सिजादर्पण,काठमाडौंको । पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने ३ जना पक्राउ परेका छन् । उनीहरुले गत शुक्रबार अस्पतालमा नक्कली बम राखेर फिरौती मागेका थिए ।
उनीहरुले अस्पतालका डाक्टरलाई तीन करोड रुपैयाँ नदिए अस्पताल र घर परिवारलाई समेत ध्वस्त पार्दिने धम्की दिएको अनुसन्धानमा देखिएको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए। उनीहरुले बम राखेको भन्दै अस्पतालमा फोन समेत गरेका थिए।
नक्कली बम राखेर अस्पताल सञ्चालकसँग फिरौती माग्ने ३ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले अस्पतालको तेस्रो तलामा रहेको शौचालयमा उक्त बस्तु राखेका थिए । शुक्रबार अस्पतालमा बम भएको खबर फैलिएपछि त्यहाँका मानिसहरु आत्तिएका थिए ।
शंकास्पद वस्तु फेला परेको थाहाँ पाएपछि प्रहरी र नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ पुगेको थियो । डिस्पोजल टोलीले जाँचपछि उक्त बस्तु बम नभएको पुष्टि गरेको थियो । उक्त वस्तुमा एक मोबाइलमा तार जोडेर राखिएको डिस्पोजल टोलीले बताएका थिए ।
