Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

हाइड्रोजन उत्पादनमा जुट्दै काठमाडौं विश्वविद्यालय


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ १७, २०७८

हाइड्रोजन उत्पादनमा जुट्दै काठमाडौं विश्वविद्यालय

काठमाडौं । दुई सय २१ वर्षअघि विश्व बजारमा हाइड्रोजनको खोज अनुसन्धान भइरहेको थियो । तर, पेट्रोलियम पदार्थको सहज उत्पादन सुरु भएपछि अनुसन्धान त्यत्तिकै ओझेलमा पर्‍यो ।पेट्रोलियम पदार्थले विकासलाई जति राहत दिलाएको छ त्यतिकै पर्यावरण र स्वास्थ्यलाई आहत बनाएको छ ।त्यसकारण अहिले पेट्रोलियम पदार्थको विकल्पको खोजी भइरहेको छ । यसै क्रममा हाइड्रोजनको खोज अनुसन्धान तीव्र बन्न थालेको छ ।

अहिले विश्वका अधिकांश देशहरूले हाइड्रोजन, सौर्य ऊर्जालगायतका वैकल्पिक नवीकरणीय ऊर्जामा लगानी गरिररहेका छन् । अधिकांश देशले पेट्रोलियम पदार्थबाट सन् २०३० देखि २०५० सम्ममा मुक्ति पाउनुपर्छ भनेर लागिपरेका छन् ।बेलायत, अमेरिका, चीनलगायतका देशले पेट्रोलियम पदार्थको उत्पादन र प्रयोगलाई शून्यमा झार्ने योजनाअनुरुप नीति नियमहरू कार्यान्वयन गरिरहेका छन् । नर्वेले २०२५ सम्ममा नयाँ पेट्रोल र डिजेल कार बिक्री बन्द गर्ने योजना बनाएको छ ।

बेलायतले सन् २०२५ पछि आफ्नो देशमा कोइला प्रयोग गर्न नपाउने कानुन ल्याएको छ । छिमेकी मुलुक भारतले समेत हाइड्रोजन उत्पादनलाई प्राथमिकतामा राखेको छ ।नेपालमा पनि सन् २००५–०७ तिर नै हाइड्रोजनसम्बन्धी विषय चर्चामा थियो । अहिले पनि सरकारले पेट्रोलियम पदार्थको विकल्पको खोजी सुरु गरेको छ । सोहीअनुरुप सरकारले विद्युतीय सवारीलाई प्राथमिकतामा राखेको छ ।पेट्रोलियम पदार्थ, रासायनिक मल र कोइलाको विकल्पमा हाइड्रोजनलाई उत्तम मानिएको छ । त्यसो त नेपालमा काठमाडौं विश्वविद्यालयले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । विगत एक वर्षदेखि विश्वविद्यालयमा ‘ग्रीन हाइड्रोजन ल्याब’ स्थापना गरेर अध्ययन–अनुसन्धानका लागि पाठ्यक्रम नै विकास गरिएको छ ।

उत्पादन कसरी, सम्भावना कति ?
विद्युत्लाई टुक्राएर हाइड्रोजन उत्पादन गरिन्छ । हाइड्रोजनबाट बिजुली र बिजुलीबाट हाइड्रोजन पनि निकाल्न सकिन्छ ।एक किलोग्राम हाइड्रोजनबाट ५० युनिट बिजुली निकाल्न सकिन्छ । हामीसँग पर्याप्त मात्रामा रहेको हाइड्रोपावर, सोलार नै ग्रीन हाइड्रोजनको स्रोत हो ।कार्बनडाइअक्साइड सबैभन्दा धेरै उत्पादन गर्ने स्टिल उद्योगले हो । सिमेन्ट उद्योग पनि धेरै कार्बनडाइअक्साइड उत्पादन गर्ने उद्योगमै पर्छ । नेपालमा भएका ४५ वटा सिमेन्ट उद्योगले करिब एक करोड ३५ लाख टन कार्बनडाइअक्साइड उत्पादन गर्छन् ।

यसको एक चौथाइ मात्र कार्बनडाइअक्साइड क्याप्चर गरेर हाइड्रोजनसँग रासायनिक मिश्रण गरी वैकल्पिक ऊर्जा उत्पादन गर्ने हो भने इनर्जी सेक्युरिटी बढाउन सकिने बताउँछन् काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक तथा ‘ग्रीन हाइड्रो ल्याब’का प्रमुख डा विराज सिंह थापा ।कार्बन ट्रेडिङ बढाएर व्यापारघाटा कम गर्न पनि यसले सघाउ पुग्ने थापाको विश्वास छ । ‘आयल निगम वा अन्य कुनै संस्थासँग मिलेर एउटा वैकल्पिक एलपीजी रिफिलिङ सेन्टर बनाउन सकेमा यसले नेपालमा ठूलो परिवर्तन ल्याउँछ’, थापाले भने ।

अबको केही वर्षमा नेपालमा उत्पादित बिजुली खेर जाने तथ्यांक सार्वजनिक भइरहेको छ । यस्तो परिप्रेक्ष्यमा हाइड्रोजनको उत्पादनलाई जोड दिनु उचित हुने डा थापाको तर्क छ । ‘उत्पादित बिजुली विदेशमा बेच्न त्यति सहज छैन तसर्थ हाइड्रोको विकास उत्तम हुन्छ’, थापाले भने ।नदी प्रवाहमा आधारित परियोजनाहरूलाई न्यूनतम मूल्यमा हाइड्रोजनको उत्पादनका लागि उपलब्ध गराउने हो भने सकारात्मक परिणाम हात लाग्ने डा। थापाको तर्क छ ।
सरकारले पूर्णरुपमा साथ दियो भने अबको १० वर्षभित्र हामी पेट्रोलियम पदार्थ, एलपी ग्यास र रासायनिक मललाई विस्थापन गर्दै हाइड्रोजन निर्यात गर्ने तहमा पुग्ने विश्वविद्यालयको आकलन छ ।

के–के छन् फाइदा ?
हाइड्रोजनको उत्पादन मुलुक समृद्ध बनाउने उपयुक्त उपाय भएको बताउँछन् डा। थापा । विश्व बजारसँग खुलेर प्रतिस्पर्धा गर्न सकिने भन्दै उनले भने, ‘हाम्रो हाइड्रोजनको मूल्य कम हुनेबित्तिकै विश्व बजार पक्कै आकर्षित हुने नै छ ।’अहिले विश्व बजारमा हाइड्रोजनको मूल्य प्रतिकेजी ३ देखि ५ डलरसम्म पर्छ । नेपालमा प्रतिकेजी एक डलरसम्ममा उत्पादन गर्न सकिने विश्वविद्यालयको सर्वेक्षणले देखाएको छ ।२ किलो हाइड्रोजन सिलिन्डरमा भर्ने हो भने त्यो १ सय युनिटबराबरको बिजुली हुन्छ । ब्याट्रीभन्दा चार सय गुणा हलुका हुन्छ, हाइड्रोजन । यसले ठूला तथा मालबाहक गाडी, जहाज आदि सबै यातायातका साधन सञ्चालनका लागि सहज बनाउँछ ।बैंक, सपिङ कम्प्लेक्स आदिका लागि जेनेरेटरभन्दा यो धेरै राम्रो विकल्प हुनसक्छ । फलाम पगाल्ने, इँट्टा भट्टालगायतका उद्योगमा कोइलाको सट्टा हाइड्रोजन प्रयोग गर्न सकिन्छ । तसर्थ पेट्रोलियम पदार्थ, एलपी ग्यास, रासायनिक मल सबैलाई हाइड्रोजनले विस्थापन गर्न सक्छ ।

६ महिनाभित्र हाइड्रोजनबाट गाडी कुदाउँछौँ काठमाडौं विश्वविद्यालय

आगामी ६ महिनाभित्र हाइड्रोजनबाट गाडी कुदाएर देखाउने संकल्प समेत काठमाडौं विश्वविद्यालयले गरेको छ । ‘हामी प्रमाणित गरेर देखाउने पक्षमा छौँ, यसका लागि आवश्यक हाइड्रोजन उत्पादन गर्दै छौँ’, डा थापाले भने ।डा थापाले जलविद्युत्बाट निस्केको हाइड्रोजन र सिमेन्ट उद्योगबाट निस्केको कार्बनडाइअक्साइड मिलाएर मिथेन ग्यास उत्पादन गर्न सकिने बताए । यावत कामका लागि अध्ययन अनुसन्धानबाट निष्कर्ष निकाल्ने र त्यसलाई प्रयोगमा ल्याएर सरकारी निकायलाई हस्तान्तरण गर्ने विश्वविद्यालयको तयारी छ ।

‘नयाँ–नयाँ अध्ययन अनुसन्धान, निष्कर्ष, यसको प्रयोग र सहजीकरणमा भूमिका खेल्नु नै काठमाडौं विश्वविद्यालयको मूल दायित्व हुनेछ’, उनले भने । यसका लागि विश्वविद्यालयले सरकारलाई ‘नेसनल हाइड्रोजन इनिसेटिप’ भनेर प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn