्ने दुई दर्शनशास्त्र पनि उदय भए । ती दुई दर्शनशास्त्रमा भौतिकवाद र आदर्शवाद मुख्य हुन् । यी दुई दर्शन मध्ये दार्शनिकहरुलाई पनि दुई भिन्न कित्तामा उभ्याई दिन्छ । जस्तैः पदार्थ र चेतनामा पदार्थ पहिलो हो र चेतना पदार्थ कै विकसित रुप हो भन्ने स्वीकार गर्ने दार्शनिकहरु भौतिकवादी कित्तामा उभिन्छन् भने चेचना पहिलो हो पदार्थ चेतनाको उपज हो भन्ने स्वीकार गर्ने दार्शनिकहरु आदर्शवादी कित्तामा उभिन पुग्दछन् ।

त्यस्तै दुईवटा यस्ता प्रश्नहरु छन् जसको जवाफले मानिसलाई दर्शनका दुई कित्ता मध्ये एउटा कित्तामा उभ्याइदिन्छ । त्यस मध्ये पहिलो प्रश्न हो सत्ता र चिन्तन अर्थात् पदार्थ र चेतना मध्ये कुन प्रमुख हो ?यसको सही उत्तर हो जसले सत्ता अर्थात् पदार्थलाई प्रधान हो भन्दछन् ती भौतिकवादी कित्तामा खडा हुन्छ । र , जसले चिन्तन अर्थात् चेतनालाई प्रधान हो भन्ने मान्दछ त्यो आदर्शवादी कित्तामा खडा हुन्छ ।

तसर्थ पदार्थलाई आदितत्व र चेतनालाई पदार्थबाटै उत्पन्न भएको कुरा मान्ने दार्शनिकहरु भौतिकवादसित सम्बन्धित छन् । उनीहरूले दृष्टिकोणमा पदार्थ शाश्वत छ अर्थात् कसैले पनि कहिल्यै पदार्थको सृष्टि गरेको होइन र वस्तुगत जगतमा कुनै किसिमको अलौकिक वाा पारलौकिक शक्तिको अस्तित्व छैन । चेतना चाहिँ पदार्थको ऐतिहासिक विकासको उपज हो भन्ने अवधारणा भौतिकवादी दार्शनिकहरुको रहेको छ भने “आत्मा “ चेतनालाई आदितत्व मान्ने दार्शनिकहरु अध्यात्मवादसित सम्बन्धित छन् । उनीहरूले दृष्टिकोणमा पदार्थ भन्दा पहिले नै चेतनाको अस्तित्व थियोे र त्यसैले पदार्थलाई जन्माएका हो अर्थात् चेतना नै सम्पूर्ण अस्तित्वको पूर्वाधार हो । र , भौतिकवादी दार्शनिकहरुले जगत बोधगम्य छ भन्ने पुष्टि गरेका छन् भने अध्यात्मवादी दार्शनिकहरु जगतको बोधगम्यतालाई अस्वीकार गर्दछन् ।दर्शनशास्त्रको मौलिक प्रश्नका वारेमा फ्रेडरि एंगेल्स भन्नू हुन्छ , – “ समग्र दर्शनको र विशेषत नयाँ दर्शनको महान् मौलिक प्रश्न चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो । – माक्र्स – एंगेल्स, संकलित रचनाएं , खण्ड ३ , भाग २ , पृष्ठ २२३ प्रगति प्रकाशन मास्को १९७८ ।

मूलतः चिन्तन र सत्ताको सम्बन्धको प्रश्न दर्शनशास्त्रको मौलिक प्रश्न हो ।यसरी यहाँ चिन्तन र सत्ता जस्ता दुईवटा महत्त्वपूर्ण शब्दहरुको जसरी उल्लेख गरिएको छ हामीले यी शब्दको वास्तविक अर्थ बुझ्न जरुरी हुन्छ । तसर्थ यहाँ प्रयोग गरिएको चिन्तन शब्दावली अर्थात् संवेदना ,अनुभव ,इच्छा , संकल्प , विचार , अवधारणा , सिध्दान्त , दृष्टिकोण जस्ता चेतनाका विविध रुपहरु पर्दछन् ।सत्ता भनेको अस्तित्व हो , विश्व हो ।यश अन्तर्गत प्रकृति र समाज पर्दछन् । यश अर्थमा सत्ता र चिन्तनको प्रश्न विश्वदृष्टिकोणको प्रश्न बन्न पुग्दछ र यही नै दर्शनशास्त्रको मौलिक प्रश्न हो ।यहाँ दर्शनशास्त्रको मौलिक प्रश्नका दुई महत्त्वपूर्ण पहलुहरु छन् । जस्तो पहिलो पहलु अन्तर्गत चिन्तन र सत्ता बीच प्राथमिकताक्रम निर्धारण गर्ने कुरा आउँछ ।

दोस्रो पहलु अन्तर्गत चिन्तन र सत्ताबिचको आपसी अन्तर्क्रिरया उद्घाटित गर्ने कुरा पर्दछ ।आत्मा र प्रकृतिमा प्राथमिक कुन हो ? के ईश्वरले विश्वको सृष्टि गरेको हो ? या विश्व अनन्तकालदेखि नै अस्तित्वमा छ ? यी प्रश्नहरुको उत्तर दिने क्रममा दार्शनिकहरुलाई दुई ठूला शिविरमा खडा गरि दियो । जसले प्रकृतिको सट्टामा आत्मालाई प्राथमिकता दिए र कुनै न कुनै विश्वको सृष्टि स्वीकारे , उनीहरूको अलग्गै आदर्शवादी शिविर खडा भयो अर्कोथरी जसले प्रकृति प्राथमिकता दिए ती दार्शनिकहरु भौतिकवादका विभिन्न शाखाहरुमा खडा (सामेल) भए । यसरी दर्शनशास्त्रको मौलिक प्रश्नको जवाफ दिने सन्दर्भमा दार्शनिकहरु कसरी आदर्शवाद र भौतिकवाद जस्ता दुई ठूला शिविरमा विभाजित भए भन्ने कुरा प्रष्ट रुपमा जान्न सकिन्छ ।

साथै यश अतिरिक्त आदर्शवाद र भौतिकवादको बीचमा समन्वय कायम गर्ने , दुबैलाई समानन्तर रुपमा लिने वा तटस्थ रहने तेस्रो धारा पनि पाइन्छ ।  तसर्थ दर्शनशास्त्रको मौलिक प्रश्नको पहिलो प्रश्नको उल्लेख गर्ने सन्दर्भमा मूलतः तीन प्रवृत्ति पाइन्छन् , जस्तै आदर्शवाद , भौतिकवाद र बीचका धारा ।यसरी बीचका धारा अन्तर्गत द्वैतवाद , तटस्थतावाद वा समन्वयवाद रहेका छन् ।

दर्शनशास्त्रको मौलिक प्रश्नको दोस्रो प्रश्नको विवेचना गर्दा यसको उत्तर दिने र चिन्तन र सत्ताको तादाम्यता यश प्रश्नमा जसले सकारात्मक उत्तर दिने गर्दछन् ती भौतिकवाद र ज्ञेयवादको श्रेणीमा पर्दछन् र नकारात्मक उत्तर दिनेहरू अज्ञेयवादको श्रेणीमा पर्दछन् ।तसर्थ चिन्तन र सत्ताको तादाम्यसंग सम्बन्धित प्रश्न विश्व , त्यसको सारतत्व र त्यसका नियमहरुलाई बुझ्ने र तदनुसार विश्वलाई बदल्ने विषयसंग सम्बन्धित प्रश्न हो । यो प्रश्नको जवाफ दिनेमा भौतिकवाद , आदर्शवाद र विभिन्न बीचका धाराहरुका आ– आफ्नै मान्यता रहेका छन् , जस्तैः अद्वैतवाद , द्वैतवाद , बहुलवाद । तसर्थ दार्शनिक प्रवृत्तिहरुलाई छुट्याउने मूल आधार प्राथमिक तत्वको संख्या न भई दर्शनशास्त्रको मौलिक प्रश्नको विवेचना नै हो ।

दार्शनिकहरुको विवेचना गर्नु पर्दा प्राचीनकालका भारतीय दार्शनिक चार्वाक , प्रमाणु प्रमुख हो भन्ने ग्रीक दार्शनिक डेमोक्रिट्स , प्रकृति प्रमुख हो भन्ने चिनीया दार्शनिक लाओत्से सबै भौतिकवादी दार्शनिक हुन् । पदार्थलाई प्रधान मान्ने थेल्स , एपि क्युरस , फायरवाख , माक्र्स , एंगेल्स आदि दार्शनिकहरु सबै भौतिकवादी हुन् ।परम विचारलाई प्रधान मान्ने ग्रीक दार्शनिक प्लेटो , निरपेक्ष विचारलाई प्रधान मान्ने जर्मन दार्शनिक हेगेल , इच्छाशक्तिलाई प्रधान मान्ने जर्मन दार्शनिक नित्से आदर्शवादी दार्शनिक हुन् ।
“ब्रहम सत्य जगत मिथ्या “ भन्ने अद्वैत वेदान्त आदर्शवादी दर्शन पनि रहेको छ ।
दर्शनशास्त्रको मौलिक प्रश्नमा तटस्थता प्रकट गर्नेमा मूलतः नेपालका दार्शनिक गौतम बुध्द रहेका छन् ।अन्त्यमा , विश्व ब्रह्माण्ड ज्ञेय छ अर्थात् विश्वलाई जान्न सकिन्छ , बुझ्न सकिन्छ भन्नेहरु भौतिकवादी हुन् । यसमा संसार ज्ञेय छ भन्ने प्राचीन ग्रीक दार्शनिक अरस्तु भौतिकवादी हुन् ।यसको विपरीत जसले यो संसारलाई जान्न सकिदैन , बुझ्न सकिदैन भन्दछन् ती आदर्शवादी हुन् । स्कटल्याण्डका दार्शनिक ह्युम र जर्मन दार्शनिक काण्ट आदर्शवादी हुन् । तिनीहरूलाई अज्ञेयवादी पनि भनिन्छ । यसरी दर्शनशास्त्रको मौलिक प्रश्नका वारेमा प्रष्ट रुपमा बोध गर्न सकिन्छ ।यसर्थ आदर्शवादी दर्शन शोषक , फटाह , सामन्त र पुँजीपतिहरुको पक्षधर रहेको छ भने भौतिकवादी दर्शन श्रमजीवी , सर्वहारा वर्गको पक्षधर रहेको छ ।
माक्र्सवादी दर्शन भौतिकवादी दर्शन हो । र , माक्र्सवादी दर्शन श्रमजीवी , सर्वहारा वर्गको मुक्तिको सिध्दान्त हो ।
(लेखक ः नेकपा (क्रान्तिकारी माओवादी ) केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन् ) ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn